STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF

  • २०७५ कार्तिक १५, बिहिबार

    युवतीको शव फेला

    सिराहा नगरपालिका–६ बसबिटास्थित कमला खोलाको किनारमा हिजो साँझ एक युवतीको शव फेला परेको छ ।सनाखत हुननसकेको अन्दाजी २५ वर्षीया ती युवतीको शव उक्त खोलाको किनारसँगैको खेतमा फेला परेको हो । युवतीको शव परीक्षणका लागि सिराहा जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।रातो कुर्ता, कालो सुरुवाल, कालो स्वेटर र आकाशे रङ्गको सल लगाएकी ती युवतीको शव...

  • २०७५ कार्तिक १५, बिहिबार

    ललितपुर महानगरपालिकाको तीन स्थानमा इकोपार्क बन्न

    ललितपुर महानगरपालिकाले पुल्चोकस्थित इञ्जिनीयरिङ अध्ययन सस्थान, यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय भवन कम्पाउण्ड र जावालाखेलमा पर्यवरणीय हरियाली  इकोपार्क  निर्माण गर्ने भएको छ । यसका लागि महानगरले इञ्जिनीयरिङ अध्ययन सस्थानको अति सुन्दर एवं आकर्षक राणाकालीन मूल भवन तथा राष्ट्रसङ्घीय भवन वरिपरिका कमाउण्डको पर्खाल भत्काउने जनाएको छ । “ती दुई निकायका सहमतिमा नै त्यहाँका भौतिक संरचनामा कुनै असर नपु¥याई...

  • २०७५ कार्तिक १५, बिहिबार

    तेस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित

    ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तिम मैत्रीपूर्ण खेलमा आज पराजित भएको छ । बुद्धवार साँझ भएको खेलमा नेपाल बेइजिङ फोनिक्स महिला टोलीसँग २–१ ले पराजित भएको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । नेपालका लागि सावित्रा भण्डारीले एक गोल गरेपनि टोलीलाई जित दिलाउन सकिनन् । बेइजिङ फोनिक्ससँग नेपालको यो लगातार दोस्रो हार हो । सोमबार भएको पहिलो खेलमा...

  • २०७५ कार्तिक १५, बिहिबार

    ‘सरकारको लोकप्रियता घटेको छैन’

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले वर्तमान सरकारको लोकप्रियता नघटेको बताउनुभएको छ । विमानस्थलमा आज यहाँ सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले जनताले दिएको जनादेशअनुसार सरकारले काम गरिरहेकाले यसको लोकप्रियतामा कुनै कमी नआएको प्रस्ट पार्नुभयो । सरकारले चिनीको बिक्री मूल्य रु ७० तोकेको हुनाले सोही अनुसार उपभोक्तालाई खरीद गर्न आग्रह गर्दै कहीँ कतै उक्त मूल्यभन्दा...

  • २०७५ कार्तिक १५, बिहिबार

    रेडक्रसको प्रदेश कार्यालय

    नेपाल रेडक्रस सोसाइटीको गण्डकी प्रदेश कार्यालय सञ्चालनमा आएको छ । बुधबार प्रदेश कार्यालय सञ्चालन शुभारम्भ गर्दै रेडक्रसका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले मानवीय सेवाका विभिन्न क्षेत्रमा काम गर्न कार्यालय सञ्चालन महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो । सङ्घीयतासँगै आफूहरुले प्रदेश समिति र कार्यालय सञ्चालनमा ल्याएको सोसाइटीका उपमहामन्त्री हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

  • २०७५ कार्तिक १५, बिहिबार

    पूजाले छाडेकी हुन् नाल्बोको फिल्म ?

    निर्देशक सुदर्शन थापाको छत्रछाँयामा बसेर अभिनेत्री पूजा शर्माले ठूलो सफलता हात पारेकी छन् ।मधुमासु बाट हात लिएका निर्देशक थापाले पछिल्लो रिलिज फिल्म रामकहानीु सम्म उनलाई छुटाएनन् । अहिले पूजाको नामले दर्शक हलसम्म आउने माहोल बनिसकेको छ । प्रेमगीतु बाट रातारात चम्किएकी उनी चाँडै सुदर्शनकै निर्देशनमा बन्न लागेको नयाँ फिल्म सम्हालिन्छ कहिले मनु गर्दैछिन् । आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, आकाश...

