STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७५ चैत्र १३, बुधबार

    पार्टी एकता टुङ्ग्याउन नेकपाद्वारा कार्यदल गठन

    नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० म्याग्दीले स्थानीय तहमा पार्टी एकतालाई पूर्णता दिन कार्यदल गठन गरेको छ । मङ्गलबार पार्टीका गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको उपस्थितिमा जिल्ला संयन्त्रको चौँथो बैठकले स्थानीय तह र जनवर्गीय सङ्गठनको एकताको खाका तयार पार्न कार्यदल गठन गरेको हो । बैठकले एकतालाई छिटो टुङ्ग्याउनका लागि साङ्गठनिक एकीकरणसम्बन्धी काम गर्नका लागि नेता हरिकृष्ण...

  • २०७५ चैत्र १३, बुधबार

    पार्टी सुधार्न लागिपरेको छु महामन्त्री कोइराला

    नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफूले पार्टी सुधारका लागि निकै मेहनत गरिरहेको बताउनुभएको छ । पार्टीमा सबैलाई एकताबद्ध गरी बलियो पार्टी बनाउन आफूले मुख्य भूमिका निर्वाह गरिरहेको उहाँको जिकिर थियो । प्रेस युनियन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा काङ्ग्रेस नेता कोइरालाले पार्टी अध्यक्षको बारेमा धेरै टीकाटिप्पणी आइरहेको भन्दै अध्यक्षले सबैलाई मिलाएर लैजान नसकेको हँुदा...

  • २०७५ चैत्र १२, मंगलबार

    सरकारले वार्ता र संवादको ढोका बन्द गरेको छैन स् वरिष्ठ नेता नेपाल

    नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र संवादको ढोका बन्द नगरेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वार्ता र संवादबाट समस्याको समाधान हुने बताउनुभयो । उहाँले भन्नुभयो, “लगानी सम्मेलनको तयारी गरिएको छ, लगानीकर्तालाई बम पड्काएर, धम्की दिएर...

  • २०७५ चैत्र १२, मंगलबार

    मन्त्री पुन र बङ्गलादेशी राजदूतबीच भेटवार्ता

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा सम्बन्धी बङ्गलादेशसँग भएको द्विपक्षीय समझदारीलाई अगाडि बढाउन नेपाल सरकार तत्पर रहेको बताउनुभएको छ । मन्त्री पुनसँग शिष्टाचार भेटका लागि पुग्नुभएका नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्ते साम्सलाई उहाँले सो कुरा बताउनुभएको हो । भेटवार्तामा द्विपक्षीय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको मन्त्री पुनको सचिवालयले जनाएको छ । भेटमा मन्त्री...

  • २०७५ चैत्र १२, मंगलबार

    विप्लव आन्दोलनको कुनै अर्थ छैन ः मुख्यमन्त्री गुरुङ

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लव माओवादीको एजेण्डाविहीन आन्दोलनको कुनै अर्थ नरहेको बताउनुभएको छ । आज पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले मुलुकको विकास निर्माणमा अवरोध पु¥याउने र राज्यको सम्पत्तिमा क्षति पु¥याउने जस्ता अराजक गतिविधि त्यागेर वार्तामा आउन विप्लव समूहलाई आह्वान गर्नुभयो । मुख्यमन्त्री गुरुङले अब पहिलेका जस्तो क्रान्ति सम्भव...

  • २०७५ चैत्र ११, सोमबार

    काङ्ग्रेस संसदीय दल बैठक बस्दै

    समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न बस्न लागेको काङ्ग्रेसले जनाएको छ । बैठकमा पार्टीले संसद्मा खेलेका भूमिकाका बारेमा समीक्षा हुने बताइएको छ । साथै बैठकमा जनचासोका सार्वजनिक मुद्दा, सरकारका काम कारवाहीलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो...

