STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ जेठ २४, शनिबार

    काठमाडौंका चार जनासहित एकै दिन ३२३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं - शनिबार एकै दिन तीन सय २३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार २७८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ३२ सय ३५ पुगेको हो। नयाँ संक्रमितमध्ये २८६ पुरुष र ३७ महिला छन्। काठमाडौंमा चार जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई...

  • २०७७ जेठ २४, शनिबार

    नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे स‌ंख्या १३ पुग्याे

    काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण कैलाली र डोल्पामा एक-एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको छ । उनको कोरोना पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिएका छन् । डोल्पामा पनि एकजनाको मृत्यु भएको छ...

  • २०७७ जेठ २३, शुक्रबार

    आरडीटी नेगेटिभ आएका युवकको कोरोनाबाट मृत्यु पुष्टि

    काठमाडाैं - पश्चिम सुर्खेतमा आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ । बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका-१ हाँसेका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ आएपछि कोरोनाले मृत्यु भएको पुष्टि भएको हो । ती युवकको स्वाबको रिपोर्ट शुक्रबार बिहान २ बजे पोजेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरे ।  यही जेठ ७...

  • २०७७ जेठ २३, शुक्रबार

    तरकारी,फलफूल ढुवानी र वितरणमा अवरोध पुर्‍याए कारबाही

    काठमाडौं -  गृह मन्त्रालयले तरकारी, फलफूल लगायतका वस्तु उत्पादन, संकलन, ढुवानी तथा विक्री वितरणमा अवरोध पुर्‍याउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ। बिहीबार मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यस्ता काममा अवरोध पुर्‍याउनेलाई कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको हो। नेपाल सरकारबाट स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गराई तरकारी, फलफूल लगायतका वस्तुहरूको उत्पादन, संकलन, ढुवानी र विक्री...

  • २०७७ जेठ २३, शुक्रबार

    रुकुम घटना छानबिन गर्न संसदीय विशेष समिति गठन

    काठमाडौं । संसदले रुकुम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ । संसदको शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष समिति गठनको घोषणा गरेका हुन् । प्रेम सम्बन्ध र विवाहको सन्दर्भमा जाजरकोटक भेरी नगरपालिका ४ रानागाउँका नवराज वि.क.लगायत उनका साथीहरुको दलित भएकै कारण भएको सामूहिक हत्याको घटनालाई लिएर चाैतर्फी घोर निन्दा एवं भत्र्सना भइरहेकाे छ । विभिन्न संघसंस्था,...

  • २०७७ जेठ २३, शुक्रबार

    कोरोनाकाे नयाँ टेस्टिङ गाइडलाइन तयार

    काठमाडौं । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले कोभिड-१९ टेस्टिङ नयाँ गाइडलाइन तयार गरेको छ। क्वारेन्टिनमा बस्नेको सङ्ख्या अप्रत्याशित बढेको र प्रयोगशालामा धेरै नमुना होल्ड भएको कारण सरकारले नयाँ टेस्टिङ गाइडलाइन ल्याएको हो। नयाँ टेस्टिङ गाइडलाइनले तीन वटा प्राथमिकता समूह छुट्याएको छ। पहिलो प्राथमिकता समूहमा संक्रमण फैलिएको समुदाय, आइसोलेसनमा बसेका व्याक्तिहरु र संक्रमितसँगको प्रत्यक्ष सम्पर्कमा...

  • २०७७ जेठ २३, शुक्रबार

    म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगे

    काठमाडौं - सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार कार्य सुरु गरेको छ । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका छन् । म्यानमार सेनाको एयरफोर्स उनीहरुलाई लिएर काठमाडौंमा अवतरण भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी रामकृपाल शाहले अनलाइनखबरलाई बताए । कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड-१९ क्राइसिस म्यानेजमेन्टर...

  • २०७७ जेठ २३, शुक्रबार

    क्वारेन्टिनमा बसेका वृद्धको मृत्यु

    काठमाडौं - जुम्लामा क्वारेन्टिनमा बसेका एक वृद्धको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–८ स्थित भैरव मावि क्वारेन्टिनमा बसेका ६५ वर्षीय वृद्धको शुक्रबार बिहान मृत्यु भएको स्थानीय वडाले जनाएकाे छ । उनी बिहीबार बिहान ११ बजेदेखि सो क्वारेन्टिनमा बस्दै आएका थिए । बर्दियाबाट जुम्ला बजार आइपुगेका उनी बुधबार साँझ त्यहीँ बसेका थिए । दमका रोगी रहेका वृद्धलाई उनकै बुहारीले बोकेर क्वारेन्टिन स्थलसम्म पुर्‍...

  • २०७७ जेठ २३, शुक्रबार

    एकै दिन २७८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २९१२ पुग्याे

    काठमाडौं - बिहीबार एकै दिन २७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार शुक्रबार २७८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या दुई हजार ९ सय १२ पुगेको हो। बिहीबार ३३४, बुधबार २०१ र मंगलबार २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ। शुक्रबार पीसीआर विधिबाट ८८ हजार तीन सय...

  • २०७७ जेठ २३, शुक्रबार

    कोरोना संक्रमणबाट ११ जनाको मृत्यु पुष्टि

    काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार थप एकजनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरे। यसअघि कोरोनाकै कारण १० जनाको मृत्यु भएको र शुक्रबार एक थपिएसँगै ११ जना पुगेको उनको प्रष्ट पारे। बिहीबार मृत्यु भएका सुर्खेतको पञ्चपुरीका २८ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। जेठ ८ गते...

  • २०७७ जेठ २२, बिहिबार

    कोरोना उपचारमा १० अर्ब खर्च

    काठमाडौं - कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले १० अर्ब रुपैयाँ खर्च गरिसकेको जनाएको छ। कोरोना नियन्त्रण उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा यो रकम खर्च भएको सरकारको भनाइ छ। यो रकम केन्द्र एउटैले मात्र गरेको खर्च विवरण भने होइन। केन्द्र, प्रदेश र स्थानीय सरकारबाट ४ महिनायता भएको खर्चको एकमुष्ट विवरण हो। खर्च भएको रकममध्ये केन्द्रीय सरकारबाट ६ अर्ब ३ करोड, सातै वटा प्रदेश...

  • २०७७ जेठ २२, बिहिबार

    शनिबारसम्म देशका अधिकांश क्षेत्रमा वर्षा हुने पुर्वानुमान

    काठमाडाैं - भारतको आएको निसर्ग चक्रवातका कारण नेपालमा शनिबारसम्म देशका अधिकांश क्षेत्रमा मेघगर्जन सहितको वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार बुधबार भारतको महाराष्ट्रको तटीय क्षेत्रमा प्रवेश गरेको चक्रवातको असर शनिबारसम्म नेपालको मौसममा पर्नेछ। यो अवधिमा उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको महाशाखाको भनाइ छ। निसर्ग चक्रवात बिस्तारै कमजोर भएर भारतको भू-भाग...

Pages