STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

बहुविवाह गर्ने प्रहरी खोरमा

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ६, सोमबार

जेठी श्रीमती हुँदाहुँदै कान्छी श्रीमती विवाह गर्ने र कान्छी श्रीमती बन्न आउने जोडीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ का २५ वर्षीय शक्ति थुलुङ र कान्छी श्रीमती बन्न आउने पाँचथरको फालेलुङ गाउपालिका–८ याङनामकी २९ वर्षीया सम्झना जगेबुलाई प्रहरीले पक्राउ गरेको हो । श्रीमान्ले कान्छी श्रीमती भित्र्याएकाले कानूनबमोजिम पक्राउ गरी आवश्यक कारवाहीको माग गर्दै थुलुङकी जेठी श्रीमती सोमिला राईले जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिनुभएको थियो । राईको जाहेरीका आधारमा उक्त जोडीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
Categorized in अपराध-दुर्घटना