साहित्य-कला
-
२०७७ पौष २३, बिहिबार
नायिका तथा गायिका सारिकाको नयाँ गीत सार्वजनिक
आगो २ र जीवन काँडा कि फूल लगायतका चलचित्रहरुमा अभिनय गरेकि नायिका सारिका घिमिरे एक गायिका का रुपमा लोकप्रिय कलाकार हुन् । उनी एक गायिका मात्र नभएर संगीतकार र गीतकार पनि हुन् भने उनको स्वर, सङ्गीत र शब्दमा रहेको गीत ‘जुन दिन तिमीले…’ हालैमात्र सार्वजनिक भएको छ । योगेश काजीको एरेञ्ज, एचवीन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो युट्युब मार्फत सार्वजनिक भएको हो । वीरेन्द्र भाट...
-
२०७७ पौष २२, बुधबार
अभिनेताद्वय मल्ल र श्रेष्ठलगायतलाई हरितारा पुरस्कार
हरितारा चलचित्र पुरस्कार समिति र परिवर्तन नेपालको आयोजनामा हरितारा चलचित्र पुरस्कार, श्रीदुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार र परिवर्तन सम्मान आज एक कार्यक्रम बीच एक साथ प्रदान गरिएको छ । गत वर्ष विविध कारणले गर्न नसकेको सम्मान पनि एक साथ प्रदान गरिएको छ । २०५२ सालमा समाजसेवी विजया राणा (तारा नानी)ले आफू र आफ्ना पति हरि शम्शेरको नाममा स्थापना गरेको यस पुरस्कारलाई चलचित्र क्षेत्रको पहिलो...
-
२०७७ पौष २०, सोमबार
नेपाली म्युजिक भिडियो अवार्डको चौंथो संस्करणको तयारी शुरु
कोरोना भाइरस (कोभिड - १९) ले गर्दा सिर्जित अवस्थाले गर्दा ठप्प रहेको मनोरञ्जनात्मक गतिविधि विस्तारै बढ्दै छ । नेपाली फिल्म र गीतसंगीतलाई चलायमान बनाउन विस्तारै कार्यक्रमहरु घोषणा भइरहेका छन् । यसै सन्दर्भमा नेपाली म्युजिक भिडियो अवार्डको तेस्रो संस्करण सफलताका साथ पुरा गरिसकेको आयोजक संगिक्षा फिल्म्सले चौथो संस्करणको घोषणा गरेको छ । नेपाली गीतसंगीतको क्षेत्रलाई चलायमान बनाउन र आफ्नो अवार्डलाई...
-
२०७७ पौष १२, आइतबार
नेपालकाे पहिलो समावेशी म्युजिक अवार्डमा नेवार संगीतकर्मी पुरस्कृत
पावर ईन्टरनेशनल मिडियाको आयोजनामा सम्पन्न नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० शनिबार राजधानीमा एक भव्य समारोहका बीच सम्पन्न भएको छ । नेपाली सांगीतिक ईतिहासमा सबै भन्दा धेरै भाषा भाषीका कलाकारहरुको सहभागितामा हरेक बर्ष सम्पन्न हुने यो अवार्डको यो तेश्रो संस्करणको कार्यक्रम हो । विभिन्न भाषाभाषिका गीतलाई पुरस्कृत गरिएको यस अवार्ड समारोहमा नेपालभाषाका गीतहरु...
-
२०७७ पौष ८, बुधबार
'लुमना वल'को युट्युब प्रिमियर
नेपालभाषाकाे संगीत क्षेत्रमा अहिले म्युजिक भिडियोहरु बनाउने क्रमले तिब्रता लिइरहेको छ । अहिले प्रत्येक हप्ता एकदुई वटा नयाँ म्युजिक भिडियोहरु सार्वजनिक भईरहेको छ । यसै क्रममा बुद्ध बार नेपालभाषाको एउटा गीत "लुमना वल"को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालको युट्युब मा सार्वजनिक गरिएको नेपालभाषा को यो "लुमना वल" गीतमा चण्डिका बाडे घजुको सुमधुर स्वर रहेको छ । यस गीतका गीतकार...
-
२०७७ पौष ५, आइतबार
कोभिड १९ का कारण चलचित्र महोत्सव निफ प्रभावित
विश्वभर फैलिएको कोरोना संक्रमणको कारण हरेक बर्ष फागुनमा सम्पन्न हुने गरेको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (निफ) को चौथो संस्करण हाल तत्कालका लागि स्थगित गरिएको छ । फागुन महिनाको १२ देखि १६ ,फेब्रुअरी २४ देखि २८,२०२१ सम्म काठमाडौंमा गर्ने भनी घोषणा गरिएको फेस्टिभल कोरोना महामारीका कारण निर्धारित मितिमा हुन नसक्ने देखिएकोले अब आगामी बैशाख २३ देखी २७,२०७८ (May 6-10) मा हुने आयोजकले जनाएको हो...
