प्रतिसरा सायमिलाई लाेकप्रिया पुरस्कार प्रदान गरिने
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ फाल्गुण १८, सोमबार
साहित्यिक पत्रकार संघको हालै बसेको कार्यसमितिको बैठकले वि.सं २०८२ को लोकप्रिया पुरस्कार नेपालभाषाका साहित्यकार प्रतिसरा सायमिलाई प्रदान गर्ने निर्णय गरेको खबर छ ।
सो निर्णय साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो ।
सो पुरस्कारका लागि समालोचक प्रमोद प्रधानको संयोजकत्वमा साहित्यकारहरू श्रीओम श्रेष्ठ "रोदन" र नरेन्द्रबहादुर श्रेष्ठ सदस्य रहेको सिफारिस समितिले सिफारिस गरेको थियो ।
साहित्यकार सायमिका नेपालभाषामा जि छकू नालिस भोँ ( कवितासंग्रह), तिकिनंगु मि र प्रेशरकूकरया चिल्लाय् ( कविता संग्रह), सिमाह: व मेमेगु बाखं (कथासंग्रह - अँग्रेजीबाट नेपालभाषामा अनुवाद), पाइलाहरुमै सडक (नेपालभाषाबाट नेपाली भाषामा अनुवाद), लिफ: ( प्रवन्धसंग्रह), रंग दुने प्रतिसरा ( कविताहरुमा कोरिएका चित्रहरुको संगालो), नेवा: खँग्व:या पिला (सहलेखन- नेपालभाषाका विविध शव्दहरुको संगालो), गुरुवर कवि पूर्ण वैद्यज्यूको साहित्यिक भीमरथारोहणको सम्झना संगालो (सहलेखन), लुमन्तिया खुसिबालय् बाबा विभूषण (नेपालभाषाका कथाहरु - नेपालीमा अनुवाद), Towards the horizon (कुलां थिइगु कुतलय् - नेपालभाषाका कविताहरुको अँग्रेजी अनुवाद संग्रह) र लुमन्ति (सम्पादन), पूर्ण वैद्यया साहित्यिक रचना (सह सम्पादन) तथा गीति सि.डी. अल्बमहरु उनैको यादमा, तिकि - नुग:या लसय् , तिकि तिकि र स्वतिकि लगायतका कृतिहरु प्रकाशित रहेका छन् ।
यो पुरस्कारको स्थापना वि. सं. २०४४ सालमा साहित्यकार शशी रिमालले महाकवि लक्ष्मीप्रसाद देवकोटाकी दिदी साहित्यकार लोकप्रियाको नाममा गरेकी हुन् ।
Categorized in साहित्य-कला

