चलचित्र पत्रकार संघ नेपाल, दाङको अध्यक्षमा निरला अर्याल
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ चैत्र १, आइतबार
चलचित्र पत्रकार संघ नेपाल, दाङको छैठौँ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । साे अधिवेशनबाट अध्यक्षमा निरला अर्याल निर्वाचित भएको छ ।
यस अधिवेशनलाई सफल बनाउन सहयोग गर्नुहुने गायिका कोमल ओली, केन्द्रीय सदस्य ध्रुवराज न्यौपाने तथा लुम्बिनी संयोजक शिव पुनलगायत सम्पूर्ण महानुभावप्रति संघको केन्द्रीय अध्यक्ष समिर बलामीले आभार व्यक्त गर्दै निर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ ।
नव निर्वाचित कार्यसमिति यस प्रकार रहेको छः
अध्यक्ष : निरला अर्याल
उपाध्यक्ष : भुपेश वली
सचिव : एकराज भण्डारी
कोषाध्यक्ष : झग्गु भण्डारी
सदस्यहरू : टेकराज भण्डारी, दिपेन खत्री, हिमाल महरा
Categorized in सिनेमा