  • २०७५ चैत्र ११, सोमबार

    महाधिवेशनले जे भनेको छ, त्यही हो पार्टीको धारणा : सिंह

    नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताको विषयमा महाधिवेशनले पारित गरेको दृष्टिकोण नै पार्टीको आधिकारिक ‘लाइन’ भएको बताउनुभएको छ । झापाको विर्तामोडमा नेपाल प्रेस युनियनले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीका विभिन्न नेताले महाधिवेशनको लाइन विपरीत बोलेका विचार निजी हुने स्पष्ट पार्नुभयो । “नेपाली काङ्ग्रेस लोकतान्त्रिक पार्टी...

  • २०७५ चैत्र १०, आइतबार

    पार्टीभित्र गुट हुनु स्वाभाविक होः नेता कोइराला

    नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताउनु भएको छ । नेपाली काङ्ग्रेस चितवनले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “गिरोहले पार्टी सञ्चालन गरे त्यो खतरनाक हुन्छ ।” नेता कोइरालाले पार्टीको प्रतिपक्षको भूमिकामा गुट हुने र यसले पार्टी बलियो बनाउन सहयोग पुग्ने बताउँदै गुटले नेतृत्वलाई पार्टी बनाउन...

  • २०७५ चैत्र ८, शुक्रबार

    नेतृत्वविहीन ‘नेपाल विद्यार्थी सङ्घ’

    नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ० अहिले नेतृत्वविहीन अवस्थामा पुगेको छ । नेविसङ्घ को ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले राजीनामा दिइसकेको अवस्थामा पनि तदर्थ समिति गठन नहुँदा नेविसङ्घ नेतृत्वविहीन बन्न पुगेको छ । नेपाली काङ्ग्रेसका प्रमुख भ्रातृ संस्थाका रुपमा रहेको नेविसङ्घको विसं २०७३ साउनमा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले विसं २०७५ माघमा राजीनामा दिएसँगै नेविसङ्घ...

  • २०७५ चैत्र ७, बिहिबार

    देशको राजनीति सङ्घवादी र गैरसङ्घवादीबिच ध्रुविकृत हुँदै गएको छ ः सहअध्यक्ष श्रेष्ठ

    भक्तपुर, चैत्र ५  सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा पार्टी नीति तथा कार्यक्रम मस्यौदा समितिका संयोजक राजेन्द्र प्रसाद श्रेष्ठले अहिले देशको राजनीति सङ्घवादी र गैरसङ्घवादीबिच ध्रुविकृत हुँदै गएको बताएको छ । उनले उक्त कुरा पार्टीको नीति तथा कार्यक्रम मस्यौदा समितिको आयोजनामा भक्तपुरको सूर्यविनायकमा भएको कार्यशाला गोष्ठीमा समापन मन्तव्य दिंदै बताएको हो । संयोजक श्रेष्ठले सङ्घीय समाजवाद...

  • २०७५ चैत्र ६, बुधबार

    थरुहट आन्दोलनको तयारी

    थरुहट प्रदेशको माग गर्दै आएको थरुहट/थारुवान संघर्ष समितिले बर्दियामा राष्ट्रिय भेलाको तयारी थालेको छ । संघर्ष समिति र थारु कल्याणकारिणी सभा (थाकस)ले चैत १६ गते बर्दियामा हुने थरुहट आन्दोलन, नेतृत्व र अबको बाटो विषयक राष्ट्रिय भेलाको तयारी थालेको हो । २०७२ भदौ ७ गते टीकापुर घटना घटेपछि उठ्न नसेको सो आन्दोलनबारे रणनैतिक योजना तय गर्नेबारे छलफल हुने थाकस कैलालीका कार्यवाहक सभापति माधव चौधरीले...

  • २०७५ फाल्गुण २८, मंगलबार

    कम्युनिष्ट पार्टी (नेकपा) ‘विप्लव’ अपराधिक संगठन ठहर , प्रतिबन्ध लगाउने घोषणा

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह भनी चिनिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको समूहलाई सरकारले अपराधिक संगठन ठहर गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई अपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाउने घोषणा गरेको हो । उक्त समूहले विकासका पूर्वाधारमाथि बम बिस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामाथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ ।

Pages