STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७६ बैशाख २३, सोमबार

    काङ्ग्रेसले सच्यायो परिपत्र, महिलावक्ता अनिवार्य गर्न निर्देशन

    नेपाली काङ्ग्रेसले जागरण अभियान अन्तर्गत आसन र भाषणमा महिलाको सहभागिता प्रायः शून्य रहनेगरी गरेको यसअघिको परिपत्र सच्याएको छ । पार्टी सभापति शेरबहादुर देउवाले जारी गरेको पछिल्लो परिपत्रमा जागरण अभियान अन्तर्गतका हरेक कार्यक्रममा महिलावक्ता अनिवार्य गर्न निर्देशन दिइएको छ । काङ्ग्रेस महासमिति सदस्य निमा गिरी नेतृत्वको महिलाको टोलीले पार्टीका शीर्ष नेता तथा पदाधिकारीलाई ध्यानाकर्षणपत्र बुझाउँदै...

  • २०७६ बैशाख २२, आइतबार

    काङ्ग्रेसले संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

    नेपाली काङ्ग्रेसले प्रतिनिधि र राष्ट्रियसभामा रहेका पार्टीका सांसदका लागि संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले केन्द्रदेखि प्रदेशसम्मका सांसदलाई संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।  पार्टीका उपसभापति एवं प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिको संयोजकत्वमा बसेको बैठकले वैशाख २५...

  • २०७६ बैशाख १९, बिहिबार

    पार्टीका कार्यकर्ता न्याय परिषद्मा नियुक्त हुनु दुर्भाग्य हो– मुख्यमन्त्री गुरुङ

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले न्याय परिषद्मा पार्टीका कार्यकर्ता नियुक्त हुनु दुर्भाग्य भएको बताउनुभएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज पोखरामा गरेको मुुलुकी देवानी र फौजदारी संहितासम्बन्धी जानकारी तथा कानूनी क्षमता अभिवृद्धि विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटनसत्रमा बोल्दै मुख्यमन्त्री गुरुङले विषयविज्ञबाहेकका पार्टी कार्यकर्ताबाट न्याय प्रणाली सफल नहुने...

  • २०७६ बैशाख १८, बुधबार

    एकता ढिलाइले पार्टीलाई घाटा भीम रावल

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले पार्टीको स्थानीय कमिटी एकता ढिलाइले ठूलो घाटा भएको बताउनुभएको छ । मङ्गलबार गृहजिल्ला अछाममा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रावलले एकीकरणको काम लामो समयसम्म नटुङ्गिँदा तत्काल ठूलो असर नदेखिए पनि पार्टीको आन्तरिक जीवनमा ठूलो घाटा भएको बताउनुभएको हो । कार्यकर्ता भेलामा नेता रावलले आफू...

  • २०७६ बैशाख १७, मंगलबार

    नेकपा पार्टी कार्यालय उद्घाटन

    नेपाल कम्युनिष्ट पार्टी नेकपा को जिल्ला नेतृत्व चयन भएसँगै एकताका प्रक्रिया चल्न लागेको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ मा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र का पार्टी कार्यालय छुट्टाछुट्टै सञ्चालन हुँदै आएकामा सोमबारदेखि पार्टी कार्यालय एकै बनेको छ । पार्टी एकीकरणको एक वर्षपछि मेलम्चीमा पार्टी कार्यालय उद्घाटन गरिएको छ । नेकपाका केन्द्रीय सदस्य शेरबहादुर तामाङ, पार्टीका...

  • २०७६ बैशाख १०, मंगलबार

    राजपामा रडाको

    फुट र जुटको राजनीतिबाट अघि बढेका मधेश केन्द्रित विभिन्न छ राजनीतिक शक्ति मिलेर बनेको राष्ट्रिय जनता पार्टी राजपा यतिखेर पार्टी सङ्गठन सुदृढीकरणको अभियानमा लागेको छ ।  दुई वर्ष अघि विसं २०७४ वैशाख ८ गते पार्टी एकता घोषणा सभामा नेताको गर्जन र पार्टी कार्यकर्ताको जति उत्साह थियो, अहिले निरासातर्फ उन्मुख हुँदैछ । पार्टीभित्रको असन्तुष्टिलाई चिर्दै परिपक्क नेतृत्व प्रदान गर्न नसक्दा राजपाभित्र अहिले...

