STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७६ जेठ २१, मंगलबार

    गाउँको विद्यालयमा कम्प्युटर शिक्षा

    बागलुङ नगरपालिका–११ रायडाँडास्थित महाविद्याजन माविका विद्यार्थीले कम्प्युटर शिक्षाको अवसर पाएका छन् । कक्षा ६, ७ र ८ का ९० जना विद्यार्थीले दैनिक कम्प्युटर विषय पढ्छन् । कम्प्युटर शिक्षाका लागि ‘एडुटिच नेपाल’ले प्राविधिक सहयोग गरेको थियो । “हरेक दिन ४५ मिनेटको कम्प्युटर कक्षा हुन्छ”, प्रधानाध्यापक रामबहादुर केसीले भन्नुभयो, “विद्यार्थीले सैद्धान्तिक र प्रयोगात्मक दुवै रुपमा सिक्छन् ।” कम्प्युटर...

  • २०७६ जेठ १९, आइतबार

    नेवाः ताम्सालिङ्ग समन्वय समितिका सदस्य उमेश स्थापितका बुबा रहेनन्

    नेवाः ताम्सालिङ्ग समन्वय समितिका सदस्य तथा नेवाः आन्दोलनका सक्रिय कार्यकर्ता एवं फिल्मीकर्मी उमेश स्थापितका बुबा प्रथमाञ्जलि स्थापित (नाती दाई) रहेनन् । नाती दाईको जेठ १९ गते आइतबार दिउँसो करिब २ः३० बजे काठमाडौंको छाउनीमा स्थित सैनिक अस्पतालमा मृत्यु भएको थियो । ८६ बर्षीय नाती दाई नेपालभाषाका अभियन्ता पनि हुनुहुन्छ भने उहाँका श्रीमतीसंगै दुई छोरा तथा तीन छोरी हुनुहुन्छ । स्वर्गीय प्रथमाञ्जलि...

  • २०७६ जेठ १९, आइतबार

    दोस्रोपटक आँखा देख्न पाएकामा खुशी

    छेडागाड नगरपालिका–३ का रत्न सिंह अहिले ६१ वर्षपछि पुनः आँखा देख्न सक्ने हुनुभएको छ । एकाउन्न वर्षको उमेरदेखि आँखा देख्न छाड्नुभएका उहाँ अहिले ११ वर्षपछि दोस्रो पटक आँखा शुल्दा खुशी हुनुभएको हो ।नाति छ महीनाको हुँदा आँखा देख्न छाडेपछि उसको आवाज मात्र सुन्न पाएको थिएँ तर अहिले  १२ वर्षको उ विद्यालय गएर फर्कने गरेको देख्न पाउँदा खुशीको सीमा नै नरहेको सिंहले बताउनुभयो । आँखा देख्न सकेको खुशीयालीमा घर...

  • २०७६ जेठ १७, शुक्रबार

    रकम उठाएर कमैया बस्तीमा विद्यालय

    कैलालीका १३ युवाले सामाजिक सञ्जालमार्फत सहयोग जुटाएर कैलालीको लम्कीचुहास्थित मुक्त कमैया बस्तीमा विद्यालय भवन निर्माण गरेका छन् । क्रिएटिभ नेपालमा आबद्ध युवाहरुले लम्कीचुहा नगरपालिका–१ स्थित मुक्त कमैया बस्तीमा नमूना अध्ययनगृहको पक्की भवन निर्माण गरेका हुन् । युवाहरुले एक वर्षमा भवन निर्माण सम्पन्न गरेर समुदायलाई हस्तान्तरण गरिसकेका छन् । युवाले बडघर मैटुराम चौधरीको संयोजकत्वमा गठित पाँच सदस्यीय...

  • २०७६ जेठ १७, शुक्रबार

    हटेन खानेपानीको सङ्कट

    डडेल्धुरामा एउटा यस्तो गाउँ छ जहाँ हरेक घरमा नीलो रंगको ‘जर्किन’ राखिएको हुन्छ । जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं १ अन्र्तगत पर्ने कोटेलीको सुनकोट गाउँवासी हरेकले आफ्नो घरमा एउटा भए पनि नीलो रंगको जर्किन राखेका छन् । उनीहरुले त्यो जर्किन भारतबाट किनेर ल्याएका हुन् ।  सुनकोट गाउँमा दलित समुदाय बस्ने गर्दछन् । हरेक दिन दिउँसोतिर बस्तीका महिला नीलो जर्किन बोकेर गाउँमाथि रहेको खानेपानी ट्याङ्कीमा...

  • २०७६ जेठ १६, बिहिबार

    कम्प्युटरले विद्यार्थीको आकर्षण बढायो

    मेलौली नगरपालिका–१ मा रहेको जनचेतना आधारभूत विद्यालयमा कम्प्युटरको माध्यमबाट पठनपाठन हुन थालेपछि विद्यार्थीहरुको आकर्षण बढ्न थालेको छ । कक्षा ५ सम्मको पढाइ हुने सो विद्यालयमा कक्षा २ देखि ५ सम्म नेपाली, अङ्ग्रेजी, गणित र विज्ञान विषय कम्प्युटरको माध्यमबाट पढाइ हुँदै आएको विद्यालयका प्रधानाध्यापक वीरसिंह नायकले जानकारी दिनुभयो । यसका लागि पाँच शिक्षकलाई तालीमसमेत दिइएको छ । विसं २०७३ देखि...

