अन्तर्राष्ट्रिय
-
२०७६ आश्विन ९, बिहिबार
एयरबस कम्पनीमाथि साइबर आक्रमण
युरोपको भिमकाय हवाई कम्पनी एयरबसमाथि ह्याकरहरुले शृङ्खलाबद्ध साइबर आक्रमण गरेको कम्पनीले जनाएको छ । आक्रमणकारीले मुख्यतया एयरबसका आपूर्तिकर्ताको विवरण चोरी गर्न खोजेका थिए । एयरबसका सुरक्षा विज्ञहरुका अनुसार आक्रमणकारीहरु चिनियाँ नागरिक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ह्याकिङका बारेमा अनुसन्धानरत दुई जना सुरक्षा विज्ञहरुले एयरबसमाथि १२ महिनाको अवधिमा चार पटक आक्रमणको प्रयास भएको बताएका...
-
२०७६ आश्विन ८, बुधबार
पाकिस्तान भूकम्प ः मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, ४७६ भन्दा बढी घाइते
पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको प्रहरीले बताएको छ । भूकम्पका कारण कम्तीमा ४७६ व्यक्ति घाइते भएका सरकारी र स्थानीय सञ्चार माध्यमले बुधबार विहान जनाएको छ । पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको थियो । मङ्गलबार अपराह्नमा गएको यस भूकम्पको कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–...
-
२०७६ आश्विन ८, बुधबार
टर्कीमा बम विस्फोटन
टर्कीको अडाना प्रान्तमा सडक किनारामा थापिएको बम बुधबार विस्फोट हुँदा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार प्रहरी बोकेको एउटा बस बम आक्रमणमा परेको हो । प्रान्तका गभर्नर महमुत डेमिर्टासले अडानमा भएको विस्फोटका बारेमा छानबिन शुरु भइसकेको जानकारी दिनुभयो । उहाँले घाइते भएकाहरुमा एक जना प्रहरी अधिकृत रहेको जानकारी दिँदै अरु घाइतेहरु सामान्य अवस्थामा रहेको बताउनुभयो । घाइते भएका अरु चार जना बाटोमा...
-
२०७६ आश्विन ७, मंगलबार
इन्डोनेसिया हिंसामा २४ को मृत्यु
इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २४ जनाको पुगेको यहाँका अधिकारीहरूले बताएका छन् । उक्त घटनामा अन्य ७२ जना घाइते भएका सेनाका प्रवक्ता कर्नेल एको दारियान्तोले बताउनु भएको छ । अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा आगजनी गरेपछि कैयौँ व्यक्तिको भवनभित्र आगोले जलेर ज्यान गएको थियो । “मृतकमध्ये धेरैजसो व्यक्तिको प्रदर्शनकारीले...
-
२०७६ आश्विन ७, मंगलबार
पाकिस्तानमा ५।८ रेक्टर स्केलको भूकम्प जाँदा कम्तीमा तीनको मृत्यु
पूर्वी पाकिस्तानमा मङ्गलबार ५।८ रेक्टर स्केलको भूकम्प ग्एको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पको केन्द्रविन्दु पाकिस्तान प्रशासित काश्मिरी शहर मिरपुरको नजिकै रहेको बताइएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार मिरपूरबाट करिब २२ किलोमिटरमा रहेको ग्रामिण इलाका झेलमबाट उत्तरमा केन्द्रविन्दू भएर भूकम्प गएको हो । भूकम्पका कारण १०० भन्दा बढी व्यक्ति घाइते भएका र कसैको मृत्यु नभएको प्रधानमन्त्रीको...
-
२०७६ आश्विन ७, मंगलबार
पोर्टो रिकोमा भूकम्प
क्यारेबियन राष्ट्र पोर्टो रिकोमा मंगलबार अबेर राति ६ म्याग्नीच्यूडको निकै शक्तिशाली भूकम्प गरेको छ । अमेरिकी भूगर्भ केन्द्रका अनुसार पोर्टो रिकोको उत्तर पश्चिम तटीय क्षेत्रमा भूकम्प गएको थियो । जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा भूकम्प गएका कारण स्थानीयबासीहरु त्रसित भएर सडकमा निस्किएका थिए । पहिलो भूकम्प लगत्तै ४।७ र ४।६ म्याग्नीच्यूडका परकम्प पनि गएको भूगर्भ केन्द्रले जनाएको छ । पोर्टो...
