उपत्यका
-
२०७९ भाद्र १४, मंगलबार
बसन्तपुर क्षेत्रबाट निर्माण सामग्री तत्काल हटाउन मन्त्री श्रेष्ठको निर्देशन
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रमा छरपस्ट रहेका निर्माण सामग्री तत्काल हटाउन निर्देशन दिएका छन्। यत्रतत्र राखिएका इँटा, जस्ताको छाप्रो र अन्य संरचनाका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई आवगमनदेखि सम्पदा क्षेत्र अवलोकनमा समेत बाधा पुगेकोले त्यस्ता सामग्री तत्काल हटाउन मन्त्री श्रेष्ठले निर्देशन दिएका हुन्। इन्द्रजात्राको तयारीबारे बुझ्न...
-
२०७९ भाद्र १३, सोमबार
ठमेलको छायाँ कम्प्लेस भत्काउन सांसद प्रेम सुवालको माग
काठमाडौँ - ठमेलमा सार्वजनिक पोखरी मिचेर बनेको भवन छायाँ कम्प्लेक्स भत्कान संसदमै आवाज उठेको छ । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उक्त कुरा उठाएका हुन् । सांसद सुवालले सार्वजनिक कमल पोखरी मिचेर व्यापारिक प्रयोजनका लागि छायाँ कम्प्लेक्स बनाइएको भन्दै सो कम्प्लेस भत्काउन जरुरी रहेको बताए । हिजो आइबार मात्रै भारतको नोयडामा नियम मिचेर बनाइएका...
-
२०७९ भाद्र १३, सोमबार
नक्सासहित वडामा उपस्थित हुन विशाल बजारलाई २४ घण्टे अल्टिमेटम
काठमाडौं - काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियानलाई तीव्र पारेको छ । सोमबार महानगरपालिकाको टोली न्यूरोडको विशाल बजार पुगेको छ । महानगरको टोलीले विशाल बजारलाई नक्सासहित वडा कार्यालयमा उपस्थित हुन २४ घन्टे अल्टिमेटम दिएको छ। नक्सापास नै नगरी पार्किङ र अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरु भत्काउने अभियानलाई महानगरले निरन्तरता दिएको छ । महानगरले आज न्यूरोड र बसन्तपुर क्षेत्रमा रहेका...
-
२०७९ भाद्र १३, सोमबार
बालेनविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा
काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरूद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता दिपकराज जोशीले सो मुद्दा दर्ता गराएको बताइएको छ । बालेनले नक्सापासविनाका अवैध संरचना हटाउन अभियान चलाइरहेका बेला उनको एउटा स्टाटसलाई लिएर सर्वोच्चमा मुद्दा दर्ता भएको हो । मेयर बालेनले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका थिए– ‘संविधान संशोधन गरेर नक्सा...
-
२०७९ भाद्र १२, आइतबार
महानगरको अभियानमा आफ्नाे साथ र समर्थन छ : उपमेयर सुनिता डंगोल
काठमाडौं - काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अनधिकृत संरचनाहरू हटाउने महानगरको अभियानमा आफ्नाे साथ र समर्थन रहेकाे स्पष्ट पारेकी छन् । मेयर बालेन्द्र शाह बालेनको नेतृत्वमा चलिरहेको अभियानमा उपमेयर डंगाेलकाे अनुपस्थितिलाई लिएर प्रश्न उठाइएपछि स्पष्टीकरण दिँदै उनले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा आफ्नाे साथ, सहयोग र समर्थन रहेको प्रष्ट पारेकी हुन् । सामाजिक सञ्जालमार्फत आफ्नाे...
-
२०७९ भाद्र १२, आइतबार
भोटाहिटी–रत्नपार्कको अण्डरपासमाथि बनाइएका संरचना भत्काइयाे
काठमाडौं - काठमाडौं महागरपालिकाले भोटाहिटी–रत्नपार्कको अण्डरपासमाथि बनाइएको संरचना भत्काउन सुरु गरेको छ । ती संरचना अवैधरुपमा बनाइएको भन्दै भत्काउन थालेको हो । पैदलयात्रु हिँड्ने सब–वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्साविपरीत भएकाले भत्काउन लागेको महानगरले जनाएको छ । महानगरका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार महानगरले ठेक्का दिएको ठेकदारले थपेको संरचना अवैध ठहर भएपछि भत्काउन सुरु...