  • २०७६ जेठ १६, बिहिबार

    मिथिलाका लोकप्रिय नाच लोप हुने अवस्थामा

    मिथिला क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा लोक गाथासँग जोडिएको दुई दर्जनभन्दा बढी परम्परागत लोक नाच अहिले लोप हुने अवस्थामा पुगेका छन् ।   साताँै तथा आठौँ शताब्दीदेखि प्रचलनमा रहेका ऐतिहासिक राजा भरथरी, मैना गोविना, कारी माहाराज, नेका बनिजार, राजा नल, मृतकाली, राजा विकटमारी, शैलेन कुमार, गुगली घटमा, रुनाझुना, विजय सिंह, सीत वसन्त, राजा सलहेश, जङ्गली बादशाह, गोपिचन्द, कमला मैया, सुन्दर वन मे सुन्दर...

  • २०७६ जेठ १०, शुक्रबार

    सफाइ अभियानमा स्थानीयवासी

    कैलालीका योग साधकहरुले शहर सफा राख्न सन्देश दिने उद्देश्यले डेढ वर्षअघि थालेकोे सफाइ अभियानमा स्थानीयवासीको सक्रियता बढ्न थालेको छ । योग साधकसँगै जनप्रतिनिधि, प्रहरी, कर्मचारी, शिक्षक, समाजसेबी र व्यापारीहरु सरसफाइ अभियानमा सहभागी हुन थालेका छन् ।   योग साधकहरुले कैलाली जिल्लाका विभिन्न बजारमा प्रत्येक शनिबार सरसफाइ गर्दै आएका छन् । उनीहरूले शुरुका दिनमा विभिन्न सङ्घसंस्थामा आबद्ध व्यक्तिहरुलाई...

  • २०७६ बैशाख २२, आइतबार

    फलामखानी सञ्चालन हुने भएपछि स्थानीयवासी खुशी

    सरकारले आगामी आर्थिक वर्षदेखि नवलपरासीको धौवादीमा रहेको फलाम खानीबाट  व्यावसायिक उत्पादन गर्ने जनाएसँगै यस क्षेत्रका बासिन्दा खुशी भएका छन् । सरकारका तर्फबाट संसद्मा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा  फलामखानीको व्यावसायिक उत्पादन थाल्ने घोषणा गर्नुएकामा  आफ्नो  क्षेत्रको विकास हुने आशमा यस क्षेत्रका बासिन्दा खुशी भएका हुन् ।  “...

  • २०७६ बैशाख ९, सोमबार

    स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर

    स्थानीय लघु तथा घरेलु उद्यमीद्वारा उत्पादित सामग्रीको बजारीकरणका लागि कोसेली घर सञ्चालन गरिएको छ ।      जिल्लाको मोदी गाउँपालिकामा लघु तथा घरेलु उद्यमी तथा कृषकद्वारा उत्पादित उपभोग्य वस्तुको एकीकृतरुपमा बजारीकरण गर्नका लागि कोसेली घरअर्थात् सौगातगृह सञ्चालनमा ल्याइएको हो । मोदी गाउँपालिका–२ पातीचौर बजारमा पसल सञ्चालन गरिएको छ ।  स्थानीय घरेलु तथा साना उद्योगीद्वारा उत्पादित वस्तु अल्लो तथा...

  • २०७६ बैशाख ६, शुक्रबार

    धुलो र धुवाँले सस्थानीय बासिन्दा आक्रोशित

    धनगढीमा निर्माणाधीन मोहना–अत्तरिया छ लेन सडकमा फैलिने धुलो र धुवाँले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि सडक आसपासका बासिन्दा  आक्रोेशित भएका छन् । सडकबाट उडेको धुलोले छेउछाउका पसल र घरमा बस्नै कठिन भएकाले धनगढी उपमहानगरपालिका–२, ३, १३ लगायतका बासिन्दा  आक्रोेशित भएका हुन् । हिजोआज धनगढीमा गर्मी बढेसँगै दिउँसो र साँझपख चल्ने हावाहुरी र सडकमा सवारी गुड्दा उड्ने धुवाँ र धुलोले उनीहरूलाई झन...

  • २०७६ बैशाख ६, शुक्रबार

    राजविराजमा हनुमानजयन्ती

    श्रीरामभक्त हनुमानका भक्तले आज राजविराजमा हनुमान जयन्ती मनाएका छन् । मारवाडी युवा मञ्चको अगुवाइमा भएको कार्यक्रममा सयौंँ भक्तले दिनभरि हनुमानको पूजाराधना गरी भजन, कीर्तन र नृत्य गरेर हनुमानजीको जन्मोत्सव मनाएका हुन् । प्राचीन हनुमान मन्दिरबाट रथसहित हातहातमा झण्डा लिएर निस्किएको जुलुसले नगर परिक्रमा गरी चकलेट र मिठाइ बाँड्दै शुभकामना आदानप्रदान गरे । हिन्दू तथा जैन धर्मावलम्बी मारवाडी समुदायले...

Pages