STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७५ चैत्र ३, आइतबार

    ‘फेवाताल जोगाऔँ’

    राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पोखराको पर्यटनको विकासका लागि फेवातालको संरक्षण गर्न एकीकृत योजनाको खाँचो रहेको बताउनुभएको छ । पोखरा चेम्बर अफ कमर्शले आज पोखरामा आयोजना गरेको पोखराको पर्यटन क्षेत्रको सम्भावना, चुनौती र नयाँ लगानीको विषयमा पर्यटन व्यवसायीसँग गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले पोखरा र आसपासका जिल्लाको पर्यटन प्रवद्र्धनमा पनि सामूहिक पहलको खाँचो औँल्याउनुभयो । “फेवाताल...

  • २०७५ चैत्र १, शुक्रबार

    तेल पेल्ने परम्परागत ‘कोल’ लोप हुँदै

    –विमलबहादुर विष्ट डोटीलगायत सुदूरपश्चिम प्रदेशका समग्र पहाडी जिल्लामा परम्परागत तेल पेल्ने कोल लोप हुन थालेको छ । यातायातको विकाससँगै बजारको पहुँच गाउँसम्म पुग्न थालेपछि कुनै बेला यहाँका स्थानीयको तेल पेल्ने मुख्य माध्यमको रूपमा रहेका परम्परागत प्रविधिमा आधारित काठका कोल एकपछि अर्काे गर्दै लोप हुन थालेका छन् । बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल गाउँमा सजिलै पाइन थालेपछि...

  • २०७५ फाल्गुण ३०, बिहिबार

    रेसुङ्गा वनमा फुलेको लालीगुराँसले पर्यटकलाई लोभ्याउँदै

    रेसुङ्गाको वनैभरि फुलेका लालीगुराँस फूलले पर्यटकलाई लोभ्याइरहेको छ । गुल्मी जिल्लाको प्रसिद्ध एवं धार्मिक वन रेसुङ्गामा अहिले गुराँस फुल्न थालेपछि पर्यटकको चहलपहल बढ्न थालेको छ । वनैभरि राताम्य फुलेका गुराँससँग दिनभर रमाउने र फोटो खिचाउने युवायुवतीको चहलपहल बढिरहेको छ । गुल्मी सदरमुकाम तम्घास बजारदेखि माथि रहेको रेसुङ्गा वनमा फुलेका गुराँस फूलले सबैको ध्यान तानिरहेको छ । अहिले यहाँ दिनहुँ...

  • २०७५ फाल्गुण ३०, बिहिबार

    मगर जाति हुर्रा नाच संरक्षणको अभियानमा

    वारी है, खोला नी हौ पारी है खोला बिचैमा दोभान हौ देशै रमाइलो हासेर नी हौँ पनि, बोलेर नी हौँ बिताउन जोवन, लङ्घा मजुले।।। पश्चिम बागलुङ, गुल्मी, प्युठान, सल्यान, लमजुङ क्षेत्रमा बसोबास गर्ने मगर जातिको लोकप्रिय नृत्यका रुपमा कौडा नृत्यलाई लिन सकिन्छ भने पूर्वतिर धनकुट्टा, मोरङ, सङ्खुवासभा क्षेत्रमा बसोबास गर्ने अधिकांश मगर जातिमा लोकप्रिय नृत्यको रुपमा हुर्रा नाच महत्वपूर्ण संस्कृतिको रुपमा...

  • २०७५ फाल्गुण ३०, बिहिबार

    सामान्य सेवा लिन दिनहुँ धाउनुपर्ने बाध्यता

    कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको पशुसेवा केन्द्रमा औषधि तथा उपकरण अभावका कारण सामान्य सेवा लिन सेवाग्राहीलाई समस्या हुँदै आएको छ । सरकारले पशुसेवा कार्यालयमार्फत कृषकका लागि विभिन्न सेवा सुविधा उपलब्ध गराए पनि सुखडस्थित सेवा केन्द्रबाट आफूहरुले सेवा सुविधा नपाएकोे घोडाघोडी नगरपालिका–१ लक्ष्मीपुरबाट आउनुभएका आमखुरा विश्वकर्माले बताउनुभयो । आफूले एउटा बोका बन्ध्याकरण गराउनका लागि करीब तीन...

  • २०७५ फाल्गुण २९, बुधबार

    घर फर्कने अवस्थामा चेपाङ विद्यार्थी

    दाताको सहयोग नआएपछि रत्ननगर–१५ माधवपुरस्थित बिन्देश्वरी आधारभूत विद्यालयमा अध्ययनरत ३० चेपाङ विद्यार्थी घर फर्कने अवस्थामा पुगेका छन् । विसं २०४५ मा स्थापना भएको विद्यालयले साविक सिद्धी गाविसका विपन्न, आमा बुबा जेलमा परेका र टुहुरा चेपाङ बालबालिकालाई आवसीय सुविधासहित विद्यालयमा अध्यापन गराउँदै आए पनि अहिले आर्थिक अभावले उनीहरुको अध्यापनमा समस्या देखिएको हो । विद्यालयले दाताकै सहयोगमा २०६९ सालदेखि...

