STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रख्यात भारतीय साउन्ड आर्टिस्ट अमित देओन्दी नेपालमा

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ फाल्गुण ३०, शनिबार

भारतीय चलचित्र उद्योगका चर्चित साउन्ड आर्टिस्ट तथा ध्वनि विशेषज्ञ अमित देओन्दी नेपाल आउनु भएकाे छ  । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उहाँलाई नेपाली चलचित्र क्षेत्रका प्राविधिक, निर्देशक तथा ध्वनीकर्मीहरूले खादा र पुष्पगुच्छासहित भव्य स्वागत गरेका छन्।

साउन्ड डिजाइन, फोले (Foley) र साउन्ड सम्पादन (Sound Editing) मा विशेष दखल राख्नु हुने देओन्दी चलचित्र विकास बोर्डले आयोजना गरेको चैत्र १ गतेबाट सञ्चालन हुने तीन दिने  साउन्ड डिजाइनसम्बन्धी तालिमको प्रशिक्षकको रुयमा  काठमाडौँ आउनु भएको हाे । 

विमानस्थलको आगमन कक्षबाट बाहिरिने क्रममा उहाँले पशुपतिनाथको भुमी नेपाल आउन पाउँदा अत्यन्तै खुसी लागेको बताउनु भयो  । "नेपाली कला, संस्कृति र यहाँका मौलिक ध्वनिहरूप्रति मेरो सधैँ गहिरो रुचि रहँदै आएको छ। यहाँका सर्जकहरूसँग सहकार्य गर्न म निकै उत्साहित छु, " उहाँले संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो । पछिल्लो समय नेपाली सिनेमा र डिजिटल प्लेटफर्मका कन्टेन्टहरूमा प्राविधिक गुणस्तर, विशेष गरी 'सिनेमेटिक साउन्ड डिजाइन' मा निकै ध्यान दिन थालिएको छ। यस सन्दर्भमा अमित देओन्दी जस्ता अनुभवी र बलिउडमा आफ्नो छुट्टै पहिचान बनाइसकेका प्राविधिकको नेपाल आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यस भ्रमणले नेपाल र भारतका चलचित्रकर्मीबीच प्राविधिक ज्ञान, अडियो आर्टिटेक्चर (Audio Architecture) र अनुभव आदानप्रदानमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

उनका उल्लेखनिय प्रोजेक्टहरु 

DUBBING PROJECT

• Mickey Online In Motu Patlu Series

• Stranger Things - Jonathan

• Zootopia-Gary D snake 

• Tron- Julian D linger 

• Viral Hellman's Mayonese Add 

• Voice Of Tintin (In the Adventure of Tintin Steven Speilsberg's Movie)

• Voice of Maradona in  Amazon Prime Series.

• Voice Of Keymon in Keymon Acche.

• Voice of Gattu in Gattu Battu. 

• Voice Of Quicksilver In Avengers and X-Men Film

• Voice of Neel in Legend Of Hanuman. 

• How to Train Your Dragon (Hiccup )

WRITING PROJECT:

• Bon-apatite Your Mejesty (Korean, Netflix)

• Dynamite Kiss (Korean, Netflix) 

• War Machine ( Netflix)

• Baki Dou (Anime for Netflix)

• CRIME 101 (Amazon Theatrical) 

• Avatar Fire And Ash (2025) (Disney, Theatrical)

• Fantastic Four (2025) (Marvel, Theatrical)

• Mission Impossible The Final Reckoning (2025) (Paramount, Theatrical)

• Thunderbolts (2025) (Disney, Theatrical) 

• Kingdom Of The Planet Of The Ape (2024) (Disney, Theatrical)

• Ant Man Vs Wasp: Quantomania. (Theatrical)

• Fantastic Beast: The Secret Of Dumbledore (Theatrical)

• Bumble (Theatrical)

• Star Trek Beyond (Theatrical) 

• Red Notice (Netflix)

• Don’t Look Up (Netflix)

• Jagame Thandhiram (Netflix)

• Maradona (Amazon Prime)

FILMS

• CRIME 101 (2026) (Amazon Theatrical) 

• Avatar Fire And Ash (2025) (Disney, Theatrical)

• Fantastic Four (2025) (Marvel, Theatrical)

• Mission Impossible The Final Reckoning (2025) (Paramount, Theatrical)

• Thunderbolts (2025) (Disney, Theatrical) 

• War Machine (2025) Netflix 

• Kingdom Of The Planet Of The Ape (2024) (Disney, Theatrical)

• Ant Man Vs Wasp: Quantomania. (Theatrical)

• Fantastic Beast: The Secret Of Dumbledore (Theatrical)

• Bumble (Theatrical)

• Star Trek Beyond (Theatrical) 

• Red Notice (Netflix)

• Don’t Look Up (Netflix)

• Jagame Thandhiram (Netflix)

Series

• Sins Of Kujo (Netflix) 2026

• Baki Dou (Anime) (Netflix) 2026

• Bon Apatite Your Mejesty (Netflix) 2025

• Dynamite Kiss (Netflix) 2025

• Glass Heart (Netflix) 2025

• Secret Invasion (Disney Hotstar) 2024

• Maradona (Amazon Prime)

• Hit and Run (Netflix)

• Dragon Prince (Netflix)

• Floor Is Lava (Netflix)

• Vicky Tour Guide Show (NGC)

Categorized in सिनेमा