STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालभाषाको नयाँ म्युजिक भिडियो ‘मय्‌जु’ सार्वजनिक

Janjati Khabar – Janjati Khabar | २०८३ आषाढ २८, आइतबार

काठमाडौं – नेपालभाषाको नयाँ म्युजिक भिडियो ‘मय्‌जु’ शनिबार एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ ।

सुमी फिल्म्सका लागि सुमित्रा महर्जनको निर्माण तथा ग्लेज इन्टरनेटमेन्टको सहनिर्माण एवं दृष्टान्ट स्टुडियोजको व्यवस्थापनमा सो म्युजिक भिडियो निर्माण भएको हो ।

दिपेन शाक्यको रचना, कम्पोज एवं गायन रहेको गीतको म्युजिक भिडियोमा रमण हमाल, रिया डंगोल एवं आर्यन प्रसाईंहरुको अभिनय रहेको छ । 

काठमाडौंको चियावाला क्याफेमा भएको कार्यक्रममा नेपालका प्रतिष्ठित छायाँकार एवं एसियन फिल्म एकेडेमिका प्रिन्सिपल गौरीशंकर ध्वँजु प्रमुख अतिथिको रुपमा रहनुभएको थियो । प्रमुख अतिथिको आसनबाट मन्त्व्य दिनुहुँदै ध्वँजुले गैर नेवारहरुको टिमबाट बनाइएको नेपालभाषाको म्युजिक भिडियो अरु भिडियोहरुबाट पृथक शैलीको रहेको बताउनुभयो । साथै उहाँले नेपालभाषाका फिल्म, म्युजिक भिडियो मात्र बनाएर नपुग्ने, नेपालभाषालाई जीवित राख्न नेवार बालबालिकाहरुसँग मातृभाषामा बोल्न जोड दिनुभयो ।

सार्वजनिकीकरण कार्यक्रममा म्युजिक भिडियोसँग आबद्ध कलाकार एवं प्राविधिहरुलाई प्रमुख अतिथि गौरीशंकर ध्वँजुले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा दृष्टान्त स्टुडियोजका सहसंस्थापक एवं भिडियोका निर्देशक रमेश जैसीले भविष्यमा पनि विभिन्न विधाका सांगीतिक परियोजना निर्माण गर्दै जाने बताउनुभयो । स्टुडियोले नयाँ कलाकार एवं प्राविधिकहरुसँग सहकार्य गर्दै सांगीतिक भिडियो बनाउने कार्यलाई निरन्तरता दिने पनि जैसीले बताउनुभयो ।

म्युजक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

 

 

Categorized in साहित्य-कला