STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पूजाले छाडेकी हुन् नाल्बोको फिल्म ?

Janjati Khabar – जनजाति खबर | २०७५ कार्तिक १५, बिहिबार

निर्देशक सुदर्शन थापाको छत्रछाँयामा बसेर अभिनेत्री पूजा शर्माले ठूलो सफलता हात पारेकी छन् ।मधुमासु बाट हात लिएका निर्देशक थापाले पछिल्लो रिलिज फिल्म रामकहानीु सम्म उनलाई छुटाएनन् । अहिले पूजाको नामले दर्शक हलसम्म आउने माहोल बनिसकेको छ । प्रेमगीतु बाट रातारात चम्किएकी उनी चाँडै सुदर्शनकै निर्देशनमा बन्न लागेको नयाँ फिल्म सम्हालिन्छ कहिले मनु गर्दैछिन् । आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, आकाश श्रेष्ठ हुँदै उक्त फिल्ममा उनको जोडी सोनम तोप्देनसँग बाँधिएको छ । केही महिनामै फिल्मको छायांकन सुरु हुँदैछ । सुदर्शन क्याम्पभन्दा बाहिरी ब्यानरको फिल्म नगरेकी उनले ुरामकहानीु रिलिज अगाडि वितेका पलु फेम्ड निर्देशक सुरज सुब्बा नाल्बोु को अनटाइटल प्रोजेक्ट साइन गरेकी थिइन् । यो फिल्मको अमेरिकामा छायांकन हुने बताइएको थियो । तर, अहिले पूजाले उक्त फिल्मबाट हात झिकेको चर्चा छ । निर्देशक सुब्बा, पल शाहलाई लिएर ुहृदय भरीु बनाउन कस्सिनु र पूजा सम्हालिन्छ कहिले मनु गर्ने तयारीमा हुनुले यो कुरालाई थप मलजल पुर्‍याएको छ । निर्देशक सुब्बा भने भिषा प्रक्रियाका कारण फ्लोरमा जान ढिलाई भएको बताउँछन् । पूजाले फिल्म छाडेको खबरको भने उनी खण्डन गर्छन् । हामीबीच त्यो कुरा भएको छैन । पूजाले फिल्म साइन गरेकी हुँ । हृदय भरीु पछि उक्त फिल्म सुरु गर्छुु, फिल्मीखबरसँग कुरा गर्दै निर्देशक सुरज भन्छन् । यस विषयमा अब पूजाको बयान आउन बाँकी छ । उक्त फिल्म अन्तरजातिय प्रेमकथामा निर्माण हुने बताइएको छ । फिल्मीखबर बाट साभार
Categorized in सिनेमा