STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७९ आश्विन १९, बुधबार

    आज विजया दशमी, टीकाको उत्तम साइत ११ः५१ बजे

    काठमाडौँ - दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः५१ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका...

  • २०७९ आश्विन १९, बुधबार

    दसैँलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन उपराष्ट्रपतिको आग्रह

      उपराष्ट्रपति नन्दबहादुर पुनले दसैँलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन आग्रह गर्नुभएको छ । बडादसैँ २०७९ को अवसरमा आज शुभकामना दिँदै उहाँले दसैँले नेपालीहरुका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा अभिवृद्धि गर्दै देशलाई समृद्ध बनाउन ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । दसैँले देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउने उल्लेख गर्दै...

  • २०७९ आश्विन १६, आइतबार

    त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाउन निषेध

    काठमाडौं -नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ । विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउने कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै उक्त कार्य नगर्न/नगराउन प्राधिकरणले आग्रह गरेको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणले एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थलको पाँच...

  • २०७९ आश्विन १६, आइतबार

    आज फूलपाती : हनुमानढोकामा फूलपाती भित्र्याइँदै

    काठमाडौँ - आज दशैँको फूलपाती । देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइन्छ । घटस्थापनादेखि पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत भित्र्याउने गरिन्छ । आज हनुमानढोका दरबारमा रहेको दशैँघरमा पनि फूलपाती भित्र्याइँँदैछ । नेपाल पञ्चाङ्ग निर्णयक समितिका अनुसार फूलपाती...

  • २०७९ आश्विन १३, बिहिबार

    पोखरा महानगरले हटायो आफ्नै भवनको अण्डरग्राउण्ड

      काठमाडौं - पोखरा महानगरपालिकाले आफ्नै कार्यालयबाट भूमिगत पार्किङ प्रयोग सुरु गरेको छ । यसअघि अन्य प्रयोजनमा प्रयोग भइरहेको सिर्जनाचोक स्थित आफ्नो स्वामित्वमा रहेको भवनको अण्डग्राउण्ड खाली गरेर पार्किङका लागि खुला गरेको हो । पोखराले नगर क्षेत्रभित्र भूमिगत पार्किङ राख्ने सहमतिका साथ सहुलियत लिएकाहरुको भुमिगत तला खाली गर्ने अभियान थालेको छ । कतिपय भवनहरूले प्रयोजन विपरीत प्रयोग गरिरहेको भेटिएको छ...

  • २०७९ आश्विन ११, मंगलबार

    नयाँ बसपार्कमा घर जाने यात्रुको चहलपहल बढ्दै

    काठमाडौं - हिन्दुहरूको महान् पर्व बडादसैँ सुरु भएसँगै नयाँ बसपार्कमा घर जाने यात्रुको चहलपहल बढेको छ । गत वर्षमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण कम यात्रुहरू घर गए पनि यसवर्ष भने दसैँ सुरु भएसँगै नयाँ बसपार्क क्षेत्रमा घर जाने यात्रुको चहलपहल बढेको हो । देशको विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, अध्यापन, व्यापार, व्यवसाय र रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जान...

  • २०७९ आश्विन १०, सोमबार

    बाढीको भेलसँगै बग्दै लुम्बिनी नजिकका पुरातात्विक सम्पदा

    लुम्बिनी- विश्वभरि बुद्धधर्मको प्रचारप्रसार बढिरहँदा बुद्ध जन्मस्थल लुम्बिनी नजिक रहेका पुरातात्विक महत्वको सम्पदा संरक्षणको अभावमा नदीको भेलसँगै बगेका छन् । रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१२ स्थित अमहवा गाउँ नजिकै निपनियामा रहेका पुरातात्विक भग्नावशेष बाढीको भेल सँगै दानव नदीमा विलय हुँदै गएका छन् । केही वर्षयतादेखि दानवनदीले कटान सुरु गरेपछि जमिनमुनि हराइरहेका प्राचीन अवशेषहरू एकपछि...

  • २०७९ आश्विन १०, सोमबार

    हराउन थाले दसैंका पिङ

    नेपालीको महानपर्व दसैँ सोमबारदेखि सुरु हुँदैछ ।  सोमबार घटस्थापनासँगै यस वर्षको दसैँ घरघरमा प्रवेश गर्नेछ ।  घटस्थापनाको सङ्घारमा कतिपय देवीदेवताका मन्दिरमा रङरोगन, सरसफाइ चलिरहेको छ । मठमन्दिरसहित घरमा घटस्थापनाका लागि आवश्यकपर्ने पूजा सामग्रीका जोहो गर्न थालिसकिएको छ ।  बजारको चहलपहलले दसैँ प्रवेश गरिसकेको सङ्केत गर्न लागेको छ । तर, दसैँको पर्यायवाची जस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान...

  • २०७९ आश्विन १०, सोमबार

    आजदेखि बडादशैँ सुरु, पहिलो दिन घटस्थापना

      काठमाडौँ - विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादशैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक...

  • २०७९ आश्विन ९, आइतबार

    व्याकुल माइलालाई मासिक ५० हजार भत्ता, सत्यमोहनलाई नर्स उपलब्ध गराइने

      काठमाडौं - सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई मासिक रु ५० हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही असोज ७ गते बसेको बैठकले व्याकुल माइलालाई सहज जीवनयापनका लागि मासिक रु २५ हजार भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक रु ५० हजार दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले...

  • २०७९ आश्विन ९, आइतबार

    आजदेखि उपत्यकाबाट बाहिरि सवारीकाे यान्त्रिक परीक्षण अनिवार्य

    काठमाडौं - चाडपर्वमा हुने दुर्घटनालाई मध्यनजर गर्दै आजदेखि काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी साधनले अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने भएकाे छ। काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य–मुख्य नाकामा सवारी साधनहरुको चेक जाँचको व्यवस्था मिलाइएको छ । दशैंको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको हो । लामो दुरीका सवारी साधनमा...

  • २०७९ आश्विन ९, आइतबार

    १० बुँदे सहमतिपछि डा.केसीले तोडे अनशन

      काठमाडौं - विभिन्न सात बुँदे मागसहित अनसनमा बसेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । सरकार र विगत १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको हो । १० बुँदे सहमतिसँगै डा. केसीले अनशन तोडेका छन् । शनिबार डा. केसीले बिरामी अल्मान अन्सारीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । डा. केसीका मागमध्ये धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्ने...

Pages