स्वतन्त्र संसार महर्जनका योगदानलाई सम्मान र सम्झना स्वरुप गाला नाइट सम्पन्न
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ चैत्र १६, सोमबार
नेपालभाषाकाे गीतसंगीत क्षेत्रका अमर कलाकार स्वतन्त्र संसार महर्जनको सम्झनामा “गाला नाइट” नामक संगीत कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा नेपाल चलचित्र बिकास बोर्डको अध्यक्ष दिनेश डिसि रहेका थिए भने कार्यक्रमको आयोजना रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले गरेको थियो।
सनराइज क्याफे एण्ड ब्यांक्वेटमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वरिष्ठ र लोकप्रिय कलाकारहरूले आाआफ्नो प्रस्तुति दिइएका थिए। प्रस्तुति दिने कलाकारहरूमा जुजुकाजी रञ्जित, निशा देशार, रत्नशोभा महर्जन, दीपा महर्जन, सतीश महर्जन, युनिशा शर्पा देशार, सरिता महर्जन, आश्रय रञ्जित, राज गोपली, सुभाष मण्डल, गौतम मानन्धर, लसता जोशी, र मनोज महर्जन लगायत रहेका थिए ।
कार्यक्रमको व्यवस्थापन अन्तर्राष्ट्रिय मोडल र फेशन कोच राज फैजूले सम्हालेका थिए भने समन्वयको रूपमा सुरज श्रेष्ठ, आशिष थापा, राजु नकर्मी, र प्रेमहाँ संसार महर्जन रहेका थिए ।
कार्यक्रमको उद्देश्य स्वतन्त्र संसार महर्जनका योगदानलाई सम्मान र सम्झना गर्नु रहेकोे थियो ।
Categorized in सिनेमा

