STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

मध्यपुरथिमिमा फोटो प्रदर्शनी

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १४, बिहिबार

मध्यपुरथिमि नगरपालिका–३ सानोठिमीस्थित खेल मैदानमा आज वृहत फोटो प्रदर्शनीको आयोजना गरिएको छ । मध्यपुरथिमि नगरपालिकाको २३आँै स्थापना दिवसको अवसरमा आयोजना गरिएको उक्त फोटो प्रदर्शनीमा राष्ट्रिय समाचार समिति ९रासस०का पत्रकारहरु रत्न श्रेष्ठ, रमेश गिरी र नवीन पौडेल तथा न्यूज अफका जगत प्रजापतिलगायतले विभिन्न समयमा खिचेका तस्बीर प्रदर्शनीमा राखिएका छन् । नगरपालिका भित्र सञ्चालित विकास निर्माणका काम, सम्पदा एवं विभिन्न ऐतिहासिक धरोहरको पुनःनिर्माण, जिर्णोद्वार, विभिन्न जात्रा एवं पर्व, विभिन्न कार्यक्रम लगायतका १६० तस्बीर प्रर्दशनीमा राखिएको फोटो प्रदर्शनीका संयोजक रत्न श्रेष्ठले जानकारी दिनुभयो । प्रदर्शनीमा यसअघि नै राससमा प्रयोग भइसकेका ७० प्रतिशत तस्बीर रहेको श्रेष्ठले जानकारी दिनुभयो । फोटो प्रदर्शनीको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, सांसद महेश बस्नेत, प्रदेश नं ३ का प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठ, रजनी जोन्छे, प्रतिमा श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायत जनप्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधि, सर्वसाधारणलगायतले अवलोकन गर्नुभएको थियो । रासस
Categorized in उपत्यका