STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%B0%E0%A5%8B%E0%A4%9A%E0%A4%95

  • २०८० चैत्र २७, मंगलबार

    असनमा द्यः ल्वाकेगु जात्रा सम्पन्न

    काठमाडौं - काठमाडौंको व्यस्त बजार असनमा सोमबार अजिमाहरुको द्यः ल्वाकेगु जात्रा सम्पन्न भएको छ । रातो, निलो र पहेँलो टोपी र टिसर्टमा सजिएका स्थानीयहरुले कंग अजिमा, लुँमधि अजिमा र वँतु अजिमाको तीनवटा खट घुमाएर द्यः ल्वाकेगु जात्रा सम्पन्न गरेका छन् । यसक्रममा अन्नपूर्ण देवी मन्दिरको सामन्नेमा वँटुको भद्रकाली मूर्तिलाई खटमा राखेर ल्याइन्छ । त्यसपछि टेबहालको भद्रकालीको अर्को खट पनि असन ल्याइन्छ ।...

  • २०८० चैत्र २७, मंगलबार

    राप्रपाको काठमाडौंमा प्रदर्शनमा झडप, ट्राफिक अस्तव्यस्त

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संघीय राजधानी काठमाडौंमा प्रदर्शन गरेको छ। उसले संघीयता र गणतन्त्र विरोधी नारा लगाउँदै प्रदर्शन गरेको हो। व्यवस्था परिवर्तनका लागि भन्दै राप्रपाले भृकुटीमण्डपमा भेला भएर प्रदर्शन गरेको हो। प्रदर्शनका कारण काठमाडौं र ललितपुरको सवारी आवागमन दिनभर प्रभावित भएको छ। घण्टौँ सवारी जाम भएको छ। देशभरबाट काठमाडौंमा जम्मा भएका राप्रपाका प्रदर्शनकारीले भद्रकालीबाट...

  • २०८० चैत्र २७, मंगलबार

    काठमाडौंमा घोडेजात्रा मनाइयो

    काठमाडौं - चैत्र कृष्ण औँसीको अवसरमा सोमबार काठमाडौं उपत्यकामा घोडेजात्रा मनाइएको छ। परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडेजात्रा मनाइएको पाइन्छ। त्यहीँ जनविश्वास र सँस्कृतिलाई निरन्तरता दिँदै काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले घोडेजात्रा समारोहको आयोजना गरेको थियो।...

  • २०८० चैत्र २६, सोमबार

    कोशी सरकारबाट माओवादी बाहिरियो

    काठमाडौं - नेकपा (माओवादी केन्द्र)बाट कोशी प्रदेशमा मन्त्री बनेका तीन मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार राई र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती रहेका छन् । सोमबार नै बसेको माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले पार्टीका मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको थियो । कांग्रेसका केदार कार्कीको...

  • २०८० चैत्र २६, सोमबार

    सशस्त्र गोदाममा आगलागी : एआईजीको नेतृत्वमा छानविन समिति गठन

    काठमाडौं- सशस्त्र प्रहरी बल नेपालको बलम्बुस्थित केन्द्रीय गोदाम घरमा भएको आगलागीबारे छानविन गर्न एआईजीको नेतृत्वमा ९ सदस्यीय समिति गठन भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कार्यविभागका एआईजी वंशीराज दाहालको नेतृत्वमा प्राविधिक अधिकृतहरू समेत सम्मिलित समिति गठन गरेका हुन्। सोमबार बेलुका पौने ५ बजेतिर सशस्त्रका कर्मचारीको बन्दोबस्ती सङ्गठनका लागि चाहिने अन्य सामान भण्डारण गरिएको गोदाम...

  • २०८० चैत्र २६, सोमबार

    नाउपाकी सांसद इन्दिरा गिरी पदमुक्त, दलको नेता पनि हेरफेर

    काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन्। सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेश सभा सचिवालयले गिरी पदमुक्त गर्ने सूचना निकालेको हो। सोमबार निकालिएको सूचनामा भनिएको छ, ‘प्रदेशसभा सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेश सभाको सचिवालयमा पेस भएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम सूचना...

