राष्ट्रिय
-
२०७९ फाल्गुण १५, सोमबार
वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीलाई मरणोपरान्त ‘नइ कीर्ति रत्न’
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले साहित्य,कला, संस्कृतिको क्षेत्रमा जीवन पर्यन्त गर्नु भएको अतुलनीय योगदानको कदर स्वरुप मरणोपरान्त ‘नइ कीर्ति रत्न’ विभुषणबाट विभूषित गरिने भएको छ। नेपाली भाषा, साहित्य, कला, संस्कृति, ज्ञानविज्ञान, खेलकुद, समाजसेवाजस्ता क्षेत्रमा योगदानका पुर्याएकाे भन्दै नई प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाई को अध्यक्षतामा बसेको बैठकले जाेशीलाई विभुषणबाट विभुषित गर्ने निर्णय...
-
२०७९ फाल्गुण १५, सोमबार
आजदेेखि फागु सुरु, हनुमानढोकामा चीर ठड्याइयो
काठमाडौँ - आजदेखि विधिवत रुपमा फागु अर्थात् होली पर्व सुरु भएको छ । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याएर होली सुरु गरिएको हो । वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ आज (सोमबार) तीनतले चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व शुरु भएको मान्ने गरिन्छ । आज बिहान ७ः४५ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एक–अर्कालाई अबिर दलेर...
-
२०७९ फाल्गुण १४, आइतबार
सामाजिक सञ्जाल दर्ता गराउनुपर्यो - मेयर बालेन
काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी तथ्याङ्कलाई थप सुरक्षित बनाउन देशभरका सबै स्थानीय तहको तथ्याङ्क व्यवस्थापन एउटै सफ्टवेयरबाट गर्ने तयारी भइरहेको बताएकी छन्। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सिंहदरबारस्थित मन्त्रालयमा आज उनीसँग गरेको भेटमा सरकारका प्रवक्ता शर्माले भनिन्, “फरकफरक डाटा सेन्टर हुँदा सरकारी तथ्याङ्क असुरक्षित देखिएकाले सरकारले आफ्नै...
-
२०७९ फाल्गुण १४, आइतबार
लाइसेन्समा पास हुने २० प्रतिशतसम्म बढे
काठमाडाैँ - चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै चालक अनुमतिपत्र पास हुनेको सङ्ख्या १० देखि २० प्रतिशतसम्म बढेको छ । बागमती प्रदेश सरकारले गरेको निर्णयका आधारमा काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले यो महिनाको सुरुदेखि नै ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागू गराएका हुन् । नियम लागू भए पनि दुई पाङ्ग्रे...
-
२०७९ फाल्गुण १४, आइतबार
प्रधानमन्त्री फागुन १९ गते कतार जाँदै
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरु (एलडिसिज)को पाँचौँ सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ जाने भएका छन् । प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन फागुन १९ गते त्यसतर्फ जानुहुने र फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको पररराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका क्रममा उनी संयुक्त...
-
२०७९ फाल्गुण ११, बिहिबार
पोखरा विमानस्थलमा आजदेखि रात्रिकालीन उडान सुरु
काठमाडौं - देशकै तेस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान सुरु हुने भएको छ । यसअघि उक्त विमानस्थलमा बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै जहाज उडान गरिँदै आएको भए पनि आजदेखि रात्रिकालीन सेवा दिन सुरु गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले बताए । उनले भने, “आइएफआर प्रणाली लागू भएसँगै अब...
-
२०७९ फाल्गुण ११, बिहिबार
अब शनिबारबाहेक सार्वजनिक बिदाका दिन पनि सरकारी कार्यालय खुल्ने
काठमाडौं- मन्त्रिपरिषदको बैठकले शनिबारबाहेक सार्वजनिक बिदाका दिन पनि अत्यावश्यक सरकारी कार्यालय खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले छलफलपश्चात् उक्त निर्णय गरेको हो । बैठकमा सार्वजनिक बिदा धेरै भएको र सार्वजनिक बिदाका विषयमा अनेकन् आलोचना भइरहेकालाई त्यसलाई मध्यनजर गर्दै शनिबारबाहेकका बिदाका दिन पनि महत्त्वपूर्ण सरकारी कार्यालय खोल्ने विषयमा छलफल भएको थियो । यससँगै...
-
२०७९ फाल्गुण १०, बुधबार
बाजुरा भूकम्पबाट दुई घरमा क्षति
काठमाडौं- बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्या केन्द्रबिन्दु बनाएर बुधबार दिउँसो गएको ५ दशमलव २ म्याग्नेच्युटको भूकम्पबाट विद्यालय र स्वास्थ्यचौकीमा क्षति पुगेको छ । भूकम्पबाट हिमाली गाउँपालिका १, ३ र ५ मा रहेका दुई वटा स्वास्थ्यचौकी र एक विद्यालयमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले जानकारी दिए। भूकम्पले उक्त गाउँपालिकामा रहेका बिच्छ्या स्वास्थ्यचौकी र रुगीन स्वास्थ्य चौकी भवनमा...
-
२०७९ फाल्गुण ९, मंगलबार
डा. रुइतलाई बहराइनमा ‘इसा अवार्ड’ प्रदान
काठमाडौं - तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित भएका छन्। बहराइनमा आज आयोजित कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उनलाई अवार्र्ड प्रदान गर्नुभएको प्रतिष्ठानका जनसम्पर्क अधिकृत सुनिता केसीले जानकारी दिए। उनका अनुसार बहराइनका राजा अल खालिफाले डा रुइतलाई १० लाख डलर बराबरको उक्त अवार्डसहित सम्मानपत्र...
-
२०७९ फाल्गुण ९, मंगलबार
शेर्पा समुदायले मनायो ग्याल्पो ल्होसार
काठमाडौँ - प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज (मंगलबार) मनाएको छ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औं ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल...
-
२०७९ फाल्गुण ८, सोमबार
विशिष्ट सञ्चारकर्मी कृष्णा ताम्राकारलाई लाइफटाइम अवार्ड
संचार र संगीत जगतसंग सम्बन्धित ड्रिम हाई नेपाल नामक संस्थाले आयोजना गरेको दोस्रो संस्करणको एलआईसी नेपाल मिडिया अवार्डबाट विभिन्न विद्यामा कार्यरत १० जना सन्चारकर्मिहरुलाई नगद राशी सहित अवार्ड प्रदान गरिएको छ । अघिल्लो वर्षदेखि प्रदान गर्न थालिएको अवार्ड यो वर्ष विभिन्न १० विधाका सन्चारकर्मिलाई प्रदान गरिएको हो । कार्यक्रमको उद्घाटन प्रमूख अतिथी वरिष्ठ पत्रकार भैरव रिसालले गरेका थिए । दोस्रो...


