STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सांसदहरुलाई कोरोनाविरुद्धको खोप दिइँदै

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण १९, बुधबार

आजदेखि सांसदहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

सांसदहरुलाई खोप लगाउन सुरु गरिएको पहिलो दिन सभामुख अग्निप्रसाद सापकोटा तथा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खोप लगाएका छन् ।

संसद सचिवालयले सांसदहरुलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा खोप लगाइने जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सांसदहरुलाई तीन दिनभित्र खोप लगाइसकिने छ । संसद बैठकमा सहभागी हुनुअघि सांसदहरुले अनिवार्य रुपमा खोप लगाउनुपर्ने संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उनीहरुको निजी सचिवालयमा कार्यरत कर्मचारी तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीका साथै मर्यादापालकलाई पनि खोप लगाइने छ । त्यस्तै संसदीय मामिलाका पत्रकारलाई पनि खोप लगाइने छ ।

Categorized in राष्ट्रिय