relans
ni new 83
nib 2082 5

सांसद शोभा शाक्यले दशैँ भत्ता फिर्ता गर्ने

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ कार्तिक २, आइतबार

बागमती प्रदेश सभा सदस्य एवं साझा पार्टीका केन्द्रिय सदस्य  शोभा शाक्यले  कोभिड १९ को महामारीका कारण देश संकटमा परिरहेको र ठूलाे संख्यामा नागरिक हातमुख जोर्न पनि नसक्ने अवस्थाबाट गुज्रिरहेका बेला जनप्रतिनिधिहरूले दशैँ भत्ता लिनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त हुँदैन भनि आफ्नो दशैं भत्ता फिर्ता गर्ने भएका छन् ।

सांसदहरुको मासिक तलब स्वत: खातामा आउने गर्दछ भने बागमती प्रदेश सरकारले तलब सँगसँगै दशैँ भत्ता पनि सांसदहरूको खातामा दाखिल गरिसकेको छ। सांसद शाक्यको  खातामा आएको सो रकम उनले फिर्ता गर्ने जानकारी गराएका छन् भने दशैँ खर्च बापतको सो रकम कोभिड १९ को स्वास्थ्य कोषमा दाखिला गर्न समेत हार्दिक अनुरोध गरेका छन् ।

साथसाथै सांसद शाक्यले सबै सांसदहरूलाई दशैँ भत्ता फिर्ता गर्न र प्रदेश सरकारलाई सबै अनावश्यक खर्च कटौती गरी कोभिड १९ नियन्त्रण र उपचारमा लगाउन पनि आग्रह गरेका छन् ।

Categorized in राजनीति
ppp 2