STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७७ आश्विन २, शुक्रबार

    मृतकको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन कांग्रेसकाे माग

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मृतकको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार शंकास्पद मृत्युमा शव व्यवस्थापन गर्दा सबै मापदण्ड पालना गर्नुपर्ने, नजिकको सम्पर्कमा रहेका व्यक्तिहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने तर शवबाट स्वाब निकालेर पीसीआर टेष्ट नगर्ने निर्णय गरेको थियो । कांग्रेसले यो निर्णय गलत भएको भन्दै...

  • २०७७ आश्विन २, शुक्रबार

    आजको नेकपा सचिवालय बैठक स्थगित

    काठमाडौं – आज बस्ने भनिएको नेकपा सचिवालय बैठक असाेज ४ गतेसम्मकाे लागि स्थगित गरिएको छ । शुक्रबार बिहान ११ बजे तत्कालीन नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बस्ने तय भएको थियो । तर, आजै बिहान सचिवालय सदस्यहरुलाई असोज ४ गते आइतबारसम्मका लागि बैठक स्थगित भएको सूचना पठाइएको छ । बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी बस्ने व्यवस्था मिलाइसकिएको थियो ।

  • २०७७ आश्विन २, शुक्रबार

    बामदेव गौतमले लिए पद तथा गोपनियताको सपथ

    काठमाडौँ – राष्ट्रियसभा सदस्यमा मनोनित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनुभएको गौतमले पद तथा गोपनियताको सपथ लिएका हुन्। बिहीबार राष्ट्रियसभा अध्यक्ष अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन्। सपथग्रहणपछि गौतमले राष्ट्रिसभाको गरिमा र प्रतिष्ठालाई...

  • २०७७ आश्विन १, बिहिबार

    कांग्रेस महामन्त्री कोइरालाको आइसियुमा

    काठमाडौँ –नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । कोेभिड­१९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहनुभएका उहाँलाई मङ्गलबार साँझ ज्वरो आएपछि अस्पतालमा भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार महामन्त्री डा कोइरालाको अहिले सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार भइरहेको छ । “अस्पताल...

  • २०७७ आश्विन १, बिहिबार

    कुलमानलाई पद मुक्त गर्ने निर्णयमाथि पुनर्विचार गर्नुपर्छ - सांसद शोभा शाक्य

    विजयरत्न असंबरे बागमती प्रदेश ललितपुरका सांसद माननीय शोभा शाक्यले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः नियुक्ती हुनुपर्ने माग गरेका छन् । माननीय सांसद शाक्यले "जनताले रुचाएका कुलमानलाई हटाउने अनि जनताले मत नदिएर निर्वाचनमा पराजित भएकालाई राष्ट्रीय सभामा लैजाने?" भनि प्रश्न उठाएका छन् भने धेरै अन्तर्राष्ट्रिय संस्थामा २ वर्षको करारसेवा दिइन्छ। राम्रो काम गरे र नियमले...

  • २०७७ आश्विन १, बिहिबार

    वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनित

    काठमाडाैं – नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनित भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गरेकी हुन्। गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार गौतमको सिफारिस शितल निवास पठाएको थियो। राष्ट्रपतिबाट मनोनित...

  • २०७७ भाद्र ३१, बुधबार

    कुलमानका समर्थकहरुलाई पानीको फोहोरा

    काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी प्रमु्ख कुलमान घिसिङका पक्षमा प्रदर्शन गरेका प्रदर्शनकारीलाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेका छन् । घिसिङलाई नै प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गर्नुपर्ने मागसहित उनका समर्थकहरु प्रदर्शनमा उत्रिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिन प्रहरीले उनीहरुमाथि पानीको फोहोरा हानेको थियो । काठमाडौंका प्रमुख...

  • २०७७ भाद्र ३०, मंगलबार

    कुलमान घिसिङकाे नियुक्ति 'कानुनी प्रश्न'ले अड्कियाे

    काठमाडौं – कुलमान घिसिङलाई पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मन्त्रिपरिषद् बैठकले नियुक्ति गर्न सकेन । साेमबारकाे बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले प्रस्ताव लगेकोमा प्रधानमन्त्रीले सुरुमै कानुनी प्रश्न रहेकाले यसमा आफूले थप परामर्श गर्ने बताएपछि बैठकको मुल एजेण्डामै प्रवेश हुन सकेन । तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले २०७३ साल भदौ २९ गते कुलमानलाई प्राधिकरणमा नियुक्त गरेका थिए ।...

  • २०७७ भाद्र ३०, मंगलबार

    गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने सरकारको निर्णय

    काठमाडौँ – सरकारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको भूमि, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जाानकारी दिनुभयो...

  • २०७७ भाद्र ३०, मंगलबार

    नेताका नाममा खोलिएका प्रतिष्ठानलाई गतिविधि गर्न नेकपाको रोक

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । पार्टीले अन्तरपार्टी निर्देशन – ५ जारी गर्दै पार्टीका नेताका नाममा स्थापना भएका प्रतिष्ठान, फाउण्डेशन, अध्ययन केन्द्र जस्ता संस्थालाई प्रदेश, जिल्ला, र स्थानीय तहमा कुनै पनि शाखा गठन र गविविधि गर्न रोक लगाउने निर्देशन दिएको हो । नेकपाले ती नेताका नाममा...

  • २०७७ भाद्र २६, शुक्रबार

    नेकपा स्थायी कमिटी बैठक आज बस्दै

    काठमाडौँ  – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टीको आन्तरिक विवादका कारण पटक–पटक अवरुद्ध हुँदै आएको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमतिमा आजका लागि बोलाईएको हो । बैठकका लागि आवश्यक गृहकार्य सकिएको जनाइएको छ । अध्यक्षद्वय ओली र प्रचण्डको अध्ययनका लागि तयार पारिएको प्रस्ताव स्थायी कमिटीका सदस्यहरूलाई समेत पठाइसकिएको छ । अध्यक्षद्वयले...

  • २०७७ भाद्र २५, बिहिबार

    एसिड प्रहार गर्नेविरुद्ध कडा कानुन ल्याइने, पीडितको खर्च अब सरकारले बेहोर्ने

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले एसीड आक्रमणका दोषीलाई कारबाही गर्न अध्यादेश मार्फत् तत्काल नयाँ कानुन बनाउने बताएका छन् । त्यसका लागि १५ दिनभित्र कानुनको मस्यौदा बनाउन कानुनमन्त्री र सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । छलफलपछि प्रधनमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने– ‘प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब (एसिड)...

Pages