उपत्यका
-
२०७६ आषाढ १७, मंगलबार
दुई स्थानीय तहले गरे छात्रालाई साइकल वितरण
छोरी शिक्षालाई प्रोत्साहन गर्न र महिला सशक्तीकरणको पाटोलाई शिक्षासँग जोड्न महोत्तरी जिल्लाका दुई स्थानीय तहले ५०० बढी छात्रालाई साइकल वितरण गरेका छन् । जिल्लाका लोहारपट्टी नगरपालिका र सम्सी गाउँपालिकाले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमको प्रवद्र्धन गर्न आफ्नो भूगोल क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत सो सङ्ख्याका छात्रालाई सोमबार जनही एक÷एक साइकल वितरण गरेका हुन् ।...
-
२०७६ आषाढ १६, सोमबार
आँखा शिविर सम्पन्न
जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको आयोजना र नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पताल, सुर्खेतको प्राविधिक सहयोगमा हुम्ला जिल्लाभरि आँखा शिविर सम्पन्न भएको छ । शिविरमा ताजाकोटमा कूल चेकजाँच ८४८, शल्यक्रिया ७५ जना र चश्मा १५० जना, श्रीनगरमा कूल चेकजाँच ६४०, शल्यक्रिया ५१ जना र चश्मा १०० जना, सोरुकोट मुगुमा कूल चेकजाँच ५४०, शल्यक्रिया ४१ र चश्मा १५० जना, सर्केगाड हुम्लामा कूल चेकजाँच ४४०,...
-
२०७६ आषाढ १४, शनिबार
सिसडोलमा आन्दोलन : प्रहरी र स्थानीयवासीबीच झडप
काठमाडौँको फोहर व्यवस्थापन गर्ने मुख्य क्षेत्र नुवाकोटको सिसडोलका बासिन्दा पुनः आन्दोलनमा उत्रेका छन् । नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलका बासिन्दाले क्षतिपूर्ति पुनरावलोकनलगायतका माग गर्दै ‘ल्याण्डफिल्ड साइड’ एक हप्तादेखि बन्द भएपछि वार्ता गर्न पुगेका काठमाडौँ महानगरपालिकाको टोलीसँग कुरा नमिलेपछि झडप भएको हो । झडपका क्रममा केही स्थानीयवासी र केही प्रहरी घाइते भएका छन् । महानगरीय प्रहरी...
-
२०७६ आषाढ १२, बिहिबार
नमूना गाउँमा नयाँ उत्साह
गाउँ, गाउँमा स्वागत गेट, अनि सरसफाइसम्बन्धी सन्देश लेखेको होर्डिङ बोर्ड देख्दा लाग्छ नयाँ पाउनालाई स्वागत गर्न ती बोर्ड राखिएका हुन् र पक्कै पनि गाउँमा कोही आउँदैछ भन्ने भान हुन्छ तर ती बोर्ड न स्वागतका लागि राखिएका हुन् न त कोही नयाँ पाहुना नै आउन लागेका हुन् । ती त नगरको समृद्धि र विकासको नयाँ स्वरूप दिन नलगाड नगरपालिकाले नमूना बस्ती निर्माण गरी दैनिक सबैलाई समानरुपमा स्वागत गर्नका लागि बनाएको...
-
२०७६ आषाढ ११, बुधबार
छ बस्ती पहिरो जोखिममा
निरन्तरको वर्षाका कारण पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाका छ बस्तीहरु पहिरोको चपेटामा परेका छन् । उच्च पहाडी क्षेत्रमा पर्ने यहाँका सेपी, चिङ्मा, वेतेनी, धिमाले, मुक्लाबु र गङ्गावा बस्तीमा मङ्गलबार रातिदेखि पहिरो जान थालेको गाउँपालिका–२ का अध्यक्ष देउकुमार योङहाङले जानकारी दिनुभयो । पहिरोले मुक्लाबुका पहलमान राईको घर बगाएको छ । यहाँका दर्जनौँ घरमा पहिरोबाट क्षति पुगेको छ । वडाध्यक्ष योङहाङका...
-
२०७६ आषाढ १०, मंगलबार
सौर्यबत्ती वितरण अभियान
पाल्पाको निस्दी गाउँपालिकाका विभिन्न स्थानमा प्रदेश नम्बर ५ सरकारले सौर्यबत्ती वितरण अभियान नै थालेको छ । निस्दी ४ पाल्पामा जिल्लामै पहिलो पटक सौर्यऊर्जामार्फत लिफ्टिङ खानेपानी योजनाबाट आइतबार निस्दी अर्चलेमा ९३ घरपरिवारमा सौर्यबत्ती प्रदान गरिएको प्रदेश नम्बर ५ सरकारले सोमबार पुनः निस्दी २ सहलकोटमा पनि वितरण गरेको छ । सहलकोटका करीब ५३ घरपरिवारलाई टुकीरहित बनाउनका निम्ति २० वाट क्षमताका...