  • २०७६ बैशाख ९, सोमबार

    काङ्ग्रेस कमजोर प्रतिपक्ष नभएको देउवाको दावी

    नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेस कमजोर प्रतिपक्ष नभएको बताउनुभएको छ । संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गरेपनि कहिल्यै कमजोर नभएको उहाँको जिकिर थियो ।  झापाको चन्द्रगढी विमानस्थलमा आज पत्रकारसँगको कुराकानीमा सभापति देउवाले काङ्ग्रेसलाई भोट दिने बेला अरूलाई दिएर प्रतिपक्षमा बलियो उपस्थिति नभएको भन्दै काङ्ग्रेसको बदनाम गर्न खोजेको आरोप लगाउनुभयो ।...

  • २०७६ बैशाख ८, आइतबार

    सहमति, सहकार्य र एकताका साथ अघि बढ्नुपर्छ – नेत्री कोइराला

    नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकार सहमति, सहकार्य र एकताबाट अघि बढ्न नसकेको आरोप लगाउनुभएको छ ।   नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, सहकार्यको अभावमा सरकार विकास निर्माणलगायतका काममा सफल बन्न सकेको छैन् ।”  पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेतृ कोइरालाले काङ्ग्रेसलाई कमजोर बनाउनुमा पार्टी नभई व्यक्ति÷व्यक्ति दोषी भएको उल्लेख...

  • २०७६ बैशाख ८, आइतबार

    नेकपाः पार्टी एकताका बाँकी काम अन्तिम निष्कर्षमा

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेकपा एकताका बाँकी काम अन्तिम निष्कर्षमा पुग्न लागेको बताउनुभएको छ । नेकपाको ७० आँै स्थापना दिवसका अवसरमा प्रदेश नं ३ सङ्गठन कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “आज साँझ बस्ने पार्टी सचिवालय बैठकले पार्टी एकताका बाँकी सबै काम टुङ्ग्याउने छ । नेताको अनुहार हेरेर होइन, निश्चित,...

  • २०७६ बैशाख ६, शुक्रबार

    युवालाई समृद्धिको सहयोगी बनाउनुुपर्छ युवा नेता पौडेल

    नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले युवालाई समृद्धिको लागि सहयोगी बनाउनुपर्ने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकीमा बिहीबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले देशमा संरचना नयाँ बने पनि सोच नयाँ बन्न नसकेको बताउनुभयो । निर्वाचित जनप्रतिनिधिले नयाँ सोचका साथ आफूलाई अघि बढाई रोजगारीका लागि युवा जनशक्ति विदेश जानुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो...

  • २०७६ बैशाख ६, शुक्रबार

    सरकारले काम गर्न सकेन ः सभापति देउवा

    नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको बताउनुभएको छ ।  नेपाल विद्यार्थी सङ्घको ४९औँ स्थापना दिवसका अवसरमा नेविसङ्घ काठमाडौँले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा उहाँले सरकार विरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको बताउनुभयो ।  “निर्मला हत्याकाण्डका हत्यारालाई सरकारले बचाउने काम गरिरहेको छ, महङ्गी बढेको छ, कर बढेको छ, वर्तमान सरकारको...

  • २०७६ बैशाख ६, शुक्रबार

    अब एकता प्रक्रिया लम्बाउनु हुँदैन ः नेता भुसाल

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीको एकता प्रक्रिया अब नलम्बिने बताउनुभएको छ । एकतामा ढिलाइ हुँदा तल्लो तहसम्मकै पार्टी सदस्य उकुसमुकुसमा रहेको भन्दै उहाँले एकतालाई छिटो टुङ्ग्याउनुपर्ने दबाब सिर्जना भएको उल्लेख गर्नुभयो ।  कम्युनिष्ट आन्दोलनका योद्धा तथा गायक प्रचण्डबहादुर बुढाथोकीको छैठौँ दिनको पुण्यतिथिमा नेपाल कम्युनिष्ट पार्टी नेकपा पश्चिम नवलपरासीले...

Pages