STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%96%E0%A5%87%E0%A4%B2%E0%A4%95%E0%A5%81%E0%A4%A6

  • २०७४ फाल्गुण ४, शुक्रबार

    काँग्रेसी कार्यकर्ताले आफैँ भित्रबाट प्रेरणाको खोजी गर्नुपर्ने

    पोखरा, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । काँग्रेस कास्कीका सभापति कृष्ण केसीको सभापतित्वमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टी पूर्वमहामन्त्री सिटौलाले संविधानको कार्यान्वयन एवं राष्ट्र एवं जनताका हितमा सरकारलाई सही बाटामा हिँडाउन काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले...

  • २०७४ फाल्गुण ४, शुक्रबार

    ‘ग्याल्बो ल्होसार’ सम्पन्न

    काठमाडौँ,  हिमाली भेग तथा त्यस वरपर क्षेत्रमा बसोबास गर्ने समुदायले ‘ग्याल्बो ल्होसार’ आज मनाएका छन् । विशेषगरी बौद्ध धर्मको महायानी सम्प्रदायका शेर्पा जातिले नयाँ वर्षका रुपमा आज ल्होसार पर्व मनाए । बाह्र जनावरका नामबाट वर्ष परिवर्तन हुने विश्वासका अनुसार चरा वर्ष आजदेखि कुकुर वर्षमा प्रवेश गरेको छ । । शेर्पा जातिको नयाँ वर्ष ग्याल्बो ल्होसारले धर्मसंस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा...

  • २०७४ फाल्गुण ४, शुक्रबार

    एकाध दिनमै पार्टी एकता टुंगिन्छ– अध्यक्ष दाहाल

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(एमाले)सँगको पार्टी एकतालाई केही दिनभित्रै टुंग्याउने गरी पहल भइरहेको बताउनुभएको छ । पार्टी सम्बद्ध एकीकृत अखिल नेपाल शिक्षक संगठनको महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “पार्टी एकताका पक्षमा सघनरुपमा छलफल भइरहेको छ । विवाद भएर वा कुरा नमिलेर होइन, सबै विषयलाई एकमुष्ठरुपमा मिलाउन लागिएकाले केही समय लागेको जस्तो...

  • २०७४ फाल्गुण २, बुधबार

    पुनःनिर्माणका लागि गोरखा दरबार भत्काइयो

    भूकम्पले क्षति पुगेको ऐतिहासिक महत्व बोकेको गोरखा दरबार भत्काइएको छ । करिब चार सय वर्ष पुरानो गोरखा दरबार भत्काएर जगदेखि नै पुनःनिर्माण गर्न लागिएको हो । विसं १९९० को भूकम्पले क्षति नपुगेको दरबार बारपाक केन्द्र रहेर २०७२ बैशाख १२ मा गएको गोरखा भूकम्पले क्षति पुगेको थियो । विसं १६८६ मा गोरखाका राजा राम शाहको पालामा यो दरबार बनाइएको थियो । दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालका अनुसार...

  • २०७४ फाल्गुण २, बुधबार

    बाबु बाेगटीको “हप्पी भ्यालेन्टाईन ” सार्वजनिक

    गायक बाबु बाेगटीको गीत “हप्पी भ्यालेन्टाईन ” को लिरिकल भिडियो सार्वजनिक भएको छ । भ्यालेनचाईन डे लाई लक्षित्त गरेर तयार पारिएको लिरिकल भिडियोलाई आफ्नै नामको युट्यूव च्यानेल बाबु बाेगटी (अफिसियल) मार्फत वाहिर ल्याइएको हो। विल्कुलै फरक धारमा रहेको उक्त गितमा बाबु बाेगटीको शब्द ,संगीत र आवाज रहेको छ। मोहित मुनालको एरेञ्जमा तयार पारिएको भिडियोलाई राजेश शाहले सम्पादन गरेका छन्। https://youtu.be/...

  • २०७४ फाल्गुण २, बुधबार

    भ्यालेन्टाईन डे मा अनिल सिंहको “सु-स्वागतम” म्यूजिक भिडियो सार्वजनिक

    गायक अनिल सिंहको नयाँ नेपाली पप गीत “सु-स्वागतम” म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुरेन श्रेष्ठद्वारा निर्देशित यस भिडियोमा मोडल तमन्ना शर्मा र सुरेन श्रेष्ठले एकदमै स्वागतयोग्य अभिनय गरेर दर्शक तथा स्रोतालाई आनन्दित र लठ्ठै पार्ने प्रस्तुति प्रस्तुत गरेका छन् । विल्कुलै फरक धारमा निर्मित ““सु-स्वागतम”” पप म्यूजिक भिडियोमा गायक तथा संगीतकार अनिल सिंहको संगीत रहेको छ। त्यस्तैगरी नरेश भट्टराईको...

