राष्ट्रिय
-
२०७७ माघ ९, शुक्रबार
अनलाइनको मुद्दामा मन्त्रालयलाई छलफलका लागि बोलाउन आदेश
अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानका विरुद्ध दर्ता भएको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले आज कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चले अन्तरिम आदेश दिने, नदिने विषयमा विपक्षीलाई छलफलका लागि बोलाउने आदेशसमेत गरेको छ । निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधिश शुष्मालता माथेमाको इजलासले उक्त आदेश गरेको हो । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ घिमिरे र विष्णु...
-
२०७७ माघ ९, शुक्रबार
थपिए ३०२ सङ्क्रमित
देशभर आज बिहीबारभन्दा १७८ सक्रिय सङ्क्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा ३०२ सङ्क्रमित हुँदा ४८० सङ्क्रमण मुक्त भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम भएको छ । आज थपिएका सङ्क्रमितमध्ये पुरुष ५९ र महिला ५३ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमणमुक्त भएका ४८० समेत गरी आजसम्म दुई लाख ६३ हजार ३४८ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । निको हुने दर ९७ दशमलव नौ प्रतिशत...
-
२०७७ माघ ५, सोमबार
सूचना–प्रविधि पार्क सेक्यूरिटी प्रिन्टिङ प्रेसमा परिणत हुँदै
काभ्रे – दक्षिण एशियामै नमूना बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्मित सूचना–प्रविधि पार्क (आइटी पार्क) सेक्यूरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण केन्द्र)मा परिणत हुँदैछ । यसका लागि भौतिक पूर्वाधार निर्माणका काममा थप प्रक्रिया थालिएको सुरक्षण मुद्रण केन्द्रले जनाएको छ । पनौती नगरपालिका–५ स्थित उक्त पार्कमा सरकारले गत वर्ष प्रेस राख्ने निर्णय गरेको थियो । भौतिक पूर्वाधारको काम थाल्न आर्थिक वर्ष...
-
२०७७ माघ ४, आइतबार
राना थारू समुदायको भाषा संरक्षण र संवद्र्धनका लागि व्याकरण निर्माण गरिँदै
कञ्चनपुर, कैलाली र कञ्चनपुरमा मात्रै बसोवास गर्ने राना थारू समुदायको भाषा संरक्षण र संवद्र्धन गर्नका लागि व्याकरण निर्माणको कार्य अगाडि बढाइएको छ । भाषा आयोग शङ्खमुल काठमाडौँ र नेपाल राना थारू समाजको संयुक्त प्रयासमा राना थारू समुदायको मातृभाषाको व्याकरण निर्माण र अभिलेखीकरणको कार्य हुन लागेको हो । प्रारम्भिक चरणमा व्याकरण निर्माण र शब्दकोष निर्माणका लागि त्रिभुवन विश्वविद्यालयका भाषा विज्ञान...
-
२०७७ माघ २, शुक्रबार
भारतीय कोरोना खोपलाई नेपालको अनुमति
काठमाडौं – भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको ’कोभिसिल्ड’ नामक कोरोनाविरूद्धको खोपलाई नेपालमा पनि आपतकालीन प्रयोग गर्न अनुमति दिइएको छ। औषधी व्यवस्था विभागको शुक्रबार बसेको बैठकले उक्त खोप आपतकालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको हो। सरकारले कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न अनुमति दिइएको यो पहिलो खोप हो। विश्वकै ठूलो औषधी तथा खोप उत्पादक भारतीय कम्पनी सेरम इन्स्टिच्युटले...
-
२०७७ माघ २, शुक्रबार
‘नागरिक एप’ सुरु, सरकारी सेवा अनलाइनबाटै
काठमाडौँ – सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले आज मन्त्रालयमा आयोजित समारोहमा ‘नागरिक एप’ शुभारम्भ गरेका छन् । नेपाल सरकारबाट प्रदान गरिने विभिन्न सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन सो एप परीक्षणका रुपमा ल्याइएको हो । सरकारको डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत यो महत्वपूर्ण कार्यक्रम भएको जनाइएको छ । एपको शुभारम्भ गर्दै सञ्चार तथा सूचना, प्रविधिमन्त्री पार्वत गुरुङले अब सरकारी कामको...
-
२०७७ माघ २, शुक्रबार
आज २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस
काठमाडौँ – विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाउन लागिएको हो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस...
-
२०७७ माघ १, बिहिबार
मनाइयो माघे सङ्क्रान्ति एवं माघी पर्व
माघ महीनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यू, चाकु खाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात माघ १ गते मकर (माघे) सङ्क्रान्तिका नाममा वैदिक सनातन हिन्दू धर्मावलम्बीले सनातनदेखि कूल परम्परामा चलेको चलनअनुसार यो पर्व मनाउँछन् । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् । उत्तरायण शुरु...
-
२०७७ माघ १, बिहिबार
देउवा चढेकाे हेलिकप्टर गोरखामा आकस्मिक अवतरण
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ । पालुङटारको आँपपिपल भन्ने स्थानमा हेलिकप्टर आकस्मिक अवतरण गरेको हो । देउवा काठमाडौंबाट पर्वत जाँदै थिए । गोरखाका एसपी सुरेन्द्र गुरुङले मौसम खराबी भएकाले केहीबेरअघि हेलिकप्टर आकस्मिक अवतरण गरेको जानकारी दिए ।
-
२०७७ माघ १, बिहिबार
आज राष्ट्रिय योग दिवस
काठमाडौँ - ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम...
-
२०७७ माघ १, बिहिबार
आज माघे संक्रान्ति मनाइँदै, राष्ट्रपतिबाट शुभकामना
काठमाडौं - प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे(मकर) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई...
-
२०७७ पौष २४, शुक्रबार
सुनचाँदी महासङ्घमा राजनीति नगर्न मन्त्री श्रेष्ठको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सुनचाँदी व्यवसायमा राजनीति प्रवेश गर्न नहुने बताउनुभएको छ । आजदेखि काठमाडौँमा शुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घको साधारणसभा तथा तेस्रो महाधिवेशनमा मन्त्री श्रेष्ठले व्यवसायमा राजनीति प्रवेश गर्नु नहुने बताउनुभएको हो । “हिजो म महासङ्घमा हँदा व्यवसायीका हकहितको पक्षमा धेरै काम गरेँ, कति माग सम्बोधनका विषयमा दबाबसमेत दिइयो,...