-
२०७६ आषाढ ८, आइतबार
वर्षाले कर्णालीमा रोपाइँको सुरसार
ब्याड राख्ने र रोपाइँ गर्ने प्रतिक्षामा रहेका किसान वर्षात् हुँदा खुशी भएका छन् । लामो खडेरीका कारण रोपाइँको सुरसार गर्न नपाएका कर्णालीका किसान गएरातिदेखि निरन्तर वर्षा हुँदा खेतबारीमा ब्यस्त हुन थालेका छन् । गत वर्ष यतिबेला कर्णालीका अधिकांश किसानले रोपाइँ सकिसकेका थिए । यस वर्ष पानी नपर्दा सिँचाइ सुविधा नभएका क्षेत्रका किसानले अझै पनि धानको ब्याडसमेत राख्न पाएका छैनन् । आकाशे पानीको भर परेका...
-
२०७६ आषाढ ८, आइतबार
स्वास्थ्य शिविरमा चार सय लाभान्वित
समिट लघुवित्त वित्तीय संस्थाद्वारा ताप्लेजुङमा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट ४०० बढीले स्वास्थ्य सेवा लिएका छन् । ग्रामीण क्षेत्रमा बसोबास गर्ने निम्न आयस्तरका परिवारलाई लक्षित गरी शनिबार सदरमुकाम फुङलिङमा आयोजना गरिएको शिविरमा ४२२ जनाले निःशुल्क सेवा लिएका हुन् । शिविरमा आँखा र कानका ३१२ जना साथै ११० महिलाले स्त्रीरोगसम्बन्धी जाँच तथा उपचार सेवा लिएको आयोजक संस्थाका विभागीय प्रमुख...
-
२०७६ आषाढ ८, आइतबार
सडक मर्मत नभएको कारण स्थानीय आक्रोशित
थली–साँखु सडकखण्डमा पीच नगरेको कारण स्थानीय बासिन्दाले विरोध गरि सडक अवरुद्ध गरेका छन् । संघर्ष समितिले कागेश्वरी मनोहरा नगरपालिकां सडक स्तरोन्नती गर्ने सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै स्थानीय बासिन्दाले आइतवार पनि सडक अवरुद्ध गरेको हो । आज भन्दा अगाडिको दिनमा जेठ २८ गते स्थानीय संघर्ष समिति र नगरपालिका दुबै तत्काल सडकमा भएको हिलो हटाएर सरसफाई गरेर एकहफ्ता भित्र सडक गे्रडिङ गरि आवतजावत सहज...
-
२०७६ आषाढ ७, शनिबार
घरघरमा बाहुनधाराको खानेपानी
खानेपानीको जोहो गर्दैमा दैनिकी गुजारेका यहाँका ५४ घरपरिवारमा पानीसँगै खुशियाली छाएको छ । स्याङ्जाको वालिङ–७ हिलेपानीस्थित गुजारेमा लिफ्टिङ गरी खानेपानी गाउँमा पु¥याइएको हो । गाउँभन्दा झण्डै ११० मिटर तल बाहुनधारा मूलबाट १६ सोलार प्यानलको माध्यमबाट पानी तानिएको छ । वालिङ नगरपालिकाका इञ्जिनीयर दीपेन्द्र मल्लका अनुसार मुहान र गाउँमा २०÷२० हजार लिटरको ट्याङ्की निर्माण गरिएको छ । घर नजिकै खानेपानीको...
-
२०७६ आषाढ ६, शुक्रबार
राजवंशी समुदायको ‘लोथापोथा’ पर्व शुरु
कोच राजवंशी समुदायको लोपोन्मुख अवस्थामा रहेको लोथापोथा पर्वको पूजा बिहीबारदेखि शुरु भएको छ । मोरङको रङ्गेली नगरपालिका–२ दौलतपुरमा राजवंशी समाज विकास समितिद्वारा यहाँ उक्त पूजा कार्यक्रमको आयोजना शुरु गरिएको छ । तराईमा बसोबास गर्ने आदिवासी जनजाति राजवंशी समुदायमा मनाइने यो पर्व ‘लोथापोथा गौर’ भन्नाले पर्वको शुरुआत हो भने वैशाख महीनाको शुरुमा मनाइने ‘सिरुवा और’ ले पर्वको समाप्त भन्ने बुझिन्छ ।...
-
२०७६ आषाढ ३, मंगलबार
लिम्बू समुदायमा ‘भाषा र संस्कृति’ प्रतिको प्रेम
पूर्वी नेपालमा लिम्बू भाषीले झण्डै एक दशकदेखि राज्यको लगानीविना कक्षा १ देखि ७ सम्म र ११, १२ मा लिम्बू भाषा पठनपाठन गराएर भाषा र संस्कृतिप्रति प्रेम देखाइरहेका छन् । आफ्नो भाषा र लिपिलाई जोगाउन राज्यपक्षबाट कुनै पनि लगानीविना विद्यालयमा पठनपाठन गराइरहेका छन् । लिम्बू भाषाको विकासका क्षेत्रमा विगत लामो समयदेखि काम गरिरहनुभएका मलिसा याक्थुङबा लिम्बू भाषालाई सरकारले योग्यताको भाषा बनाउनुपर्ने...