-
२०७९ भाद्र ११, शनिबार
काठमाडौंका सडकमा सबै फोहर व्यवस्थापन
काठमाडौं - काठमाडौं उपत्यकामा यसअघि सडकमा थुपारिएको सबै फोहर व्यवस्थापन गरिएको छ । दुई महिनादेखि उपत्यकाको सडकमा थुप्रिएका सबै फोहर व्यवस्थापन भए पनि टेकु ट्रान्फरस्टेशनमा राखिएको फोहर व्यवस्थापन भने आगामी सातासम्ममा सक्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । कामपा वातारण विभाग प्रमुख सरिता राईले सडकमा यत्रतत्र रहेको सबै फोहर व्यवस्थापन भइसकेको र यदि कतै फोहर व्यवस्थापन हुन बाँकी भएको पाइए...
-
२०७९ भाद्र ११, शनिबार
आइतबारदेखि राहदानी विभागकाे बेसमेन्टमा पार्किङ हुने
काठमाडौं - राहदानी विभागले आगामी आइतबारदेखि बेसमेन्टलाई पार्किङ्को रुपमा प्रयोग गर्न सकिने सूचना सार्वजनिक गरेको छ । नक्साअनुरुप निर्माण नभएका संरचना र नक्सा पास भएबमोजिम प्रयोग नभएका संरचना अवैध ठहर गर्दै काठमाडौँ महानगरपालिकाले गत मङ्गलबारदेखि त्यस्ता संरचना भत्काउने काम शुरु गरेको थियो । सोही क्रममा आज कामपाले गरेको अनुगमनको क्रममा त्रिपुरेश्वरमा रहेको राहदानी विभागको बेसमेन्टमा सञ्चालन गरेको...
-
२०७९ भाद्र १०, शुक्रबार
महानगरले राहदानी विभागकाे पार्किङ एरिया खालि गरायाे
काठमाडौं - काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङ एरिया पनि खाली गराएको छ । महानगरले शुक्रबार पार्किङ प्रयोजनको लागि अनुमति लिएर ग्राहक प्रतिक्षालय बनाएको विभागको पार्किङ एरिया खाली गराएको हो । राहदानी विभागले पार्किङ एरियाको लागि भनेर नक्सा अनुमति लिएर राहदानी बनाउन आउनेहरुको लागि बस्न मेच राखिएको थियो । केही दिनयता महानगरले यसरी अनधिकृत रुपमा बनाइएका संरचनाहरु हटाउन...
-
२०७९ भाद्र ९, बिहिबार
अल्फा बिटा कम्प्लेक्सको अवैध पार्किङ हटाउन बालेनकाे निर्देशन
काठमाडौँ - बानेश्वरमा रहेको अल्फा बिटा कम्प्लेक्सको अवैध पार्किङ हटाउन काठमाडौँ महानगरका मेयर बालेन शाहले निर्देशन दिएका छन् । महानगरभित्रका अवैध संरचना हटाउन र भूमिगत पार्किङहरु व्यवस्थित गर्न अभियान नै सुरु गरेका बालेनले आज बुद्धनगरस्थित अल्फा बिटा कम्प्लेक्सको अनुगमनमा गएका हुन् । सो क्रममा बालेनले कम्प्लेक्सका मालिकसँग नक्सा मागेपछि उनले दिन नसक्दा मेयर बालेन आक्रोशित भए । केहीबेर चर्काचर्की...
-
२०७९ भाद्र ९, बिहिबार
शङ्खमूल बर्गर हाउस खाली गर्न बालेनकाे निर्देशन
काठमाडौँ - काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको नेतृत्वले आज पनि नयाँबानेश्वर स्थित शङ्खमूल बर्गर हाउस तत्काल खाली गर्न निर्देशन दिएको छ । त्यस क्षेत्रको अवलोकनपछि उहाँले पार्किङका लागि निर्माण गरिएका स्थान सोही प्रयोजनका लागि प्रयोग गर्न निर्देशन दिनुभएको हो । शङ्खमूलको बर्गर हाउस बेसमेन्ट पार्किङमा सञ्चालित छ । तत्काल उक्त संरचना हटाएर नक्सा पासअनुरुप पार्किङको व्यवस्था गर्न निर्देशन...
-
२०७९ भाद्र ८, बुधबार
काठमाडौं मलको अनधिकृत संरचना महानगरले भत्कायो
काठमाडौं - काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाएको छ । बुधबार विहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा राणासहितको टोली पनि सो स्थानमा पुगेको छ । काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा छ । यो भवन भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर...


