STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कलाकार उत्तम केसीको गीत ‘छातीभित्र मुटु चल्छ, मुटुभित्र माया’ सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ श्रावण २१, बुधबार

करिब चालिस वर्ष अगाडि अभिनय यात्रा शुरु गर्नु भएका वरिष्ठ कलाकार उत्तम  केसीले झण्डै दुई सयको हाराहारीमा ठूलो पर्दा तथा सानो पर्दाका चलचित्रमा आफ्नो अभिनय पस्किसक्नुभएको छ । ‘न झुकुन हाम्रा शिरहरू, ‘जसले जे जे भने पनि तिमी मेरी आमा’, मकै भुट्ने हाँडीमा’, ‘रहरै भो’, ‘कि वार कि पार’, ‘अब जे होला होला’, ‘ठण्डा ठण्डा पानी’, ‘आकशको जुन तिमी, धर्तीको फूल’लगायत का उहाँका गीतहरु श्रोता/दर्शकमाझ लोकप्रिय छन् । उहाँ चलचित्र निर्माण, निर्देशनमा पनि सक्रिय हुनुहुन्छ । 

 वरिष्ठ कलाकार उत्तम केसी गीत लेखन तथा कथा लेखनमा लामो समयदेखि सक्रिय हुनुहुन्छ ।  उहाँको पछिल्लो गीत ‘छातीभित्र मुटु चल्छ, मुटुभित्र माया’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सिक्किमकी गायिका अञ्जना नाल्बो लिम्बूले स्वर दिनुभएको छ । लिम्बू ‘याक्थुङ स्टार’ गायन प्रतियोगिताको उपाधि विजेतासमेत हुनुहुन्छ । गीतमा पुस्कर सुनुवारको संगीत/एरेञ्ज र विप्लव अधिकारीको मिक्सिङ/माष्टरिङ छ ।

अमर ओलीको निर्देशन रहेको गीतको भिडियोमा सिद्धान्त बोहरा, विनिता भण्डारी, मुकुन्द मैनाली, मनोज केसी, सानुकाँचा महर्जनलगायत अभिनय छ । ब्राण्ड यु पिक्चर्स प्रा.लि.को निर्माणमा तयार पारिएको यस गीतको भिडियो ‘चुईचुई पारेर टिभी’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । मीरा लामाको शृंगार र मनोज केसीको व्यवस्थापन रहेको गीतको भिडियोको निर्माता उत्सव केसी हुनुहुन्छ । ज्ञानकुमार कटेलको छायांकन रहेको भिडियोमा प्रेम शर्माको दृश्य सम्पादन छ ।

Categorized in साहित्य-कला