STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०७६ कार्तिक २५, सोमबार

    बुलबुल आँधीबाट बङ्गलादेश र भारतमा २० जनाको मृत्यु

    बङ्गलादेश र भारतको तटीय क्षेत्रमा ‘बुलबुल’ नाम दिइएको सामुद्रिक आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको बङ्गलादेशका अधिकारीहरूले जनाएका छन् । आँधी प्रभावित २० लाख भन्दा बढी व्यक्तिलाई अस्थायी शिविरमा राखिएको छ । करिब १ सय २० किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८ः३० बजे भारतको पश्चिम बङ्गालबाट बङ्गलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ आएको आँधीका कारण दुबै देशका बन्दरगाह र विमानस्थल बन्द गर्न...

  • २०७६ कार्तिक २४, आइतबार

    लिबियाबाट २०० अवैध आप्रवासी फिर्ता

    लिबियाको पूर्वी शहर बेंगाजीस्थित अध्यागमन विभागले झण्डै २०० जना अवैध आप्रवासीलाई इजिप्ट फर्काइएको जनाएको छ । विभागका अनुसार फर्काइएका अवैध आप्रवासीमध्ये १९४ जना इजिप्टका नागरिक थिए । आधिकारिक कागजात नभएका उनीहरुमा संक्रामक रोग समेत देखिएको थियो । अन्तर्राष्ट्रिय आप्रवास संगठनले हालैमात्र लिबियामा ६ लाख ५० हजार अवैध आप्रवासी रहेका र तीमध्ये करिब ६०० जनालाई थुनामा राखिएको जनाएको छ । थुनामा...

  • २०७६ कार्तिक २४, आइतबार

    नेटो प्रमुखसँग अर्को साता ह्वाइट हाउसमा छलफल

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता नेटोका महासचिव जेन्स स्टोल्टेन्बर्गसँग ह्वाइट हाउसमा सुरक्षा र लगानीका विषयमा छलफल गर्नुहुने भएको छ । ह्वाइट हाउसका अनुसार उक्त भेटवार्ताका क्रममा नेटो गठबन्धनका मुलुकबाट दामासाहीले नेटोका लागि खर्च जुटाउने उपायका बारेमा मुख्य रुपमा छलफल हुनेछ । साथै, गठबन्धन मुलुकहरुको प्रतिरक्षा र आतंकवाद र साइबर आक्रमण समेतका अन्य चुनौतीहरु विरुद्ध लड्न साझा...

  • २०७६ कार्तिक २३, शनिबार

    अयोध्याको अर्को ठाउँमा मस्जिद बनाउने व्यवस्था गर्न सरकारलाई सर्वोच्चको आदेश

    भारतको सर्वोच्च अदालतले अयोध्याको अर्को ठाउँमा मस्जिद बनाउनका लागि व्यवस्था गर्न सरकारलाई शनिबार आदेश दिएको छ । नयाँ र उपयुक्त अर्को ठाउँमा पाँच एकर्ड जमिन छुट्याएर मस्जिदका लागि वैकल्पिक व्यवस्था गर्न अदालतले शनिबार आदेश दिएको हो । हिन्दु महासभाका अधिवक्ता विष्णुशंकर जैनले भन्नुभयो, “मुस्लिम समुदायका लागि मस्जिद बनाउन सर्वोच्च अदालतले पाँच एकर्ड क्षेत्रफलको वैैकल्पिक जमिनको व्यवस्था गर्न आदेश...

  • २०७६ कार्तिक २२, शुक्रबार

    सोमालियामा बाढी, २५ जनाको मृत्यु

    अफ्रिकी मुलुक सोमालियामा हालैका दिनमा भएको भारी वर्षाका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओ का अनुसार बाढीबाट अरु ४७ जना घाइते भएका छन् । सोमालियका विभिन्न भूभागमा बाढीबाट जोगिन दुई लाख ७० हजार मानिस अन्यत्र विस्थापित भएका छन् भने जीविकोपार्जन र पूर्वाधारमा ठूलो क्षति पुगेको छ । डब्लुएचओ सोमालियाले गरेको ट्वीटमा स्थानीय मानिसलाई आतकालीन सहयोगको अत्यन्त खाँचो रहेको...

  • २०७६ कार्तिक २२, शुक्रबार

    इरानमा भूकम्प, पाँच जनाको मृत्यु, १२० जना घाइते

    इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ । स्थानीय समयाअनुसार शुक्रबार बिहान २ः१७ बजे गएको यस भूकम्प ५।९ म्याग्नीच्युडको मापन गरिएको इरानको भूगर्भ विभागले जानकारी दिएको छ । भूकम्पबाट कम्तीमा पाँच जनाको मृत्यु भएको र अरु १२० जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । प्रान्तीय गभर्नर मोहम्मद रेजा पोर्मोहमादीले भूकम्पबाट कम्तीमा ३० घर क्षतिग्रस्त भएको...

