STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७५ फाल्गुण १६, बिहिबार

    ललितपुरमा आकाशेपुल अभाव

    गाबहालका सृजन महर्जन कुपण्डोलमा बाटो काट्नकै लागि दैनिक १५÷२० मिनेटसम्म कुर्ने गर्नुहुन्छ । सवारीको साधनको अत्यधिक चाप भएको यस ठाउँमा ‘जेब्राक्रसिङ’ बाट बाटो काट्न कठिन भएको उहाँ बताउनुहुन्छ । कुपण्डोलकै एउटा सहकारीमा कार्यरत उहाँ कहिलेकाहीँ हतारिएर बाटो काट्ने गर्नुहुन्छ । यसरी बाटो काट्दा कति पटक सवारीसाधनसंग ठोक्किनु भएका महर्जन भन्नुहुन्छ, “अहिलेसम्म ठूलो दुर्घटना भने भएको छैन ।” एक दशकयता...

  • २०७५ फाल्गुण १६, बिहिबार

    गर्भपतन गराउने बढ्दै

     सदरमुकामस्थित दमौली अस्पतालमा गर्भपतन गराउन आउने महिलाको सङ्ख्या बढ्दै गएको छ । परिवारनियोजनको अस्थायी साधान प्रयोग गर्न छाडेपछि गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो । गर्भ निरोधकका अस्थायी साधान डिपो, कपर टी, पिल्स, इमप्लान्ट, ढाललगायत साधन प्रयोग गर्न झन्झट मान्ने गरेका कारण गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हुन सक्ने अस्पतालका सूचना अधिकारी एवं नर्सिङ इञ्चार्ज जमुनादेवी शर्मा वाग्लेले...

  • २०७५ फाल्गुण १६, बिहिबार

    विकासका लागि हातेमालो गर्न महानगर तयार ः चिरिबाबु

    ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहमा हुने विकास निर्माणका कार्यमा जनतासँग हातेमालो गरेर अघि बढ्न महानगर तयार रहेको बताउनुभएको छ । महानगरपालिका–१८ को मगरगाउँमा बिहीबार आयोजित एक कार्यक्रममा प्रमुख महर्जनले कुनै दल विशेषप्रति आग्रह राखेर विकासका कार्यमा पूर्वाग्रह नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो २० महीनाको कार्यकालमा ६४ वटा बैठक सञ्चालन भइसके ।...

  • २०७५ फाल्गुण १६, बिहिबार

    हिमपातले यातायात , हवाई सेवा ठप्प

    जिल्लामा अहिलेसम्मकै भारी हिमपात भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बुधबार रातिदेखि बिहीबार बिहान करीब ९ बजेसम्म निरन्तर हिमपात भएको हो । यो हिमपात अहिलेसम्मकै उच्च हो । जिल्लाको खुम्बुस्थित लुक्ला र नाम्चे क्षेत्रमा करीब दुई फिटभन्दा बढी हिउँ जम्मा भएको शिक्षक खगेन्द्रराज बास्तोलाले बताउनुभयो । शिक्षक बास्तोलाका अनुसार अहिले त्यस क्षेत्रमा मानिस बाहिर निस्कन सक्ने अवस्था छैन भने घरभित्र आगो...

  • २०७५ फाल्गुण १५, बुधबार

    दिपायल दरबारको संरक्षण गरिन

    –बिमलबहादुर बिष्ट दिपायल सिलगढी नगरपालिकाले भग्नावशेष अवस्थामा दिपायलमा रहेको डोटेली राजाको दरबार संरक्षण तथा सम्वद्र्धन गर्ने भएको छ । उक्त दरबार संरक्षण तथा सम्वद्र्धनका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा रु १५ लाख खर्च गर्न लागेको छ । बाइसे चौबीसे राज्यका पालामा डोटेली राजा बस्नका लागि मासको गारोले निर्माण गरिएको उक्त दरबार संरक्षण सम्वद्र्धनको अभावमा भग्नावशेष अवस्थामा रहेको छ ।...

  • २०७५ फाल्गुण १४, मंगलबार

    देवघाटनमा शिवको मूर्ति बनाउन पशुपतिमा धातु सङ्कल

    चितवन, तनहुँ र नवलपरासीको सङ्गम त्रिवेणीस्थित मुख्य तीर्थस्थल देवघाटधाममा धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यसहित अष्टधातुको ३० फिट अग्लो शिवको मूर्ति बनाउन काठमाडौँमा धातु सङ्कलन गरिने भएको छ । आठ प्रकारका धातु सङ्कलनका लागि आगामी वैशाख १ देखि १० गतेसम्म काठमाडौँको पशुपतिनाथस्थित हङ्समण्डपमा ‘पशुपति महामहोत्सव तथा अष्टधातु सङ्कलन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ’ आयोजना गर्न लागिएको हो ।...

