अन्तर्राष्ट्रिय
-
२०७६ कार्तिक १७, आइतबार
यमनमा चार हजार सुडानी सैनिक मारिएको हुथीको दाबी
यमनमा युद्धरत हुथी विद्रोहीहरुले कम्तीमा चार हजार सुडानी सैनिक मारिएको दाबी गरेका छन् । साउदी नेतृत्वको गठनबन्धनमा रहेर हुथी विरुद्ध लड्दै आएका सुडानी सैनिकहरु मारिएको हुथीका एक जना सैनिक प्रवक्ताले शनिबार जानकारी दिएका छन् । उनका अनुसार यो संख्या सन् २०१५ देखि अहिलेसम्मको मात्रै हो । “लडाईका क्रममा हाम्रा सेनाले सयौं सुडानी सेनालाई नियन्त्रणमा लिएको छ,” हुथी विद्रोहीले सञ्चालन गरेको अल मसिराह...
-
२०७६ कार्तिक १७, आइतबार
अल्जेरियाको राष्ट्रपतिमा पाँच जना उम्मेदवार
अल्जेरियाको राष्ट्रपति पदका लागि दुई जना पूर्व प्रधानमन्त्री सहित पाँच जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । आमजनताको विरोधका कारण पूर्व राष्ट्रपति अब्देलाजिज बौतेफ्लिकाले राजिनामा गरेपछि राष्ट्रपति पद रिक्त छ । अल्जेरियाली चुनाव आयोगका प्रमुख मोहमद चार्फीले राष्ट्रपति पदका लागि २३ जनाले उम्मेदवारी दिएको तर तीमध्ये पाँच जनामात्र योग्य रहेको जानकारी दिनुभयो । संविधान अनुसार निर्वाचन...
-
२०७६ कार्तिक १५, शुक्रबार
गम्भीर प्रकृतिको मानसिक समस्या भएका बर्सेनि दश लाख अष्ट्रेलियाली उपचार गराउँदैनन्
हरेक वर्ष गम्भीर प्रकृतिको मानसिक स्वास्थ्य समस्या देखिएका करिब दश लाख अष्ट्रेलियालीले उपचार नै नगराउने गरेका एक पछिल्लो अनुसन्धानमा देखिएको छ । यी मानसिक स्वास्थ्यका विरामीहरु उपचार नगराइ बस्ने गरेको रहस्य पनि सो अनुसन्धानबाट पत्ता लागेको अधिकारीहरुले जानकारी दिएका छन् । प्रोडक्टिभीटी कमिसन नामक एक संस्थाको अनुसन्धानबाट मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिए पनि बर्सेनि यति ठूलो संख्याका...
-
२०७६ कार्तिक १४, बिहिबार
पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी, साठी भन्दा बढी यात्रुको मृत्यु
पाकिस्तानमा बिहीबार बिहान गुडिरहेको एउटा रेलमा आगलागी हुँदा साठी भन्दा बढी यात्रुको मृत्यु भएको छ । यस दुर्घटनामा अरु कैयौँ घाइते भएका स्थानीय यातायात अधिकारीहरुले जानकारी दिएका छन् । पाकिस्तानको कराँची शहरबाट रावलपिण्डीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार बिहान आगलागी भएको प्रहरीको प्रतिवेदनमा जनाइएको छ । रेलमा रहेका यात्रुको सिलिन्डर विस्फोट भएका कारण उक्त आगलागी हुन पुगेको अनुमान...
-
२०७६ कार्तिक ११, सोमबार
चिलीमा आपतकाल हटाइयो, विरोध प्रदर्शन जारी
चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले देशव्यापी हिंसा भड्किएपछि गत सातादेखि लगाइएको आपतकाल सोमबार फिर्ता लिएको घोषणा गर्नुभएको छ । तर सरकार विरोधी विरोध प्रदर्शनहरु देशव्यापी जारी रहेका छन् । राजनीतिक र आर्थिक परिवर्तनको माग राखी लाखौं मानिस सडकमा उत्रिएपछि राष्ट्रपति पिनेराले सोमबार मध्यरातबाट लागू हुने गरी आपतकाल हटाउनुभएको हो । हिंसा रोक्ने भन्दै शहरमा रातिको समयमा लगाइएका निषेधाज्ञा...
-
२०७६ कार्तिक १०, आइतबार
इस्लामिक स्टेटका नेता बग्दादी मारिएको अमेरिकी दाबी
आतंकवादी संगठन इस्लामिक स्टेटका नेता अबु बाकर अल–बग्दादी अमेरिकी हवाई कारबाहीमा मारिएको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् । विश्वमै सर्वाधिक खोजीको व्यक्तिको सूचीमा रहेका बग्दादी सिरियाको इड्लिबमा अमेरिकी सेनाको कारबाहीमा मारिएको बताइएको छ । एकजना अमेरिकी अधिकारीले एसोसिएटेड प्रेसलाई बग्दादी सिरियाको इड्लिब प्रान्तमा मारिएको बताएका छन् । तर उक्त कारबाहीको विस्तृत विवरण भने प्राप्त भएको छैन ।...
