राष्ट्रिय
-
२०७७ जेठ ७, बुधबार
जेठ मसान्तसम्म हवाइ उडान बन्द गर्ने निर्णय
काठमाडौं – सरकारले घरेलु तथा अन्तर्राष्ट्रिय हवाइ उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने भएको छ । बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ १८ सम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो । ४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई २० गतेसम्म लम्ब्याए पनि हवाइ उडानबारे निर्णय गरेको थिएन ।
-
२०७७ जेठ ७, बुधबार
थप ७ जनामा संक्रमण पुष्टि, कुल संक्रमित ४३४ पुगे
काठमाडौं – नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लोपटक प्राप्त जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोरोना संक्रमणको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।
-
२०७७ जेठ ७, बुधबार
संक्रमितको बसोबास रहेकोले मैतीदेवी क्षेत्र सिल
काठमाडौं – कोरोना संक्रमित भेटिएपछि मैतीदेवी क्षेत्र सिल गरिएको छ । मंगलबार कोराना संक्रमित पुष्टि भएका रामेछापका व्यक्ति मैतीदेवी क्षेत्रमा बसिरहेकाले उक्त क्षेत्र सिल गरिएको हो । सडकमा डोरी बाँधेर ‘कोरोना प्रभावित क्षेत्र’ लेखी आवतजावतमा प्रतिबन्ध लगाइएको छ । उक्त क्षेत्रमा प्रहरी पनि परिचालित छन् । योसँगै संक्रमितको सम्पर्कमा आएका मैतीदेवी क्षेत्रका मानिसहरुको स्वाब संकलन पनि भइरहेको छ ।...
-
२०७७ जेठ ६, मंगलबार
थप ११ जनामा कोरोना संक्रमण
काठमाडौं – नेपालमा दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । सोमबारमात्र ८० जनामा कोरोना संक्रमण पाइएको थियो । यो संख्यामा मंगलबार ११ जना थपिएका छन् । यसअघि आजै मात्र कपिलवस्तुमा ४ जना संक्रमित थपिएका छन्। उनीहरू जिल्लाको मायादेवी गाउँपालिकाका हुन्। योसँगै कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ। झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका ९ जनामा कोरोना...
-
२०७७ जेठ ६, मंगलबार
काठमाडौं, भक्तपुर र ललितपुरका समेत गरी २७ जना नयाँ कोरोना संक्रमित
काठमाडौं – काठमाडौं, भक्तपुर र ललितपुरमा समेत गरी थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । थपिएका २७ जनामध्ये उपत्यकाका मात्र पाँच जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ । यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एकएक जना, सर्लाहीका २ जना, मकवानपुर र रामेछाप, सिन्धुली र...
-
२०७७ जेठ ६, मंगलबार
पहिलोपटक चिकित्सकलाई कोरोना संक्रमण
काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणमा नेपालमा पहिलोपटक एक चिकित्सकसमेत परेका छन् । ललितपुर घर भएर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुमा कार्यरत चिकित्सकको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले ललितपुरमा एकजनामा कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिएका थिए । ती चिकित्सक...
-
२०७७ जेठ ६, मंगलबार
स्वास्थ्यकर्मीको सम्पर्कमा आएकामा कोरोना संक्रमण
काठमाडौं – धनकुटा जिल्ला अस्पतालकी स्वास्थ्यकर्मीको सम्पर्कमा आएका पाँचजना व्यक्तिहरुमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको समाचार प्राप्त भएको छ । उनीहरुको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो । संक्रमितहरु धनकुटा जिल्ला अस्पतालका एकजना प्रहरी, एकजना नर्स, दुई जना हेल्थ असिस्टेन्ट र एक जना नर्सका श्रीमान हुन् । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान...
-
२०७७ जेठ ६, मंगलबार
फोहोर विसर्जनमा अवरोध भए बल प्रयोग : काठमाडौं प्रजिअ
ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेक सवारी आवत–जावतमा रोक लगाएको विज्ञप्ति जारी गरेर त्यसैको बाहनामा सिसडोलमा फोहोर विसर्जनमा समेत अवरोध गरेपछि काठमाडौँ महानगरपालिकाले चिन्ता व्यक्त गरेको छ । ‘लकडाउनको अवज्ञा गर्दै उपत्यका आवतजावतले कोरोना संक्रमित बढेर उपत्यका अशान्त भैरहेका बेला उपत्यकाको फोहोर विसर्जनमा भएको अवरोधले थप समस्या भएको छ,’ काठमाडौँ महानगरपालिकाका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले...
-
२०७७ जेठ ५, सोमबार
थप नौ जनामा काेराेना संक्रमण पुष्टि
काठमाडौं - नेपालमा थप नौ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। योसँगै नेपालमा संक्रमितकाे संख्या ३०४ पुगेकाे छ। सोमबार देखिएका संक्रमित रौतहट र बाराका रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। संक्रमण पुष्टि भएकाहरुमा रौतहटका ८ जना र बाराका एक जना रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन्। काठमाडौंमा गरिएकाे परीक्षणमा रौतहटमा पुष्टि भएका सबै पुरुष र बारामा एक...
-
२०७७ जेठ ५, सोमबार
कोरोनाले मृत्यु भएकी महिलाको शिशुमा कोरोना नेगेटिभ
काठमाडौं - कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी युवतीको नवजात शिशुमा काेरोना संक्रमण नेगेटिभ पाइएको छ । शिशुसहित मृतक महिलाकी श्रीमान र परिवारका ४ सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । धुलिखेल अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा नवजात शिशु, महिलाका श्रीमानसहित परिवारका पाँच सदस्यमा कोरोना संक्रमण नपाइएको धुलिखेल अस्पतालले जानकारी दिए । वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा...
-
२०७७ जेठ ५, सोमबार
बंगालको खाडीनजिकै शक्तिशाली चक्रवात बन्दै, नेपालकाे माैसम मंगलबारदेखि प्रभावित हुने
बंगालको खाडीनजिकै शक्तिशाली चक्रवात बनिरहेको छ। नेपालको मौसम पूर्वानुमान महाशाखाले चक्रवातका कारण मंगलबारदेखि नेपालको मौसम पनि प्रभावित हुने जनाएको छ। ‘हाल दक्षिण बंगालको खाडीको मध्य भागमा अंपुन शक्तिशाली चक्रवात धेरै शक्तिशाली चक्रवातको रुपमा विकसित भैसकेको छ,’ महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ, ‘उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा मंगलबार बाट पूर्वी नेपालको मौसममा बदली हुन...
-
२०७७ जेठ ५, सोमबार
एकै दिन ५३ जनामा कोरोनाभाइरस संक्रमण
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ । यसमा २ सय ९८ पुरुष तथा ५९ जना महिला रहेका छन् । देवकोटाका अनुसार सोमबार बाँकेमा ४६ पुरुष र एक महिला गरी ४७...


