उपत्यका
-
२०७५ फाल्गुण ५, आइतबार
असन, कोथुननी संरक्षणको निम्ति कानूनी सघर्ष थाल्ने
आदिवासी नेवाः सम्पदा बचाउनको लागि काठमाडौंको असनस्थित कोथुननी संरक्षणको निम्ति कानूनी पाईलासंगै सघर्ष गर्ने घोषणा गरेको छ । काठमाडौं महानगरपालिका २७ वडा असनस्थित कोथुननी संरक्षणको लागि असन कोथुननी बचाऊ अभियानद्वारा कानूनी पाईलासंगै संघर्ष गर्ने निर्णय गरेको हो । असन कोथुननी अभियानको शनिबार काठमाडौंको प्रदीप्त पुस्तकालयमा रहेको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा गुथि संस्थानले काठमाडौंको असनको...
-
२०७५ फाल्गुण ४, शनिबार
‘गोलढुङ्गामा रङ्गशाला निर्माणका लागि महायज्ञ
सुदर्शन गोलढुङ्गा स्मृति रङ्गशाला’ निर्माणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । गोलढुङ्गा खेलकूद समाजको आयोजनामा समाजका संस्थापक अध्यक्ष एवं काङ्ग्रेस नेता स्व सुदर्शन आचार्यको स्मृतिमा रङ्गशाला निर्माणका लागि महायज्ञ गर्न लागिएको हो । समाजका कार्यवाहक अध्यक्ष राजेन्द्र अर्यालले आचार्यको चाहना गोलढुङ्गाको खेलकूद विकासका लागि खेलमैदान निर्माण गर्ने भएकाले समाजले भोलिदेखि...
-
२०७५ फाल्गुण ३, शुक्रबार
झापामा कला साहित्य उत्सव
रिर्डस झापाको आयोजनामा प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको कला साहित्य उत्सव यही फागुन १८ गतदेखि शुरु हुने भएको छ । झापाको मेचीनगर–६ स्थित काँकडभिट्टामा हुने ‘कला साहित्य उत्सव २०७५’ मा १४ विषयमा समूहगत छलफल गरिने बिहीबार विर्तामोडमा पत्रकार सम्मेलन गरी रिर्डसले जानकारी दिएको हो । फागुन २० गतेसम्म सञ्चालन गरिने यो उत्सवको चौथो शृङ्खलामा प्यानल डिस्कसनसहित कला प्रदर्शनी, प्रत्यक्ष...
-
२०७५ फाल्गुण ३, शुक्रबार
बास छ, लालपुर्जा छैन !
– हिक्मत बहादुर नेपाली सदरमुकाम दैलेख बजारदेखि ६ किलोमिटरको दूरीमा रहेको पञ्चकोशी तीर्थस्थलमध्येको प्रशिद्ध धार्मिक स्थल हो श्रीस्थान । दैलेख बजार श्रीस्थान सडक खण्डको पुछारको छेउमै रहेको कुईकानाको रातामाटे दलित बस्ती । यही सडकखण्ड भएर दिनहुँ जसो नेता र नेतृत्व आहोरदोेहोर गर्ने गरेका छन् । सडकको छेउमै रहेको लालपुर्जाविहीन सुकुम्बासी दलित वस्तीमा दिनहुँ जसो ओहोरदोहोर गर्ने गरे पनि उनीहरुको ध्यान...
-
२०७५ फाल्गुण ३, शुक्रबार
प्रदेश नं १ को नाम ‘विराट प्रदेश’ राख्न माग
राजवंशी समाज उत्थान समिति (विराट) केन्द्रीय समितिले प्रदेश नं १ को नाम ‘विराट प्रदेश’ घोषणा गर्न माग गरेको छ । समितिका केन्द्रीय सभापति भुवनेश्वर मण्डल राजवंशीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विराटनगरलाई प्रदेशको स्थायी राजधानी तथा विराटनगर महानगपालिका र तत्कालीन कटहरी गाविस, झोराहाट भौडाहा, भाथिगछ, बुधनगर, वैजनाथपुर , टङ्कीसिनवारी गाविस क्षेत्रलाई विराट राजवंशी स्वायत्त परिषद्को व्यवस्था...
-
२०७५ फाल्गुण २, बिहिबार
प्रणय दिवस – मायालु डाँडामा भिड
–धु्रवसागर शर्मा भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस शुरु भएपछि म्याग्दीको नयाँ पर्यटकीयस्थल मायालु डाँडा लभ्लीहिलमा प्रेमिल माहोल देखिन थालेको छ । सदरमुकाम बेनी बजारदेखि नजिकै बेनी नगरपालिका–२ खबरामा अवस्थित मायालु डाँडामा अहिले युवायुवतीको भीड लाग्न थालेको हो । सदरमुकाम बेनीबजारदेखि करीब आधा घण्टाको दूरीमा रहेको उक्त षँडामा केही दिनयता युवायुवती आउने क्रम उल्लेख्य वृद्धि भएको स्थानीयवासी...
