STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नवगायिका सुमनको नेवार गीत ‘भ्वासि जुयाः...’ सार्वजनिक

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १६, बिहिबार

काठमाडौं – कोरोना जोखिमबाट बच्न जारी निषेधाज्ञा सँगसँगै नेपालभाषाका म्युजिक भिडियोहरु पनि सार्वजनिक हुने क्रम जारी छ । यसै सन्दर्भमा यसपटकको लकडाउन हुनु एक दिनअघि बुधबार नवगायिका सुमन श्रेष्ठ ‘मुना’ले गाएको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेवार फिल्म क्षेत्रका लोकप्रिय कलाकार रुपेन्द्र श्रेष्ठ थक्वाःमिको अभिनय रहेको सो म्युजिक भिडियोमा नवअभिनेत्री मुस्कान राजभण्डारीको पनि अभिनय रहेको छ । चन्देश्वर महर्जनको रचना रहेको गीतमा सुरेन्द्र श्रेष्ठको संगीत रहेको छ ।

नेवार फिल्म क्षेत्रका लोकप्रिय निर्देशक रामकृष्ण खड्गीको निर्देशन रहेको म्युजिक भिडियोका छायाँकार रकि महर्जन र सम्पादन बालकृष्ण वंशीको रहेको छ ।

ललितपुर, पुल्चोकको एम्बियन्स ३६५ मा एक कार्यक्रमबीच सो म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । कार्यक्रममा वरिष्ठ संगीतकार अमरराज शर्मा राजोपाध्यायले गीतको प्रस्तुति हेरेपछि युवाकालको स्मृति ताजा भएको बताएका थिए । यसैगरी कार्यक्रममा भजन साम्राज्ञी रमना श्रेष्ठले गायिका सुमन श्रेष्ठ नेवार संगीत क्षेत्रका राम्रो प्रतिभा भएको जनाएका थिए ।

सार्वजनिक कार्यक्रम नवगायिका श्रेष्ठका पिता रामहरि श्रेष्ठको सभापतित्वमा भएको थियो । कार्यक्रममा वरिष्ठ फिल्म पत्रकार विजयरत्न असंबरेले नवगायिका श्रेष्ठ र नवअभिनेत्री राजभण्डारीले आ–आफ्नो क्षेत्रमा पकड जमाउन सफल हुने सम्भावना रहेको बताएका थिए ।

Categorized in साहित्य-कला