राष्ट्रिय
-
२०८० श्रावण २१, आइतबार
प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणिकरण अब अनलाइनबाट
काठमाडाैँ - प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणिकरण गर्ने कार्यको शुभारम्भ गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा सो सेवाको शुभारम्भ गरे । सो सेवा सुरु भएपछि मोबाइल, कम्प्युटर वा ल्यापटपका माध्यमले अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्रलाई प्रमाणिकरण गर्न सकिने भएको छ । अब त्यसै प्रयोजनका लागि विभागमा भौतिकरुपमा उपस्थित...
-
२०८० श्रावण २१, आइतबार
समुदायका लागि बाँच्ने गणेशबहादुर नगरकोटीलाइ बर्ष ब्यक्तित्व सम्मान
लकस नेपालले आफ्नो १३ औं स्थापना दिवस अवसरमा गोदावरी नगरपालिका वडा ६ लामीडाँडाका गणेशबहादुर नगरकोटीलाई “लकस नेपाल वर्ष ब्यक्तित्व २०८० सम्मान” प्रदान गरेको छ । लकस नेपालको सहजीकरणमा १४ हजार लिटरको पानी शुद्धिकरण ट्याङ्की निर्माण तथा निरन्तर ब्यवस्थापनमा सक्रिय रहेका नगरकोटीलाई शनिवार आयोजित स्थापना दिवस समारोहमा उक्त सम्मान प्रदान गरिएको हो । नगरकोटीलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि...
-
२०८० श्रावण १८, बिहिबार
कारागारका कैदी वन्दीमा ज्वरोको समस्या
कारागार कार्यालय चितवनमा मौसममा आएको परिवर्तनसँगै ज्वरो ९भाइरल फिवर० र छालाको समस्या देखिएको छ । केही दिनदेखि कारागारमा रहेका कैदीबन्दीमा भाइरल फिवर र छालाको समस्या देखिएको हो । कार्यालयका निमित्त प्रमुख लेखनाथ पौडेलका अनुसार गर्मीसँगै ‘भाइरल फिवर ’देखिएको हो । उहाँका अनुसार अहिले कारागारमा रहेका कैदीबन्दीमा १० जनामा भाइरल फिवरको समस्या देखिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण यो...
-
२०८० श्रावण १८, बिहिबार
गणेशबहादुर नगरकोटी लकस नेपाल बर्ष ब्यक्तित्व घोषित
समुदायबाट समुदायकै हितका लागि अग्रसर संस्था लकस नेपालले आफ्नो १३ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा गोदावरी नगरपालिकाको लामीडाँडाका गणेशबहादुर नगरकोटीलाई “लकस नेपाल वर्ष ब्यक्तित्व २०८० सम्मान” प्रदान गर्ने घोषणा गरेको छ । बुधवार लकस नेपालकै कार्यालयमा १३ औं स्थापना दिवस मनाउन आयोजित समारोहमा उक्त घोषणा गरिएको हो । कक्षा चारसम्म मात्र अध्ययन गर्न पाएका, जीवन धान्न मजदुरी पेशा...
-
२०८० श्रावण १४, आइतबार
नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध
नारायणगढ-मुग्लिन सडकखण्डमा आज विहान पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो । पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् । पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको उहाँले...
-
२०८० श्रावण १४, आइतबार
महिना दिनमै उप्कियो लोकमार्गको कालोपत्र
काठमाडौं - राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ खण्डमा पर्ने करिब एक सय ४२ किलोमिटरमध्ये अधिकांश सडक कालोपत्र भइसकेको छ । बागलुङ–घोडाबाँधे खण्डको १५ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । वर्षौं अगाडि कालोपत्र भएको घोडाबाँधे–गलकोट खण्ड जीर्ण बनेपछि अहिले मर्मत भइरहेको छ । निर्माण कम्पनीले केही दिनमै काम सक्ने गरी तीव्रता दिए पनि मर्मत भएका केही ठाउँमा बीच भागमै कालोपत्रे...
-
२०८० श्रावण १४, आइतबार
आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस
काठमाडौं - अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्त्वपूर्ण छ । यस वर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदैछ । नाराले बेचबिखन पीडितले भोग्ने शोषणको अन्त्य र उद्धारपछिको पुनःस्थापनाको...
-
२०८० श्रावण १४, आइतबार
पनौती–नमोबुद्ध विश्व शान्ति सांस्कृतिक पदयात्राको तयारी
काठमाडौं - विश्व शान्ति दिवसका अवसरमा काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीबाट ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म बृहत् विश्व शान्ति पदयात्रा गरिने भएको छ । विश्वभर शान्ति र सद्भाव फैलाउने उद्देश्यले आगामी असोज ६ गते विश्व शान्ति सांस्कृतिक पदयात्राको आयोजना गरिने भएको हो । काभ्रे सेवा समाज, जिल्ला समन्वय समिति तथा स्थानीय तह, नागरिक समाज एवं सामाजिक संस्थाको आयोजनामा विश्वभर...
-
२०८० श्रावण १२, शुक्रबार
प्रधानमन्त्री, गृहमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्नु नराम्रो : प्रधानमन्त्री
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उद्देश्य प्राप्तिका निम्ति मन्त्रीहरूको राजीनामा मागिहाल्ने संस्कृति राम्रो नभएको बताएका छन् । शुक्रवार इटाली भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्नु राम्रो नभएको र...
-
२०८० श्रावण १२, शुक्रबार
राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन
राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गर्नुभएको छ ।राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको समेत अवलोकन गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । सो अवसरमा राष्ट्रपति पौडेललाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गर्नुभएको थियोे । सो अवसरमा राष्ट्रपति...
-
२०८० श्रावण १२, शुक्रबार
एक वर्षमा करिब तीन सय सर्पदंशका बिरामीको उपचार
कञ्चनपुरका पछिल्लो एक वर्षमा सर्पदंशका करिब तीन सय बिरामीको सफल उपचार गरिएको छ । नेपाली सेनाको अर्जुनी ब्यारेकस्थित सर्पदंश उपचार केन्द्र तथा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा समेत सर्पदंशका दुई सय ९४ बिरामीको उपचार गरिएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको रुद्रध्वज गण मातहत रहेको अर्जुनीस्थित सर्पदंश उपचार केन्द्रमा गत आर्थिक वर्षमा दुई सय ५१ जना बिरामीको...
-
२०८० श्रावण १०, बुधबार
एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ स् प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचार र बेथितीका विरुद्धमा सरकारले कडा कदम चालेको बताउनुभयो । आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएलगत्तै बेथितीको...