-
२०७५ फाल्गुण १, बुधबार
चचा नृत्य विषयक छलफल
नेपालमा बज्रयान बौद्धधर्मको प्रवद्र्धन गर्न युवापुस्ताले विशेष ध्यान दिनुपर्नेमा बौद्धविद्वानले व्यक्त गर्नुभएको छ । ‘बौद्ध दर्शन अध्ययन पुचःले आयोजना गरेको बौद्ध दर्शन’ विषयक छलफल कार्यक्रममा बौद्ध विद्वान गुरु यज्ञमानपति बज्राचार्यले नेपालको बज्रयान बौद्ध धर्ममा चचा नृत्यको विशेष स्थान रहेको बताउँदै यसको संरक्षणका लागि ध्यान जानुपर्ने औँल्याउनुभयो । कार्यक्रममा अमेरिकाको मेरिल्याण्डमा ११...
-
२०७५ फाल्गुण १, बुधबार
भक्तपुरको हनुमन्ते सफाइ ५१औँ हप्ते अभियान
देशकै नमूना बनेको भक्तपुरको हनुमन्ते सफाइ अभियानको ५१औँ हप्ता भव्यरूपमा मनाइने भएको छ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा यही फागुन ४ गते हुने हनुमन्ते सफाइ अभियानको ५१ औँ साताको कार्यक्रम भव्यरुपमा मनाइने भएको हो । प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतको ‘सफा सुन्दर हराभरा भक्तपुर, सुरक्षित भक्तपुर, उज्यालो...
-
२०७५ माघ २९, मंगलबार
हायु जातिमा विवाह गर्ने जोडी नपाउँदा समस्या
–हरिकुमार राई नेपालमा नै अल्पसङ्ख्यक अवस्थामा रहेका हायु जातिमध्ये उदयपुरमा बसोबास गर्दै आएका अल्पसङ्ख्यक हायु जातिका उमेर पुगेका युवक तथा युवतीमा अहिले जिल्लाभित्र विवाह गर्ने जोडी नपाएपछि आफ्ना परम्परागत जातिगत विवाहमा समस्या देखिन थालेको छ । कटारी नगरपालिका–१० सिरवानीमा बसोबास गर्ने पाँचघर हायु र त्रियुगा नगरपालिका–१६ सुकौरामा बसोबास गर्ने दुई घरमात्र हायु रहेको उदयपुरमा अहिले हुर्केका छोरा...
-
२०७५ माघ २५, शुक्रबार
पश्चिमी पहाडी क्षेत्रको बालन नाच लोप हुँदै
उदयपुर जिल्लाको मध्य तथा पश्चिमी पहाडी क्षेत्रमा ठूलो सङ्ख्यामा बसोबास गर्दै आएका ब्राह्मण तथा क्षेत्रीले विभिन्न चाडपर्व, धार्मिक कार्य, विवाह, ब्रतबन्धमा परम्परागतरुपमा नृत्य गर्दै आएको बालन नाच हिजोआज बिस्तारै लोप हुँदै जान थालेको छ । अन्य बाह्य गीत, सङ्गीत र संस्कृतिका कारण आफूहरुको बालन नाच लोप हुन थालेकामा जिल्लाका पहाडी क्षेत्रका बूढापाका भने निकै चिन्तित बन्न थालेका छन् । उदयपुरगढी...
-
२०७५ कार्तिक १६, शुक्रबार
दान्यहिरा पुरस्कार हस्तान्तरण, यज्ञरत्न धाख्वाःको पुस्तक विमोचन
नेपालभाषा एकेडेमीका भाइस चान्सलर यज्ञरत्न धाख्वाले आफ्नो पिता दान्यरत्न धाख्वाः र आफ्नी स्वर्गीय धर्मपत्नी हिरा धाख्वाःको नाममा स्थापना गर्नु भएको नेपालभाषा क्षेत्रको प्रतिष्ठित पुरस्कार दान्यहिरा पुरस्कार हिजो एक समारोह बीच हस्तान्तरण गरेको छ । ललितपुरको अशोक पार्टी पालेसमा सञ्चालित पुरस्कार वितरण कार्यक्रममा नेपालभाषा एकेडेमीका चान्सलर चित्तरञ्जन नेपाली सभापति बन्नु भएको थियो भने एकेडेमीका...
-
२०७४ चैत्र ६, मंगलबार
कीर्तिपुरमा ऐतिहासिक स्थाननाम संरक्षण तथा सचेतना अभियान
कीर्तिपुरमा युवाहरुको एक समुहले “ऐतिहासिक स्थाननाम संरक्षण तथा सचेतना अभियान”को उद्घोष गरेका छन् । कीर्तिपुर गोपालवंशकाल देखि मानव वस्तीको अस्तित्व भएको ऐतिहासिक थलो भएको भन्दै र यस क्षेत्रमा इतिहासको विभिन्न कालखण्डमा अस्तित्वमा आई हालसम्म प्रचलित ऐतिहासिक स्थाननामहरु भएको भन्दै यस्ता नामहरुको संरक्षण हेतु यो अभियान थालिएको जानकारी अभियानका संयोजक भरत महर्जनले अनलाइन न्यूजलाई गराए । महर्जनले...