-
२०७७ पौष ५, आइतबार
‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी र विजुलाई
काठमाडौं - रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन् । शनिबार भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधि हात पारेका हुन् । उपाधिसँगै उनीहरुले २० लाख पुरस्कारका साथै विभिन्न गिफ्ट ह्याम्पर समेत पाएका छन् । विजेतालाई हिमालय टिभीका प्रमुख धर्मराज भुसालले ट्रफी प्रदान गरेका थिए । फस्ट रनरअपको उपाधि वुद्ध लामा र केविका गुरुङले...
-
२०७७ पौष ४, शनिबार
नेपाल संवत् नववर्षको अवसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न (तस्बिर सहित)
काठमाडौं – नेपाल संवतको नववर्ष भव्य रुपमा मनाउने क्रममा सांस्कृतिक कार्यक्रमको आयोजना भयो । नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिको आयोजनामा काठमाडौंको जगतसुन्दर ब्वनेकुथिमा शनिबार भएको ‘सेमी–भर्चुअल’ कार्यक्रममा नेवार कलाकारहरुले आ–आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । सांस्कृतिक कार्यक्रमलाई नेवाः युट्युब र नेपालमण्डल टेलिभिजनले आ–आफ्नो फेसबुक पृष्ठबाट प्रत्यक्ष प्रशारण गरेका थिए । न्हूदँ...
-
२०७७ पौष २, बिहिबार
साधना म्युजिक अवार्ड को दोश्रो संस्करणमा ३० विधामा प्रतिस्पर्धा हुने
साधना म्युजिक अवार्डको दोस्रो संस्करणका लागि आवेदन खुला गरिएको छ । सामना म्युजिक क्रियसनले आयोजना गर्ने यो अवार्डको आवेदन खुला गरिएको हो । नेपाली लोक गीत, आधुनिक, पप र लोकपप, डिजे गीत र राष्ट्रिय गीतलगायत ३० बिधामा आवेदन फारम भर्न सकिने आयोजकले बताएको छ । ‘अग्रजलाई सम्मान नवलाई प्रोत्साहन, कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको दोस्रो साधना...
-
२०७७ मङ्सिर २७, शनिबार
नेपालभाषाका दुई म्युजिक भिडियो एकसाथ सार्वजनिक
नेपालभाषाको म्युजिक भिडियो क्षेत्रका एक लोकप्रिय कलाकार सुरज नापित अभिनित दुई वटा म्युजिक भिडियो एउटै कार्यक्रममा एक साथ सार्वजनिक गरिएको छ । सुरज नापित एक कलाकार मात्र नभइ म्युजिक भिडियो निर्देशक का रुपमा समेत परिचय बनाएका कलाकर्मि हुन् । उनै सुरज नापितको निर्देशन र अभिनय रहेको दुई गीतहरू ...छंगु हिसि दुगु ख्वाः... र ...ए जि यःम्ह तिमिला... बोलका नेपालभाषाका म्यूजिक भिडियो अाज शनिबार प्रिमियर...
-
२०७७ मङ्सिर २५, बिहिबार
अमेरिकाबाट “ब्याटल अफ सिंगर्स” शुरु हुने
कोरोना कहरको कारण विश्वव्यापी लकडाउन भए पश्चात संगीत क्षेत्रको ठूलो फड्को नै मारेको छ । विशेष गरी अनलाईन सांगितिक प्रतियोगिताको लहरले यस क्षेत्रमा लाग्ने प्रतिभाहरुका लागि ठूलो अवसर प्रदान गर्दै आएको छ । यसै क्रममा अमेरिकामा रहँदै आएका नेपालीहरुको प्रयासमा सञ्चालित विश्वव्यापी डिजिटल मञ्च “नौलो डिजिटल” nauloodigital ले पनि एउटा विश्वव्यापी सांगितिक प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । “ब्याटल अफ...
-
२०७७ मङ्सिर २४, बुधबार
संगीत क्षेत्रमा नयाँ बालप्रतिभा एरोन महर्जन
कीर्तिपुर – कीर्तिपुर नगरीबाट नयाँ बालप्रतिभा संगीत क्षेत्रमा आउने भएका छन् । बादेगाउँका जनक र राज्य महर्जनका १२ वर्षीय छोरा एरोन महर्जन ‘मां...’ बोलको गीतबाट संगीत क्षेत्रमा आउनलागेका हुन् । यस गीतलाई कीर्तिपुरकै कलाकार भुवन महर्जनले लेखेर र संगीत राखेका हुन् । प्रिन्स नेपालीको संगीत संयोजन रहेको यस गीतलाई होम स्टुडियोमा रेकर्ड गरिएको छ । गीतमा लोकप्रिय ब्याण्ड कुटुम्बका सदस्यहरुले बाद्यवादन...