  • २०७५ फाल्गुण २९, बुधबार

    सडक छेउमै शवगृह, दुर्गन्ध फैलियो

    पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित बजारको मुख्य भाग बुद्धचोक नजिकै सडक छेउमा रहेको शवगृहका कारण दुर्गन्ध फैलिएको छ । पुरानो भएकाले शवगृहमा शवको दुर्गन्ध कम गर्ने कुनै आधुनिक उपकरण छैन, जसले गर्दा लामो समयसम्म शव राख्दा त्यसको दुर्गन्धका कारण आसपासका बासिन्दालाई सास्ती भएको छ । दुर्गन्धका कारण सर्वसाधारण नाक छोपेर हिँड्नुपर्ने अवस्था छ भने स्थानीय सवारी चालक, यात्रुदेखि व्यवसायीसमेत दुर्गन्धको...

  • २०७५ फाल्गुण २८, मंगलबार

    घरबाटै पानी बोकेर विद्यालयमा

    यहाँको एक विद्यालयमा खानेपानीको समस्याले विद्यार्थी आफ्नो घरबाटै खानेपानीको बोतल झोलामा हालेर पढ्न जाने गरेका छन् । जुम्लाको सिञ्जा गाउँपालिका–६ मा रहेको शान्तिजन आधारभूत विद्यालय काडागाउँ स्थापनादेखि खानेपानीको अभाव झेल्दै आएको छ । स्थापना भएको विसं २०६४ देखि विद्यालयमा खानेपानीको अभाव रहेको प्रधानाध्यापक मानबहादुर रोकायाले जानकारी गराउनुभयो । भोगौलिक हिसाबले दुर्गम भएका कारण सरकार र दाताको नजर...

  • २०७५ फाल्गुण २८, मंगलबार

    ‘फड्को’ः कर्णालीको प्रतिविम्ब

    कथाको शुरुमा कर्णालीको सिङ्जा सभ्यता र संस्कृतिसँग जोडिएको जन्तीसहितको विवाह आउँछ । जसले दर्शकलाई कर्णालीको परम्परागत एवं मौलिक संस्कृति, भाषा, वेषभूषा र रहनसहनको स्पष्ट बोध गराउँछ । नाटकमा देखिएको विवाह खस भाषा, वेषभूषा र त्यहाँको जनजीविकाले एकैचोटी दर्शकको ध्यान तान्दछ । कण्ठ ९घाँटी०मा लाटको माला, जीउमा डौठो ओढेर चोली गाबुन लगाएकी महिला, त्यस्तै शिरमा टोपी, ठेटुवाको भोटी ९दौरा० जँगेलो ९सुरुवाल०...

  • २०७५ फाल्गुण २७, सोमबार

    हिमपातबाट भेडाच्याङ्ग्रा र चौँरीगाई मरे

    पछिल्लो क महीनायताको हिमपातका कारण मुस्ताङमा सयाँै भेडाच्याङ्ग्रा र चौँरीगाई मरेका छन् । चरन क्षेत्रमा परेको हिउँका कारण आहारा खान नपाएर, हिउँले पुरिएर र हिउँ चितुवाले आक्रमण गरेर भेडाच्याङ्ग्रा र चौरी गाई मरेका हुन् । आयआर्जनको मुख्य स्रोत भेडाच्याङ्ग्रा र चाँैरीगाई मरेपछि मुस्ताङका कृषक चिन्तित भएका छन् । मुस्ताङका विभिन्न लेकका खर्कमा आइतबारसम्म करीब एक हजार भेडाच्याङ्ग्रा र सयाँैको सङ्ख्यामा...

  • २०७५ फाल्गुण २७, सोमबार

    आदिवासी महोत्सवमा रु डेढ करोडको कारोवार

    प्रथम नुवाकोट आदिवासी महोत्सव रु डेढ करोडभन्दा बढीको कारोवार भई सम्पन्न भएको छ । बट्टारमा ‘भाषा, कला, संस्कृतिको संरक्षण आदिवासी अभियान–स्थानीय उत्पादन, कृषि पर्यटन र व्यापार प्रवद्र्दन’ नारासहित सञ्चालन भएको महोत्सवले सांस्कृतिक पक्षका साथसाथै आदिवासी जनजाति महासङ्घको निर्माणाधीन भवनलाई पूरा गराउन आर्थिक स्रोत समेत जुटाउने उद्देश्य राखेको आयोजक समितिका संयोजक भगवान राना मगरले बताउनुभयो ।...

  • २०७५ फाल्गुण २६, आइतबार

    घरमै पानी आएपछि स्थानीयवासी हर्षित

    तनहुँको शुक्लागण्डकी नगरपालिका–८ लालिमका स्थानीयवासी घरमै खानेपानी आएपछि हर्षित भएका छन् । खानेपानी अभावमा घण्टाँै हिँडेर खानेपानी जोहो गर्नुपर्ने यस ठाउँका बासिन्दा घरमै पानी आएपछि हर्षित भएका हुन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँको सहकार्यमा ढोरफिर्दी खानेपानी आयोजनाको निर्माण सम्पन्न भएसँगै खानेपानीको जोहोमा घण्टाँै खर्चिनुपर्ने बाध्यता हटेको स्थानीय तुलमाया लम्सालले बताउनुभयो ।...

Pages