राष्ट्रिय
-
२०७७ जेठ ६, मंगलबार
फोहोर विसर्जनमा अवरोध भए बल प्रयोग : काठमाडौं प्रजिअ
ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेक सवारी आवत–जावतमा रोक लगाएको विज्ञप्ति जारी गरेर त्यसैको बाहनामा सिसडोलमा फोहोर विसर्जनमा समेत अवरोध गरेपछि काठमाडौँ महानगरपालिकाले चिन्ता व्यक्त गरेको छ । ‘लकडाउनको अवज्ञा गर्दै उपत्यका आवतजावतले कोरोना संक्रमित बढेर उपत्यका अशान्त भैरहेका बेला उपत्यकाको फोहोर विसर्जनमा भएको अवरोधले थप समस्या भएको छ,’ काठमाडौँ महानगरपालिकाका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले...
-
२०७७ जेठ ६, मंगलबार
थप ११ जनामा कोरोना संक्रमण
काठमाडौं – नेपालमा दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । सोमबारमात्र ८० जनामा कोरोना संक्रमण पाइएको थियो । यो संख्यामा मंगलबार ११ जना थपिएका छन् । यसअघि आजै मात्र कपिलवस्तुमा ४ जना संक्रमित थपिएका छन्। उनीहरू जिल्लाको मायादेवी गाउँपालिकाका हुन्। योसँगै कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ। झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका ९ जनामा कोरोना...
-
२०७७ जेठ ६, मंगलबार
काठमाडौं, भक्तपुर र ललितपुरका समेत गरी २७ जना नयाँ कोरोना संक्रमित
काठमाडौं – काठमाडौं, भक्तपुर र ललितपुरमा समेत गरी थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । थपिएका २७ जनामध्ये उपत्यकाका मात्र पाँच जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ । यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एकएक जना, सर्लाहीका २ जना, मकवानपुर र रामेछाप, सिन्धुली र...
-
२०७७ जेठ ५, सोमबार
थप नौ जनामा काेराेना संक्रमण पुष्टि
काठमाडौं - नेपालमा थप नौ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। योसँगै नेपालमा संक्रमितकाे संख्या ३०४ पुगेकाे छ। सोमबार देखिएका संक्रमित रौतहट र बाराका रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। संक्रमण पुष्टि भएकाहरुमा रौतहटका ८ जना र बाराका एक जना रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन्। काठमाडौंमा गरिएकाे परीक्षणमा रौतहटमा पुष्टि भएका सबै पुरुष र बारामा एक...
-
२०७७ जेठ ५, सोमबार
कोरोनाले मृत्यु भएकी महिलाको शिशुमा कोरोना नेगेटिभ
काठमाडौं - कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी युवतीको नवजात शिशुमा काेरोना संक्रमण नेगेटिभ पाइएको छ । शिशुसहित मृतक महिलाकी श्रीमान र परिवारका ४ सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । धुलिखेल अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा नवजात शिशु, महिलाका श्रीमानसहित परिवारका पाँच सदस्यमा कोरोना संक्रमण नपाइएको धुलिखेल अस्पतालले जानकारी दिए । वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा...
-
२०७७ जेठ ५, सोमबार
बंगालको खाडीनजिकै शक्तिशाली चक्रवात बन्दै, नेपालकाे माैसम मंगलबारदेखि प्रभावित हुने
बंगालको खाडीनजिकै शक्तिशाली चक्रवात बनिरहेको छ। नेपालको मौसम पूर्वानुमान महाशाखाले चक्रवातका कारण मंगलबारदेखि नेपालको मौसम पनि प्रभावित हुने जनाएको छ। ‘हाल दक्षिण बंगालको खाडीको मध्य भागमा अंपुन शक्तिशाली चक्रवात धेरै शक्तिशाली चक्रवातको रुपमा विकसित भैसकेको छ,’ महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ, ‘उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा मंगलबार बाट पूर्वी नेपालको मौसममा बदली हुन...
-
२०७७ जेठ ५, सोमबार
एकै दिन ५३ जनामा कोरोनाभाइरस संक्रमण
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ । यसमा २ सय ९८ पुरुष तथा ५९ जना महिला रहेका छन् । देवकोटाका अनुसार सोमबार बाँकेमा ४६ पुरुष र एक महिला गरी ४७...
-
२०७७ जेठ ५, सोमबार
काठमाडौं महानगरपालिका विशेष बैठक कोरोना रोकथाममा केन्द्रित
विजयरत्न काठमाडौं – काठमाडौँ महानगरपालिकाको ४६ औं विशेष नगर कार्यपालिका बैठकले लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाकाहरु सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयसँग माग गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण सम्बन्धमा जेठ ४ गते बसेको बैठकले कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को अवधिमा उपत्यका प्रवेश...
-
२०७७ जेठ ५, सोमबार
एकै दिन ८० जनामा संक्रमण, कुल संक्रमित ३७५ पुगे
काठमाडौं – सोमबार एकै दिन ८० जना कोरोना संक्रमित थपिएका छन् । योसहित सोमबार रातिसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ । सोमबारै पहिलो पटक कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नरैनापुरमा मात्र ५९ जना संक्रमित भेटिएका छन् । रौतहटमा ९, धनुषामा ३, दैलेख, खोटाङ, सुनसरी, झापा, बारा, मोरङ, गुल्मी, दाङ, धादिङमा पनि कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या...
-
२०७७ जेठ ५, सोमबार
रोल्पाको आइसोलेसनमा एक युवकको मृत्यु
काठमाडौं – रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । काठमाडौबाट आइतबार राति ती युवक रोल्पा पुगेका थिए । ती युवक लामो समयदेखि मृगौला रोगी रहेका थिए । काठमाडौंस्थित शिक्षण अस्पतालबाट डायलसिस गरेर रोल्पा गएको जनाइएको छ । टिचिङ अस्पतालबाट पुगेको र खोकी समेत देखिएकोले ती युवकलाई आइसोलेसनमा राखिएको थियो । आइसोलेसनमै ती युवकको मृत्यु भएको हो । मृत्युपछि कोरोनाको आशंकामा मृतकको स्वाब...
-
२०७७ जेठ ४, आइतबार
कपन वस्ने युवतीमा कोरोना संक्रमण : बुढानीलकण्ठ नगरपालिका
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ कपनमा बस्ने एक युवतीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। केही दिनअघि सर्लाही रामपुरबाट काठमाडौं आएकी उनमा पिसिआर परीक्षणबाट आइतबार कोरोनाको संक्रमण पुष्टि भएको बुढानिलकण्ठका मेयर उद्धवप्रसाद खरेलले सेतोपाटीलाई बताए। ती युवती कपनस्थित एक फर्निचर उद्योगमा काम गर्ने उनले बताए। ती युवतीसहित तीन जना केही दिनअघि सर्लाहीबाट काठमाडौं आएका थिए। ‘उनीहरू...
-
२०७७ जेठ ४, आइतबार
नेपालमा कोरोनाबाट दुईजनाको मृत्यु
काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड(१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूको संख्या दुई पुगेको छ । बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार मृतकको स्वाब परीक्षणको रिपोर्ट...