  • २०७५ कार्तिक १५, बिहिबार

    बियुस मान प्रधानद्वारा ग्लोबल नेपाल सुपर स्टार अवार्डलाई आर्थिक सहयोग

    कोलोराडो ,अमेरिका निवासी बियुस मान प्रधानद्वारा ग्लोबल नेपाल सुपर स्टार अवार्ड अक्षय कोषलाई आर्थिक सहयोग प्रदान गरेको छ ।प्रधानले आउँदो नोवेम्बरमा काठमामाडौंमा घोषणा हुने ग्लोबल नेपाल सुपर स्टार अवार्ड कार्यक्रममा उक्त सहयोग रकम हस्तान्तरण गर्ने ग्लोबल नेपाल नेटवर्कले सार्वजनिक गरेको छ ।ग्लोबल नेपाल नेटवर्कको आह्वानमा नेपाल भाषा सिनेमाका कलाकारहरुलाई प्रोत्साहन स्वरुप अवार्ड प्रदान गर्न ३० लाख...

  • २०७५ कार्तिक १५, बिहिबार

    ‘महिला गीतकार सम्मान’बाट खत्री सम्मानित

    काठमाडौं, असोज १४ । साहित्यकार गीता खत्रीलाई बुधबार ‘महिला गीतकार सम्मान’बाट सम्मानित गरिएको छ । महिला गीतकार संघ नेपालले विजया दशमी, शुभदीपावली, नेपाल सम्वत् ११३९ तथा छठ पर्वको अवसरमा राजधानीमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा सम्मान समारोह २०७५’ का अवसरमा साहित्यकार तथा गीतकार खत्री सम्मानित भएकी हुन् । उनलाई वरिष्ठ साहित्यकार भद्रकुमार घले, महिला गीतकार संघ नेपालका अध्यक्ष अस्मिता भण्डारी...

  • २०७५ कार्तिक १४, बुधबार

    प्रधानमन्त्रीद्वारा अनौपचारिक रूपमा काम थालनी

    प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक रुपमा आफ्नो काम थालनी गर्नुभएको छ । शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै प्रा डा अरुण सायमीले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी आफ्नो कामको सुरुवात गर्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले राम्ररी सुत्नुभएको छ, राम्ररी खानुभएको छ, आरामका लागि मात्र हामीले केही दिन...

  • २०७५ कार्तिक १४, बुधबार

    मैत्रीपूर्ण खेलमा नेपाल महिला राष्ट्रिय फुटबल टोली विजयी

    ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल जितेको छ । मङ्गलबार साँझ भएको मैत्रीपूर्ण खेलमा बेइजिङ स्पोर्टस् युनिभर्सिटीलाई नेपाली टोलीले ३–० गोलले पराजित गरेको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । नेपाली टोलीको जितमा सावित्रा भण्डारी, दीपा न्यौपाने र इन्दिरा राईले एक÷एक गोल गरेका थिए । एन्फाका अनुसार खेलको १६औँ मिनेटमा सावित्राले गोल...

  • २०७५ कार्तिक १४, बुधबार

    थारू संस्कृति जोगाउन घरबास

    वीरेन्द्रनगर, पछिल्लो समय थारू समुदायको संस्कृति लोप हुँदै जान थालेको भन्दै यसको संरक्षण गर्न घरबास सञ्चालनमा ल्याइएको छ । थारू संस्कारलाई संरक्षण गर्दै पर्यटन प्रर्वद्धनका लागि कर्णाली प्रदेशमा थारू होमस्टे सञ्चालनमा ल्याइएको होमस्टे सञ्चालक जीतबहादुर चौधरीले जानकारी दिनुभयो । वीरेन्द्रनगर नगरपालिका–१० नयाँ गाउँस्थित थारू बस्तीमा उक्त घरबास सञ्चालनमा ल्याइएको हो । कूल रु ४० लाखको लगानीमा निर्माण...

  • २०७५ कार्तिक १४, बुधबार

    पटाका तथा बिजुलीका सामान बरामद

    लहान, प्रहरी टोलीले गए राति जिल्लाका विभिन्न स्थानबाट करीब रु एक लाख ५० हजार मूल्य बराबरको विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले अवैधरूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा पटका, फूलझरी, बुलेट बम, चक्कर हाइड्रो फोइल्स, रविन्स बुलेटलगायतका विष्फोटक पदार्थ बरामद गरेको हो । बरामद गरिएका पटाका आज नष्ट पारिने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता...

Pages