  • २०८० चैत्र २५, आइतबार

    गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले लिए शपथ

    काठमाडौं - गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पद तथा गोपनीयताको शपथ गराएका हुन् । अधिकारी एमालेका २२, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीमा आइतबार नियुक्त भएका थिए । अधिकारीले मुख्यमन्त्रीकाे शपथ लिएलगत्तै सत्ता साझेदार माओवादीका संसदीय...

  • २०८० चैत्र २५, आइतबार

    ‘द रेड सुटकेस’ क्यूएफएक्स चेनका हलमा रिलिज नहुने

    काठमाडौं- शुक्रबारबाट रिलिज हुने फिल्म ‘द रेड सुटकेस’ का निर्माण टिमले नेपालको क्यूएफएक्स चेनमा फिल्म रिलिज नगर्ने घोषणा गरेको छ। निर्माण कम्पनीले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नो फिल्म क्यूएफएक्स चेनका हलमा रिलिज नगर्ने घोषणा गरेको हो। विज्ञप्तिमा ‘भेनिस फिल्म फेस्टिभल’मा वर्ल्ड प्रिमियर भई विश्वका अन्य प्रतिष्ठित फेस्टिभलमा पुरस्कृतसमेत फिल्मलाई क्यूएफएक्सले बेवास्ता गर्दै नयाँ वर्षको अवसरमा...

  • २०८० चैत्र २५, आइतबार

    लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र तीन विनाविभागीय मन्त्रीले लिए शपथ

    काठमाडौं - लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन् । महरालाई आइतबार बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन् । महराले आइतबार नै तीन विनाविभागीय मन्त्री नियुक्त गर्दै मन्त्रिरिषद् विस्तार गरेका छन् । नेकपा (एमाले)का तर्फबाट चेतनारायण आचार्य, नेकपा (माओवादी केन्द्र)बाट दीपेन्द्र कुमार पुन र जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट...

  • २०८० चैत्र २५, आइतबार

    निर्माणाधीन नमोबुद्ध–तेमाल खण्डका ५९ घर भत्काइँदै

    निर्माणाधीन नमोबुद्ध–तेमाल सडक खण्डअन्तर्गत तेमाल गाउँपालिका–५ पोखरी नारायणस्थानका ५९ घर तथा भौतिक संरचना भत्काइने भएको छ । यसका लागि स्थानीयलाई सार्वजनिक स्थलमा बनाइएका उक्त संरचना भत्काइ सडक दायाँबाँयाँ खाली गरिदिन गाउँपालिकाले ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ । हाल बिपी राजमार्गअन्तर्गत नमोबुद्धनगरस्थित भकुण्डेचोबाट नारायणस्थान हुँदै तेमाल गाउँपालिकाको मच्छेसम्मको १३ किलोमिटर...

  • २०८० चैत्र २५, आइतबार

    थारु आवासमा पर्यटक बढ्दै

    दुई वर्षअघि उदयपुरको त्रियुगा नगरपालिकाका–१३ स्थित बेहडवामा सञ्चालित जिल्लाको एक मात्र थारु आवास (होमस्टे) मा अहिले दैनिक सयौँको सङ्ख्यामा पर्यटकको आगमन बढ्न थालेको छ । मेचीदेखि महाकालीसम्म र हिमाल पहाडसहित आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको होमस्टे सञ्चालक बताउँछन् । पर्यटकको आगमन बढे्सँगै आम्दानी पनि वृद्धि भएको व्यवसायी बताउँछन् । गाउँलेहरुले मिलेर सञ्चालन गरेको यो...

  • २०८० चैत्र २३, शुक्रबार

    सुनसरीमा ८० राउन्ड हवाई फायर, पाँचवटा पालिकामा कर्फ्यु

    विराटनगर-  सुनसरीको भुटाहा क्षेत्र अशान्त बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँचवटा पालिकामा कर्फ्यु जारी गरेको छ। शुक्रबार ५ बजेदेखि अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी भएको हो। सदरमुकाम रहेको इनरुवा नगरपालिकासहित हरिनगर, कोशी, भोक्राहा र नरसिंह गाउँपालिकामा स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो। कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जारी गरेको आदेशमा अर्को सूचना नभएसम्मका...

Pages