STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७६ भाद्र ५, बिहिबार

    “नेकपा सचिवालयमा तत्काल सदस्य थपिँदैन”

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा मा सचिवालयमा सदस्य थपका लागि प्रस्ताव गरिए पनि तत्काल थप नहुने भएको छ । यही भदौ १ गतेको सचिवालय बैठकमा वरियतामा छलफल हुँदा वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालीन नेकपा एमाले मा रहेका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालय सदस्यमा थप गरिनुपर्ने प्रस्ताव राख्नुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न सचिवालय बैठकपछि...

  • २०७६ भाद्र २, सोमबार

    छिमेकीका विषयमा हलुका टप्पणी नगरौँ ः परराष्ट्रमन्त्री

    नेपाल र उसका निकटका छिमेकी तथा बाह्य सम्बन्धका बारेमा हलुका टीकाटिप्पणी नगर्न सरकारले सबै राजनीतिक दल र तिनका नेतासँग आग्रह गरेको छ । केही दिनअघि प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपाल–भारत सम्बन्धमा आँच पुग्ने गरी एक जना सदस्यले गर्नुभएको टिप्पणीप्रति असहमति जनाउँदै सरकारले त्यस्तो आग्रह गरेको हो । “नेपालले कहिल्यै कल्पना नगरेको विषयमा गरिएको टिप्पणी सरकारलाई अस्वीकार्य छ”,...

  • २०७६ श्रावण ३०, बिहिबार

    काङ्ग्रेस बैठकमा अनुशासन समितिको प्रतिवेदन प्रस्तुत

    नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय अनुशासन समितिको हालसम्मको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ । काङ्ग्रेस केन्द्रीय समितिको बुधबार बसेको बैठकमा केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बेले सो प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । बैठकले तनहुँमा वैकुण्ठनाथ न्यौपाने सभापति र जीतप्रकाश आले कार्यवाहक सभापति रहनुभएको जिल्ला कार्यसमिति र सो मातहतका कार्यसमिति मात्र...

  • २०७६ श्रावण २९, बुधबार

    लोकसेवा आयोगले प्रकाशन गरेकोे विज्ञापन रद्द गर्नुपर्ने मागसहित बालुवाटारमा धर्ना

    संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत लोकसेवा आयोगले प्रकाशन गरेकोे विज्ञापन रद्द गर्नुपर्ने मागसहित आज प्रधानमन्त्री निवास नजीकै धर्ना दिइएको छ । सो विज्ञापन संविधान, कानून तथा सामाजिक न्यायको सिद्धान्तको प्रतिकूल भएको भन्दै आदिवासी, जनजाति र दलित समुदायका अगुवाहरुले आज बिहान १२ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि धर्ना दिएका हुन् । आयोगले जेठ १५ गते स्थानीय तहका लागि...

  • २०७६ श्रावण २४, शुक्रबार

    ‘अब अधिकारका लागि हतियार उठाउनु पर्दैन’ ः पूर्वसभामुख नेम्बाङ

    संविधानसभाका पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले अब मुलुकमा अधिकारका लागि हतियार उठाउनु नपर्ने बताउनु भएको छ । स्थानीय आदर्श माविको सूचना प्रविधि मैत्री सभा शुभारम्भ गर्दै उहाँले संविधान संशोधनमार्फत अधिकार पाउन सकिने भएकाले अधिकारका लागि अब कसैले लड्नु नपर्ने उल्लेख गर्नुभएको हो । “संविधान सबै दल मिलेर ल्यायौँ । त्यसरी नै संविधान संशोधनमार्फत अधिकार लिन पनि सकिन्छ”, पूर्वसभामुख नेम्बाङले भन्नुभयो...

  • २०७६ श्रावण २२, बुधबार

    काङ्ग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

    प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले क्वारेन्टाइनको उचित प्रबन्ध गर्न र जडीबुटी निकासीलाई सहज बनाउनका लागि सरकारको ध्यानाकर्षण गराउन संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । काङ्ग्रेस सांसदहरुले आज क्वारेन्टाइनको समस्याका कारण जडीबुटी निकासीमा आएको अवरोध अन्त्य गर्न छलफल गर्नुपर्ने जनाउँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत उक्त सार्वजनिक महत्वको सूचना...

