STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७६ भाद्र २९, आइतबार

    काङ्ग्रेस जागरण अभियानमा, भ्रातृ संस्था भने आन्तरिक कलहमा

    प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियानमा जुटेका बेला प्रभावशाली भ्रातृ संस्थाहरुमा भने एकपछि अर्को विवाद चुलिन थालेको छ । शनिबार मात्रै नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत र महासचिव भूपेन्द्रजङ्ग शाही दुवैले एकअर्कालाई विज्ञप्तिमार्फत दलको साधारण सदस्यसमेत नरहने गरी पदबाट हटाएको विज्ञप्ति सार्वजनिक गरेपछि सङ्गठन भित्रको विवाद छताछुल्ल देखिएको हो । अध्यक्ष जीतजङ्ग बस्नेतले...

  • २०७६ भाद्र २५, बुधबार

    काङ्ग्रेसले बिपीको मर्म बुझ्न सकेन वरिष्ठ नेता पौडेल

    नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसले बिपीको मर्म बुझ्न नसकेको बताउनुभएको छ । राष्ट्रिय जागरण अभियानका अवसरमा काङ्ग्रेस तनहुँले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीका कार्यकर्ताले बिपीको मर्मलाई आत्मसाथ गर्न नसकेको बताउनुभयो । “बिपी जयन्तीमा देशैभर कार्यक्रम भयो, तर काङ्ग्रेस कार्यकर्ताले बिपीको आदर्शलाई बुझेका छन् कि छैनन्, यो मुख्य प्रश्न हो,”...

  • २०७६ भाद्र २५, बुधबार

    आगामी महाअधिवेशनबाट काङ्ग्रेसभित्रको गुटबन्दी अन्त्य हुने

    नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र धनराज गुरुङले पार्टीभित्र लामो समय देखिको चरम गुटबन्दी पार्टीको आगामी १४ औँ महाधिवेशनबाट अन्त्य हुने बताउनुभएको छ । मङ्गलबार १०६ औँ बिपी जयन्तीको अवसरमा पार्टीको दोस्रो जनजागरण अभियानअन्तर्गत नेपाली काङ्ग्रेस उयदयपुरले गाईघाटमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य तथा पूर्वमन्त्री केसीले भन्नुभयो, “पार्टीको १४ औँ...

  • २०७६ भाद्र २४, मंगलबार

    संविधान प्रतिकूलका कुनै पनि विधेयक स्वीकार्य छैन काङ्ग्रेस

    प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसद्मा प्रस्तुत केही विधेयकमाथि सांसदले प्रस्तुत गर्नुभएको संशोधन प्रस्ताव र समिति एवं उपसमितिमा राख्नुभएको फरक मतप्रति सरकार संवेदनशील नभएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस संसदीय दलको कार्यालयले सोमबार एक विज्ञप्तिमार्फत सरकारद्वारा सङ्घीय संसद्मा प्रस्तुत गरी सम्बन्धित विषयगत समितिमा छलफलका क्रममा रहेका ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन...

  • २०७६ भाद्र २२, आइतबार

    जनमोर्चाका जिल्ला अध्यक्ष नेकपामा प्रवेश

    राष्ट्रिय जनमोर्चाका बैतडी जिल्ला अध्यक्ष अर्जुन मडै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०मा प्रवेश गरेका छन् । अध्यक्ष मडैसँगै जनमोर्चालगायत अन्य पार्टीका एक दर्जन बढी नेता÷कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका छन् । सुर्नया गाउँपालिकास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा शनिबार उनीहरु नेकपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्ने नवप्रवेशीलाई नेकपा केन्द्रीय सदस्य तथा बैतडी जिल्ला...

  • २०७६ भाद्र २२, आइतबार

    दोस्रो राष्ट्रिय जनजागरण अभियानको तयारी पूरा, शीर्ष नेताहरु सुनसरी आउने

    यही भदौ २४ गते मङ्गलबार सुनसरीबाट शुरु हुने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको दोस्रो राष्ट्रिय जनजागरण अभियानको तयारी पूरा भएको छ । महामानव विपी कोइरालाको १०६आँै जन्मजयन्तीका अवसर पारेर दोस्रो राष्ट्रिय जनजागरण अभियान सुनसरीबाट शुरु हुने तयारी पूरा भएको पार्टीका सुनसरी सभापति तथा १ नं प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालले बताउनुभयो । जागरण अभियानमा नेपाली काङ्ग्रेसका शीर्ष...

