STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पटाका तथा बिजुलीका सामान बरामद

Janjati Khabar – जनजाति खबर | २०७५ कार्तिक १४, बुधबार

लहान, प्रहरी टोलीले गए राति जिल्लाका विभिन्न स्थानबाट करीब रु एक लाख ५० हजार मूल्य बराबरको विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले अवैधरूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा पटका, फूलझरी, बुलेट बम, चक्कर हाइड्रो फोइल्स, रविन्स बुलेटलगायतका विष्फोटक पदार्थ बरामद गरेको हो । बरामद गरिएका पटाका आज नष्ट पारिने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । दीपावली तथा छठपर्व नजिकिँदै जाँदा भारतीय बजारबाट पटाकालगायतका विष्फोटक पदार्थ चोरी तस्करीको क्रम शुरु भएको छ । यस्तै प्रहरीले सिरहा नगरपालिकास्थित माडरबाट करीब रु डेढ लाख मूल्य बराबरको बिजुलीका सामान बरामद गरेको छ ।
Categorized in अपराध-दुर्घटना