  • २०७६ श्रावण २१, मंगलबार

    पत्रकारिता र प्रजातन्त्र एक अर्काका परिपूरक ः सभापति देउवा

    नेपाली काङ्ग्रेसका सभापति एव्म पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘दयाशङ्कर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७५’ बाट पत्रकार रवीन्द्रनाथ बाँस्तोलालाई सम्मान गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उहाँले सो सम्मान गर्नुभएको हो । प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखेकोे स्मृतिमा स्थापित उक्त पुरस्कारको राशी रु ५५ हजार ५५५, सम्मानपत्र तथा दोसल्ला रहेको...

  • २०७६ श्रावण १७, शुक्रबार

    साउनभित्र पार्टी एकता टुङ्गिन्छ

    पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता माधवकुमार नेपालले साउन महीनाभित्र पार्टी एकता टुङ्गिने गरी काम भएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँगको कुराकानीमा उहाँले पार्टी एकता चाँडोभन्दा चाँडो टुङ्गाउने गरी काम भइरहेको बताउनुभएको हो । एकताको प्रक्रिया ढिलो हुँदा सबैमा चिन्ता बढेकाले यसलाई जतिसक्दो छिटो टुङ्गाउन आवश्यक परेकामा जोड दिँदै नेता नेपालले भन्नुभयो, “पार्टीभित्र विवाद...

  • २०७६ श्रावण १५, बुधबार

    नाराबाजीले प्रतिनिधिसभाको बैठक अवरुद्ध

    सर्लाही घटनाका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी राजपा ले प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेका छन् । सभामुख कृष्णबहादुर महराले बैठक शुरु गर्नासाथ दुवै दलका सांसदहरु उठेर विरोध जनाउनुभएको थियो । सांसदहरुले विरोध गरिरहेकै बेला उहाँले बैठकको कारवाही अघि बढाउन खोजेपछि दुवै दलका सांसदले वेल घेराउ गर्नुभएको...

  • २०७६ श्रावण १४, मंगलबार

    ‘विप्लव’ समूहका जिल्ला सेक्रेटरी ‘भृकुटी’ गिरफ्तार

    अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की केन्द्रीय महासचिव धीरेन्द्रा उपाध्याय ‘भृकुटी’ लाई प्रहरीले गिरफ्तार गरेको छ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूह  निकट महिला सङ्गठनकी केन्द्रीय महासचिव भृकुटीलाई प्रहरीले मङ्गलबार काठमाडौँ बाट गिरफ्तार गरेको हो । उपाध्याय पूर्वसभासद् पनि हुन् ।  

  • २०७६ श्रावण १४, मंगलबार

    ‘विप्लव’ द्धारा बागमती, नारायणी र जनकपुर रामेछाप र दोलखा जिल्ला बन्दको आव्हान

    प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’इन्चार्ज तथा सांस्कृतिक मोर्चाका इन्चार्ज माइला लामा ‘प्रज्वल’ को तुरुन्त रिहाइको माग गर्दै साउन १५ गते बागमती, नारायणी र जनकपुर ( रामेछाप र दोलखा जिल्ला ) बन्द घोषणा गरेका छन् । ‘विप्लव का प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारि गर्दे यसरी बन्दको आव्हान गरेको हो

  • २०७६ श्रावण ८, बुधबार

    काङ्ग्रेसमा निष्ठावान कार्यकर्ताको खोजी अभियान

    नेपाली काङ्ग्रेसलाई व्यक्तिगत स्वार्थपूर्तिको साधन बनाउने क्रम बढेको भन्दै पार्टीमा मूल्य मान्यता स्थापित गर्ने उद्देश्यका साथ ‘नेपाली काङ्ग्रेसभित्रै निष्ठावान काङ्ग्रेसको खोजी’ अभियानलाई अघि बढाइएको छ । अभियानबारे जानकारी दिन पोखरामा आयोजित पत्रकार भेटघाटमा अभियानका संयोजक प्रा डा भूपति ढकाल ‘कमल’ले पार्टीभित्र मौलाउँदै गएको गुट–उपगुटका कारण सङ्गठन दिनानुदिन कमजोर बन्दै गएको बताउनुभयो । नेपालमा...

Pages