भारतीय अभिनेता राकेश बेदी फिल्म प्रचार गर्न नेपालमा
Janjati Khabar – Janjati Khabar | २०८३ जेठ २४, आइतबार
सन् १९७६ मा फ प्रदर्शित " अहसास" फिल्म बाट आफ्नो अभिनय यात्रा शुरु गरेका वरिष्ठ भारतीय अभिनेता राकेश बेदी हिन्दी फिल्म ‘है जवानी तो इश्क होना है’ को प्रचार-प्रसारका लागि आइतवार काठमाडौं आएका छन् ।
उनको नेपाल भ्रमणको आयोजना फिल्म वितरक कश्यप नरेन्द्र वेद र नवीन उदाशले गरेका हुन् । नियोम फिल्म्स र क्यापिटल वल्र्ड ग्रुपमार्फत उनीहरूले भारत-नेपाल फिल्मसहकार्यलाई थप मजबुत बनाउन सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । उक्त टोली हालै नेपालमा प्रदर्शन भएको फिल्म ‘पेड्डी’ सँग पनि आबद्ध रहेको जनाइएको छ ।
प्रचारात्मक भ्रमणअन्तर्गत अभिनेता बेदीले काठमाडौंका विभिन्न फिल्म हलको भ्रमण गरी दर्शक तथा प्रदर्शकसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । साथै, उनले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजा–आराधना गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
त्यसैगरी, मण्डला थिएटरमा आयोजना हुने पत्रकार सम्मेलनमा सहभागी हुँदै उनले ‘है जवानी तो इश्क होना है’ फिल्मबारे जानकारी दिने छन् ।
आयोजकका अनुसार यस भ्रमणले नेपाली र भारतीय फिल्म उद्योगबीचको बढ्दो सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ । साथै, फिल्म मार्फत दुवै देशका दर्शकबीचको सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्य राखिएको जनाइएको छ ।
Categorized in सिनेमा