-
२०७६ आश्विन ७, मंगलबार
नर्सिङ अस्पतालमा आगलागी, कम्तीमा दुई व्यक्तिको मृत्यु
दक्षिण कोरियामा रहेको एक अस्पतालमा भएको आगलागीमा परी दुई वृद्धको मृत्यु यहाँको समाचार समिति योन्हापले मङ्गलबार जानकारी दिएको छ । दक्षिण कोरियाको राजधानी शहर सोलबाट करिब ३० किलोमिटर पश्चिममा रहेको सो अस्पताल भवनको पाँचौं तलाबाट सो आगलागी शुरु भएको र चौथो, तेस्रो तलामा आगो लागेको बताइएको छ । यस आगलागीमा अन्य ३६ जना घाइते भएका योन्हापले जानकारी दिएको छ । स्थानीय समयाअनुसार मङ्गलबार ९ः३० बजे आगोलागी...
-
२०७६ आश्विन ७, मंगलबार
इरानी राष्ट्रपतिसँगको भेटघाट टुङ्गो लागेको छैन– ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता संयुक्तराष्ट्र संघ महासभाको बैठकका क्रममा इरानी राष्ट्रपतिसँग भेटघाट हुन सक्ने सम्भावना रहेको बताउनुभएको छ । तर उहाँले भेटघाटको औपचारिक कार्यक्रम अझैसम्म तय भइनसकेको जानकारी दिनुभयो । संयुक्तराष्ट्र महासभाको बैठकस्थल न्यूयोर्कमा दुबै नेताबीच भेटवार्ता हुने सम्भावनाका बारेमा विभिन्न अड्कलबाजी भइरहेका छन् । फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याँक्रोले...
-
२०७६ आश्विन ६, सोमबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्रीको संयुक्त सम्बोधन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार अमेरिकामा आयोजित एक कार्यक्रमलाई संयुक्त सम्बोधन गर्नुभएको छ । भारतीय मूलका दशौँ हजार अमेरिकी नागरिक र हाल अमेरिकामा बसिरहेका भारतीय नागरिकको सहभागीता रहेको सो कार्यक्रमलाई उहाँहरुले संयुक्त सम्बोधन गर्नुभएको समाचारमा जनाइएको छ । सो कार्यक्रम टेक्सस राज्यको ह्युन्स्टनमा आयोजना गरिएको थियो । त्यस कार्यक्रममा...
-
२०७६ आश्विन ६, सोमबार
इन्डोनेसियामा हिंसा भड्किदा एकैदिन २० को मृत्यु, दर्जनौँ घाइते
इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण सोमबार कम्तीमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीहरूले बताएका छन् । उक्त घटनामा दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् । अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा आगजनी गरेपछि कैयौँ व्यक्तिको भवनभित्र आगोले जलेर ज्यान गएको हो । “मृतकमध्ये धेरैजसो व्यक्तिको प्रदर्शनकारीले भवनमा लगाएको आगोमा परी दुःखद निधन भएको छ,” पपुवाका...
-
२०७६ आश्विन ६, सोमबार
बङ्गलादेशमा डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ७५ पुग्यो
लामखुट्टेको टोकाइका कारण आउने डेङ्गु ज्वरोका कारण यस बर्ष बङ्गलादेशमा मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयले बङ्गलादेशमा यस बर्ष ७५ जनाको मृत्यु भएको र ८५ हजार व्यक्तिमा डेङ्गुको सङ्क्रमण देखिएको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार डेङ्गुका कारण अप्रिलमा दुई, जुनमा छ, जुलाईमा ३२, अगस्टमा ३१ र सेप्टेम्बरमा...
-
२०७६ आश्विन ५, आइतबार
पाकिस्तानमा बस दुर्घटनामा २६ को मृत्यु, १२ घाइते
पाकिस्तानको बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । आइतबार विहान भएको सो दुर्घटनाका कारण अरु १२ जना घाइते पनि भएको स्थानीय प्रहरीले जनाएको छ । मृत्यु भएका र घाइते भएका मध्ये अधिकांश बालबालिका र महिला रहेको गिल्गिट बल्तिस्तान सरकारका प्रवक्ता फजुल्लाह फराकले जानकारी दिनुभयो । स्कार्दुदेखि रावलपिण्डीतर्फ जाँदै गरेका बेला बस दुर्घटना भएको हो । घाइतेमध्ये...


