STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संस्कृति शिरोमणि हरिराम जोशीको “मेरा अनुभूतिहरु” सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ बैशाख ६, सोमबार

अभिनव संस्कृति कोषका रचयिता संस्कृति शिरोमणि हरिराम जोशीद्वारा लिखित पछिल्लो पुस्तक “मेरा अनुभूतिहरु” आइतबार एक कार्यक्रम बीच  विमोचन गरिएको छ ।

नेपाल मजदुर किसान पार्टिका वरिष्ठ नेता नारायण मान बिजुक्छेको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि बिजुक्छेले राज्यले चिन्न नसकेका संस्कृतिविद् हरिराम जोशीलाई भक्तपुरले चिनेको १६ वर्ष भएको बताउँदै उहाँको पछिल्लो पुस्तक भक्तपुरबाटै प्रकाशित गर्न पाउँदा आफु गौरवान्वित भएको बताए ।

कार्यक्रममा प्रा. डा पुरुषोत्तम लोचन श्रेष्ठले पुस्तकको बारेमा समीक्षा गर्दै निज जोशी तर्क सम्राट, शिष्यहरुका महागुरु एवं एकल विश्वविद्यालय भएको बताए ।

८६ औं बसन्त पार गरिसकेका संस्कृति शिरोमणि जोशीले वि.सं. २०१० सालदेखि समाजको विकासबाट आफ्नो लेखनी यात्रा शुरु गरेका थिए । नेपालको इतिहास, धार्मिक, सांस्कृतिक र वैदिक चिन्तनलाई समय सापेक्षरुपमा आफ्नो तार्किक अभिमतद्वारा विश्लेषण गरिएको पछिल्लो पुस्तक हो “मेरा अनुभूतिहरु” । वहाँको ३० औं पुस्तकको रुपमा प्रकाशित उक्त पुस्तकमा वहाँले आफ्नो भोगाईलाई नितान्त नौलो र सारगर्भित रुपमा व्याख्या र विश्लेषण गरिएको छ ।

Categorized in साहित्य-कला