STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

फूलमा भविष्य खोज्दै भण्डारी दम्पती

Janjati Khabar – जनजाति खबर | २०७५ कार्तिक १६, शुक्रबार

 पोखरा महानगरपालिका वडा नं १७ का वसन्त भण्डारी र उहाँकी श्रीमती मञ्जीताले पुष्प व्यवसाय शुरु गरेको छ वर्ष पुगिसक्यो । शुरुमा बोडी खेती गर्न तयार पारेको बारीमा केही ठाउँ खाली भएपछि नजिकैको नर्सरीबाट भण्डारी दम्पतीले १५० वटा फूलका बिरुवा किनेर लगाउनुभयो । पहिलो वर्षमा नै राम्रो भएर बिक्री बढेपछि फूल खेतीतर्फ आकर्षित बनेका भण्डारी दम्पतीले अर्को वर्ष भने ८०० बिरुवा थप्यो। त्यसपछि उसले क्रमिकरुपले व्यावसायिक फूल खेती विस्तार ग¥यो। यस वर्ष भाडामा लिएको पाँच रोपनी जग्गामा अमेरिकन मेरिगोल्ड र कलकत्तिया जातका १३ हजार ५०० बिरुवा रोपिएको छ । “भदौको १२ गते रोपेको बिरुवा फूलैफूलको पर्व तिहार आउनुअघि नै अहिले बारीमा ढकमक्क पुलेको छ”,मञ्जीताले भन्नुभयो । यस वर्षको तिहारमा फूल बिक्रीबाट रु चार लाख आम्दानी गर्ने उहाँहरूको लक्ष्य छ । जग्गा तयारीदेखि बिरुवा लगाउने, गोडमेल गर्ने आवश्यकताअनुसार औषधि प्रयोग गर्नुु आफूहरूको दैनिकी बनेको बताउने भण्डारी दम्पतीले यस वर्ष एक रोपनीमा टनेलमा र चार रोपनीमा खुलारुपमा फूल खेती गरेको बताउनुभयो । पोखरा महानगरपालिका वडा नं १७ बिरौटाचोकको बाराही नर्सरीबाट उत्पादित फूल बजारमा बिक्री भइरहेको छ । तिहारमा बाहिरबाट आउने फूलसँग प्रतिष्पर्धा गर्नुपर्दा उचित मूल्य नपाउने गरेको गुनासो भण्डारी दम्पतीको छ । कास्कीमा ३६ वटा व्यावसायिक नर्सरीले तिहारको पाँच दिनमा १० करोडभन्दा बढीको फूल बिक्री गर्ने तयारीमा छन् । पुष्प व्यवसायी सङ्घ कास्कीका अध्यक्ष सीतामाया राना पोखरा र आसपासमा उत्पादित फूलले बजारको ९० प्रतिशत माग पूरा गर्ने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो व्यवसायमा आत्मनिर्भर भएर बाहिरबाट आउने फूल पूर्णरुपमा विस्थापित गर्नतर्पm सङ्घको अभियान रहेको छ । बारीमा उत्पादन भएको फूलको प्रतिथुङगा रु पाँच र एउटा मालाको रु ५० देखि रु १०० सम्म बिक्री हुन्छ । महङ्गो बीउ, जनशक्ति अभाव र आवश्यकताअनुसारको प्राविधिक सहयोग प्राप्त हुन नसक्दा उत्पादनको लागत बढी हुने गरेको मञ्जीताले बताउनुभयो । अमेरिकन मेरिगोल्ड एक पटक मात्र फूल्ने हुँदा तिहारका लागि लक्षित गरिएको हो । कलकत्तिया जात भने लगभग आठ महीनासम्म उत्पादन हुने गरेको बताउँदै मञ्जीताले रासससँग भन्नुभयो, “तिहारको अलावा विभिन्न सङ्घसंस्थाका औपचारिक कार्यक्रम, विवाह, ब्रतबन्ध, नयाँ घर प्रवेशजस्ता शुभकार्य तथा दुःख पर्दासमेत फूलको प्रयोग गर्नेक्रम बढेको छ ।” विसं २०७१ मा जिल्ला कृषि विकास कार्यालयबाट फलामको टनेल निर्माणका लागि ५० हजार अनुदान प्राप्त गर्नुका साथै विभिन्न समयमा फूलसम्बन्धी तालीम लिने अवसर प्राप्त गरेको उहाँले जानकारी दिनुभयो । उहाँका श्रीमान् वसन्तका अनुसार फूल बिक्रीबाट राम्रो आम्दानी भए पनि विदेशबाट महङ्गोमा बीउ खरिद गर्नुपर्ने बाध्यतासँगै डडुवा र डाँठ कुहिने रोगले समय समयमा दुःख दिने हुँदा यस पेशामा जोखिम बढेको छ । व्यवसायीले फूल खेतीका लागि बारी तयार गर्दा विशेष गरी मलका रुपमा बाख्राको जुतो प्रयोग गर्छन् । उहाँले सरकारले सर्वसुलभरुपमा बीउ, मल र प्रविधि उपलब्ध गराएर यस पेशामा आबद्ध कृषकलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिनुहुन्छ ।  –हरि बाँस्तोला  रासस

Categorized in राष्ट्रिय