  • २०७६ भाद्र २२, आइतबार

    नेकपाको बृहत् कार्यकर्ता प्रशिक्षण हुने

    पार्टी एकताको सन्देश दिँदै कार्यकर्तामा पार्टी र सङ्गठनको विषयमा जानकारी गराउन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को इलाममा दुईदिने बृहत् कार्यकर्ता प्रशिक्षण हुने भएको छ । यही भदौ २७ र २८ गते चल्ने प्रशिक्षण कार्यक्रममा केन्द्रीयस्तरका सात नेताको सहजीकरण रहने नेकपा इलामले जानकारी दिएको छ । सहजीकरणका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल...

  • २०७६ भाद्र २०, शुक्रबार

    नेकपा चितवनले लगायो ९८ वडाको टुङ्गो

    नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनको दोस्रो बैठकले जिल्लाका सात पालिकाका ९८ वडाको नेतृत्वको जिम्मेवारी तय गरेको छ । साविकको नेकपा एमाले र माओवादी केन्द्रका तर्फबाट सहमति गरी नेतृत्व लिने वडा टुङ्गाइएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारका अनुसार भरतपुर महानगरपालिकाका २९ वडामध्ये १५ वडा पूर्वएमाले र १४ वडा पूर्वमाओवादीले नेतृत्व लिने सहमति भएको छ । राप्ती...

  • २०७६ भाद्र १८, बुधबार

    केन्द्रीय कार्यसमितिको बैठक बिहीबार

    राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त०को केन्द्रीय कार्यसमितिको बैठक बिहीबार काठमाडौँमा बस्ने भएको छ । पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा ९प्रजातान्त्रिक० र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा ९राष्ट्रवादी० एकीकरणपछि पहिलोपटक बस्न लागेको उक्त बैठकले समान वैचारिक शक्तिसँगको एकता तथा सङ्गठन सुदृढीकरणका लागि छलफल गर्ने नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । पार्टीले हिन्दू राष्ट्र कायम...

  • २०७६ भाद्र ९, सोमबार

    काङ्ग्रेसले जनताको मन जित्नेगरी काम गर्नुपर्छ ः वरिष्ठ नेता पौडेल

    नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसले जनताको मन जित्ने गरी काम गर्ने समय आएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँगको कुराकानीमा उहाँले सरकारप्रति जनताको विश्वास गुम्दै गएकाले जनताको मन जित्नेगरी काम गर्नुपर्ने बताउनुभएको हो । नेता पौडेलले भन्नुभयो, “सरकारको विकल्पको रुपमा काङ्ग्रेसलाई तयार गर्नुपर्छ । यसका लागि सबै एक भएर अघि बढ्नुको विकल्प छैन ।” पार्टीको महाधिवेशन समयमा नै...

  • २०७६ भाद्र ९, सोमबार

    समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा श्रेष्ठ

    तत्कालीन नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरम एकतापछि बनेको समाजवादी पार्टीमा आबद्ध समाजवादी विद्यार्थी सङ्गठनको अध्यक्षमा रुपनारायण श्रेष्ठ चयन हुनुभएको छ । ललितपुरमा आज आयोजित दुई विद्यार्थी सङ्गठन समायोजन कार्यक्रममा सर्वसम्मतिले श्रेष्ठको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति घोषणा गरेको छ । सङ्गठनको वरिष्ठ उपाध्यक्षमा रमेश यादव , उपाध्यक्षमा नेत्र चापागाईं, सुवास लाबुङ, राजेन्द्र ओली ‘विवेक...

  • २०७६ भाद्र ९, सोमबार

    नेकपाः अनुशासन उल्लङ्घन गर्नेमाथि कारवाही हुने

    नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टीभित्र अनुशासन खस्कँदै गएको भन्दै कुनै पनि विषय पार्टीभित्र नराखी सार्वजनिक रुपमा प्रचारबाजी गर्नेमाथि कारवाही गर्ने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अध्यक्षतामा पार्टी कार्यालय धूम्रबाराहीमा आज बसेको सचिवालय बैठकले कुनै पनि विषयलाई पार्टीभित्र छलफल नगराई सार्वजनिक रुपमा लगिए स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । अर्का अध्यक्ष तथा...

Pages