  • २०७६ कार्तिक २१, बिहिबार

    टेक्सासमा मृत्युदण्ड

    अमेरिकाको टेक्सास राज्यमा बुधबार एक गोरा अतिवादीलाई मृत्युदण्ड दिइएको छ । टेक्सासको एल पासो नजिक सन् २००२ मा एक २९ वर्षीया महिलाको हत्यामा दोषी ठहरिएका ३८ वर्षीय जस्टेन हललाई मृत्युदण्ड दिइएको जेल अधिकारीले बताएका छन् । अभियुक्त हलले न्यू मेक्सिको नजिकको मरुभूमिमा ती हत्या गरिएकी महिलाको शव गाडेका थिए । “आर्यन सर्कल” नामको समूह ९ग्याङ० ले चलाएको लागूऔषध उत्पादन प्रयोगशालाका बारेमा प्रहरीलाई खबर...

  • २०७६ कार्तिक २०, बुधबार

    दक्षिणी थाइल्याण्डमा विद्रोहीद्वारा १५ जना सर्वसाधारणको हत्या

    दक्षिणी थाइल्याण्डमा सक्रिय शंकास्पद मुस्लिम विद्रोहीको आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको थाई सेनाले जनाएको छ । थाइल्याण्डको दक्षिणी क्षेत्रमा विगत १५ वर्षदेखि रक्तपातपूर्ण सङ्घर्ष भइरहेको छ । थाइल्याण्डको दक्षिणमा अवस्थित तीनवटा प्रान्तमा जारी विद्रोही आक्रमणमा हालसम्म सात हजारभन्दा बढी सर्वसाधारणको ज्यान गइसकेको छ । मलाया–मुस्लिम विद्रोहीहरुले बढी स्वायत्तताको माग राखी सशस्त्र आन्दोलन...

  • २०७६ कार्तिक १९, मंगलबार

    पेरिस सम्झौताबाट अमेरिका अलग्गिएको राष्ट्रसंघलाई औपचारिक पत्र

    संयुक्तराज्य अमेरिकाले जलवायू परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट अलग्गिएको राष्ट्रसंघलाई औपचारिक जानकारी गराएको छ ।  केही वर्षअघि फ्रान्सको राजधानी पेरिसमा जलवायू परिवर्तनका लागि एकतावद्ध भएर लड्ने भन्दै विश्वका नेताहरुको सहभागितामा बनाइएको पेरिस सम्झौताबाट अलग्गिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू निर्वाचित भएलगत्तै घोषणा गर्नुभएको थियो । प्राप्त समाचारअनुसार यस प्रयोजनका लागि...

  • २०७६ कार्तिक १८, सोमबार

    नयाँ दिल्लीमा बढ्दो प्रदुषणले थप समस्या

    भारतको राजधानी नयाँ दिल्लीमा बढ्दो वायु प्रदुषणका कारण यहाँको जनजीवन थप अप्ठेरोमा पर्न थालेका समाचारहरु आएका छन् । आइतबारजस्तै आज सोमबार पनि वातावरण प्रदुषणको मात्रा झन् बढेकोले विद्यालय बन्द गरिएका छन् भने सडकमा पर्याप्त मात्रामा सवारी साधनहरु पनि सञ्चालनमा आएका छैनन् । जसका कारण यस वरपरको बस्तीमा समेत समस्या देखिन थालेको छ । निर्माण कार्यहरु ठप्प छन् भने अरु दैनिक आवश्यकताका वस्तुहरुको...

  • २०७६ कार्तिक १८, सोमबार

    आइएजीले स्पेनी विमान कम्पनी एअर यूरोपा किन्ने

    ‘बृटिस एअरवेज तथा आइबेरिया’ को स्वामित्व रहेको लण्डन शेयर बजारमा सूचीकृत विशाल विमान कम्पनी ‘आइएजी’ ले स्पेनी विमान कम्पनी एअर यूरोपालाई किन्ने सहमति भएको छ । आइएजीले सोमबार जारी विज्ञप्तिमा एअर यूरोपाको स्वामित्व रहेको ग्लोबालियालाई एक अर्ब यूरो ९१।२ अर्ब अमेरिकी डलर० मा लिने सम्झौता भएको जानकारी गराएको छ । आइएजीले आफ्नो सेवालाई स्पेनको म्याड्रिडलाई प्रमुख गन्तव्य बनाउने उद्देश्यसहित एअर...

  • २०७६ कार्तिक १७, आइतबार

    अल्जेरियाको राष्ट्रपतिमा पाँच जना उम्मेदवार

    अल्जेरियाको राष्ट्रपति पदका लागि दुई जना पूर्व प्रधानमन्त्री सहित पाँच जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । आमजनताको विरोधका कारण पूर्व राष्ट्रपति अब्देलाजिज बौतेफ्लिकाले राजिनामा गरेपछि राष्ट्रपति पद रिक्त छ । अल्जेरियाली चुनाव आयोगका प्रमुख मोहमद चार्फीले राष्ट्रपति पदका लागि २३ जनाले उम्मेदवारी दिएको तर तीमध्ये पाँच जनामात्र योग्य रहेको जानकारी दिनुभयो । संविधान अनुसार निर्वाचन...

Pages