-
२०७६ कार्तिक ८, शुक्रबार
लिबियामा १६ जना विद्रोही लडाकू मारिए
संयुक्तराष्ट्रबाट मान्यताप्राप्त सरकारी फौजको कारबाहीमा दक्षिणी त्रिपोलीमा कम्तीमा १६ जना विद्रोही लडाकू मारिएका छन् । हफ्तार समूहमा आबद्ध ती लडाकूहरुले आफूलाई मुलुकको वैधानिक सेना मान्ने गरेका छन् । सरकारी सेनाले एक विज्ञप्ति प्रकाशन गरी सरकारी सेनाले अल–यारमुक क्षेत्रलाई नियन्त्रणमा लिनुका साथै विद्रोहीका हातहतियार र सवारी साधन कब्जामा लिएको जनाइएको छ । यसैबीच, विद्रोही सेनाले हवाई आक्रमण गरी...
-
२०७६ कार्तिक ८, शुक्रबार
ब्रेक्जिटको गाँठोः डिसेम्बरमा चुनाव गर्न जोन्सनको फेरि प्रस्ताव
युरोपेली संघबाट बेलायतको बहिर्गमन ब्रेक्जिट सङ्कटमा बेलायती संसदमा सहमति जुटाउन असफल भएपछि प्रधानमन्त्री बोरिस जोन्सनले आगामी डिसेम्बर १२ मा संसदको चुनाव गर्ने प्रस्ताव गर्नुभएको छ । उहाँको विचारमा नयाँ चुनावले ब्रेक्जिटमा देखिएको गतिरोध अन्त्य हुनेछ । पछिल्ला मतसर्वेक्षणहरुले संसदको चुनाव भएमा कन्जरभेटिभ्स पार्टीका नेता समेत रहेका प्रधानमन्त्री जोन्सन नै विजयी हुने देखाएका छन् । विपक्षी दलहरु...
-
२०७६ कार्तिक ७, बिहिबार
बाघलान प्रान्तको एक जिल्ला पुनः सरकारको नियन्त्रणमा
अफगानिस्तानमा अफगान सुरक्षाबल एएनडीएसएफ ले उत्तरी प्रान्त बाघलानको घोरी जिल्ला पुनः नियन्त्रण्मा लिएको अफगान रक्षा मन्त्रालयले बिहीबार जानकारी दिएको छ । बाघलान प्रान्तको घोरी जिल्लामा जारी राखेको सैन्य कारबाहीको क्रममा सो जिल्ला मुक्त भएको बताइएको छ । तीन वर्ष अगाडि उक्त जिल्ला तालिबान लडाकू समूहले कब्जामा लिएको जारी विज्ञप्तिमा जनाइएको छ । यस कारबाहीको क्रममा तालिबान लडाकूहरु हताहत भएका तर यसको...
-
२०७६ कार्तिक ६, बुधबार
ब्राजिलियाली राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चीन आउने
ब्राजिलका राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा बिहीबारदेखि शनिबारसम्म चीन भ्रमणमा आउनुहुनेभएको छ । ब्राजिलको राष्ट्रपतिका रूपमा निर्वाचित भएपछि उहाँको यो पहिलो भ्रमण हो । सन् १९५५ मा ब्राजिलको साओ पाओलोमा जन्मिनुभएका बोल्सोनारो गत बर्ष ब्राजिलको राष्ट्रपति बन्नुभएको थियो भने राष्ट्रपतिको जिम्मेवारी यसै बर्षको जनवरी १ देखि सम्हाल्नुभएको थियो । चीनमा रहँदा...
-
२०७६ कार्तिक ६, बुधबार
लण्डन नजिकै ट्रकभित्र ३९ मृत फेला
बेलायतको राजधानी लण्डन नजिकैको औद्योगिक पार्कमा रहेको एक ट्रकभित्र ३९ व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले बुधबार जानकारी गराएको छ । प्रारम्भिक अनुसन्धानपछि उक्त ट्रक बुल्गेरियाबाट बेलायत आएको उल्लेख गरिएको छ । ऐक्स प्रहरीका अनुसार लण्डनबाट पूर्वमा रहेको ग्रेजको पार्कमा भेटिएका सबै व्यक्तिलाई सोहीस्थलमा मृत घोषित गरिएको थियो । मृतकहरूमा ३८ जना बयस्क र एक किशोर रहेको प्रहरीको प्रारम्भिक...
-
२०७६ कार्तिक ५, मंगलबार
हवाई कारबाहीमा चौध लडाकू मारिए
अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्य गरी गरिएको हवाई कारबाहीमा १४ जना लडाकू मारिएका सेनाद्वारा मङ्गलबार जारी विज्ञप्तिमा जनाइएको छ । सोमबार अपराह्न भएको यस हवाई कारबाहीको क्रममा अन्य तीन तालिबान लडाकू घाइते भएका पनि सो विज्ञप्तिमा उल्लेख छ । प्रायः अशान्त भइरहने दर्काद जिल्लामा सक्रिय रहेका तालिबान लडाकू समूहले यस विषयमा कुनै टिप्पणी...