  • २०७५ फाल्गुण १४, मंगलबार

    यार्सागुम्बा बिक्री भएन

    –नरेन्द्रसिह कार्की दार्चुलामा यो वर्ष यार्सागुम्बा बिक्री भएको छैन । व्यवसायीले खरीद गरिएका यार्सागुम्बा अझै बिक्री हुन नसकेको हो । गत असारदेखि भदौसम्म खरीद गरिएका यार्सागुम्बामध्ये दुई क्विन्टल बढी अझै बिक्री हुन सकेको छैन् । बिक्री नहुँदा व्यापारी र सङ्कलक दुबै समस्यामा परेका छन् । स्थानीयवासी र व्यापारीको मुख्य आयस्रोतको रुपमा रहेका यार्सागुम्बा बिक्री नभएपछि हातमुख जोर्न समस्या भएकोे छ ।...

  • २०७५ फाल्गुण १४, मंगलबार

    गौशाला र ठमेलबाट सडक बालबालिकाको उद्धार

    काठमाडौँको गौशाला र ठमेलबाट ३१ सडक बालबालिकाको उद्धार गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गौशाला क्षेत्रबाट १९ र ठमेलबाट १२ बालबालिकाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले आज जनाएको छ । कुलत तथा दुव्र्यसनमा लागेका र घर परिवारबाट बिछोडिएर सडकमा कष्टकर रुपमा रात बिताउन वाध्य भएका असहाय बालबालिकाहरुको उद्धार गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँ, बालबालिका खोजतलास समन्वय...

  • २०७५ फाल्गुण १४, मंगलबार

    काठमाडौँ महानगरपालिकामा नयाँ निजी विद्यालयको अनुमति रोक्का

    – प्रकाश सिलवाल निजी विद्यालयको व्यापारीकरण रोक्न सरकारले नीतिगत प्रयास गरेका बेला काठमाडौँ महानगरपालिकाले नयाँ निजी विद्यालयको अनुमति रोक्का गरेको छ । शहरी क्षेत्रमा निजी विद्यालयको सङ्ख्या वृद्धि र सामुदायिक विद्यालयमा विद्यार्थी न्यून हुँदै गएपछि केन्द्र, प्रदेश र स्थानीय सरकारले सार्वजनिक शिक्षा क्षेत्रलाई रुपान्तरणको पहल लिएका हुन् । काठमाडौँ महानगरपालिकामा हाल ६४० निजी ९संस्थागत० विद्यालय...

  • २०७५ फाल्गुण १४, मंगलबार

    सुदूर पहाडमा हिमपात

    मौसममा आएको परिवर्तनका कारण गएराति बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपात भएसँगै बढेको चिसोले त्यहाँको जनजीवन प्रभावित भएको छ । बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीको खोड्पे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी...

  • २०७५ फाल्गुण १३, सोमबार

    हिमाली जिल्लामा हुम्लाको सिमकोटमा मौलिकता झल्काउँदै चैतलो पर्व

    हिमाली जिल्लामा हुम्लाको सिमकोट गाउँपालिका–२ साविक ठेहे गाविसमा हरेक वर्षको फागुन १२ गतेदेखि लाग्ने चैतलो पर्व शुरु भएको छ । आइतबारदेखि शुरुभएको यो पर्व परावूर्व कालदेखि मनाउँदै आएको स्थानीयवासी कमल भण्डारीले बताउनुभयो । ठेहे गाउँ नजिक रहेको खार्पुनाथ गाउँको हिमालबाट आएको एक राक्षसले फागुन १२ गतेकै दिन चैतलो । चैतलो ९देउडा० खेलिरहेको समयमा एक महिलालाई भगाएर लगेपछि यो पर्व मनाउने चलन चलेको ६५...

  • २०७५ फाल्गुण १२, आइतबार

    स्मार्ट’ बत्ती जडान गर्दै ललितपुर महानगरपालिकाका

    ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी शुरु भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुनलागेको हो । चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित ठेक्का सम्झौता भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो । उहाँका अनुसार महानगरका पाँच मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्न लागिएको हो । कुपण्डोलबाट पुल्चोक...

Pages