STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

युवतीको शव फेला

Janjati Khabar – जनजाति खबर | २०७५ कार्तिक १५, बिहिबार

सिराहा नगरपालिका–६ बसबिटास्थित कमला खोलाको किनारमा हिजो साँझ एक युवतीको शव फेला परेको छ ।सनाखत हुननसकेको अन्दाजी २५ वर्षीया ती युवतीको शव उक्त खोलाको किनारसँगैको खेतमा फेला परेको हो । युवतीको शव परीक्षणका लागि सिराहा जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।रातो कुर्ता, कालो सुरुवाल, कालो स्वेटर र आकाशे रङ्गको सल लगाएकी ती युवतीको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
Categorized in अपराध-दुर्घटना