बुद्धजयन्तीको अवसरमा राष्ट्रपतिबाट स्वयम्भूमा दीप प्रज्वलन
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २५, बिहिबार
काठमाडौं – २५६४ औं बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार काठमाडौंको स्वयम्भूनमा दीप प्रज्वलन गरेकी छन् ।
राष्ट्रपति भण्डारी अपरान्ह १२ बजेतिर स्वयम्भू पुगेकी थिइन् । भण्डारीले स्वयम्भू परिसरभित्र रहेको आनबुद्धि बिहारमा दीप प्रज्वलन गरेकी थिइन् ।
काठमाडौं महानगरपालिका १५ का वडाध्यक्ष ईश्वर डंगोलले वर्षेनी बुद्ध जयन्तीको अवसरमा औपचारिक कार्यक्रम भइरहे पनि यसपटक कोरोना संक्रमणको कारण ती कार्यक्रम स्थगित भएको जनाएका छन् ।
बुद्ध जयन्तीका अवसरमा बिहीबार साँझ सात बजे घर घरमा दीप प्रज्वलन गर्न प्रधानमन्त्री केपी ओलीले पनि आह्वान गरिसकेका छन् ।
Categorized in राष्ट्रिय