  • २०७४ फाल्गुण १, मंगलबार

    समस्या सास गन्हाउने, समाधान घरेलु उपाय

    सास गन्हाउने समस्या पनि मानिसको जीवनमा एक महत्वपूर्ण समस्या हो । प्राय: कतिलाई सास गन्हाउने समस्याले सताएका हुन्छन् । यो समस्याले गर्दा कतिलाई आफ्नै साथीहरुले जिस्काउने र मानिसको अगाडी लजित वनाउने जस्ता कार्यहरु गरेका हुन्छन्, र कतिले भोगिरहेकै कुरा हो । यो समस्या भएका मानिसहरु अरु सँग बोल्दा पनि डराएर कपडाले मुख छोपेर बोल्नु पर्ने अवस्था र्सिजना हुन सक्छ । अरु व्याक्तिले पनि नराम्रो मान्ने हुदा...

  • २०७४ माघ २८, आइतबार

    मिस ईकलेज २०१८ का प्रतियोगीले देखाए प्रतिभा

    माघ २७र सिजन मिडियाको आयोजनामा मिस ईकलेज सिजन ८ मा सहभागी २९ जना प्रतियोगीहरुले कमलादी स्थित सिडव्लु पार्टी प्यालेसमा आइतबार भएको एक कार्यक्रम विच आफ्नो आफ्नो प्रतिभा प्रस्तुत गरेका छन । उक्त कार्यक्रममा सृजना लामाको पहिलो जुनी वोलको गीत गाएर कार्यक्रमको शुभारम्भ गरेकी थिइन भने रोजीना केसीले गैरी खेतको सिरै हान्यो भन्ने गितको वोलमा नृत्य प्रस्तुत गरेको थिइन । सोफीया श्रेष्ठले नेवारी गितमा नृत्य...

  • २०७४ माघ २८, आइतबार

    नेपालमा ३२ हजारभन्दा बढी एचआईभी संक्रमित

    भक्तपुर, २८ माघ (रासस) ः नेपालमा एचआईभी संक्रमितको संख्या ३२ हजार नाघेको छ । अन्तर्राष्ट्रिय कण्डम दिवसका अवसरमा आज भक्तपुरमा शुरुवात नामक संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराईएको हो । कार्यक्रममा एड्स हेल्थ केयर फाउण्डेसन (एएचएफ) का प्रतिनिधि रवि सिंहले हालैको तथ्याङ्कअनुसार ३२ हजार ७३५ एचआईभी संक्रमित रहेको र त्यसमध्ये २३ हजार एचआईभी संक्रमितको पहिचान भएको र अझै १०...

  • २०७४ माघ २५, बिहिबार

    उत्तर कोरियाले गर्ने भो ओलम्पिकको पूर्वसन्ध्यामा  सैन्य परेड

    अन्ततः शीतकालीन ओलम्पिक गेमको पूर्वसन्ध्यामा उत्तर कोरियाले सैन्य परेड गर्ने भएको छ । उत्तर कोरियाले आफ्नो सेना स्थापना दिवसको अवसरमा हरेक वर्षको फेब्रुअरी ८ मा सैन्य परेड आयोजना गर्ने गरेको भए पनि यस वर्ष शीतकालीन ओलम्पिकका कारण नगर्ने बताएको थियो । उत्तर कोरियाले सैन्य परेडमाथि भइरहेका आलोचना खारेज गर्दै यसमाथि बोल्ने अधिकार कसैमाथि पनि नभएको टिप्पणी गरेको छ । विश्वका केही देशहरुले उत्तर...

  • २०७४ माघ २५, बिहिबार

    ताइवान भूकम्पमा ९ जना जापानीहरु घाइते, आधुनिक भवन ढले

    शक्तिशाली भूकम्पपछि ताइवानमा उद्दार र राहत जारी छ । तर, निरन्तर आइरहेको परकम्पले दुःख दिइरहेको छ । बिहीबार बिहानै ५.७ म्याग्निच्यूडको परकम्पले ताइवानको पूर्वी क्षेत्रलाई फेरि बेस्सरी हल्लायो । मंगलबार राति ११ बजेर ५० मिनेटमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो, जसमा कम्तीमा नौ जनाले ज्यान गएको छ भने ३ सय बढि घाइते छन् । हुआलिनमा अझै ५८ मानिसहरु अझै हराइरहेका छन्, जसमध्ये धेरै जना भुकम्पले...

  • २०७४ माघ २५, बिहिबार

    अदालतबाटै बंगलोदशकी पूर्वप्रधानन्त्री खालिदा जिया पक्राउ, ५ वर्ष जेल सजाय  

    बंगलादेशका पूर्वप्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचारको मुद्दामा ५ वर्ष जेल सजाय सुनाइएको छ । अदालतको आदेश लगतै प्रमुख विपक्षी दलकी नेत्री समेत रहेकी ७४ वर्षीया जियालाई पक्राउ गरिएको छ । जेल जाने क्रमा गहभरी आँसु बनाएका उनले आफन्तलाई चिन्ता नगर्न र हिम्मत नहार्न आग्रह गरेकी थिइन् । आफूमाथि राजनीतिबाट प्रेरित भएर आरोप लगाइएको भन्दै उनले आफू फर्किएर आउने बताएको डेलिस्टारले जनाएको छ ।बच्चाहरुका...

Pages