STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र तीन विनाविभागीय मन्त्रीले लिए शपथ

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र २५, आइतबार

काठमाडौं - लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

महरालाई आइतबार बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन् ।

महराले आइतबार नै तीन विनाविभागीय मन्त्री नियुक्त गर्दै मन्त्रिरिषद् विस्तार गरेका छन् ।

नेकपा (एमाले)का तर्फबाट चेतनारायण आचार्य, नेकपा (माओवादी केन्द्र)बाट दीपेन्द्र कुमार पुन र जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट भण्डारीलाल अहिर विनाविभागीय मन्त्री नियुक्त भएका हुन् ।

तीनै मन्त्रीहरूले प्रदेश प्रमुख शेरचनबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

Categorized in राजनीति