STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

याम प्रसाद निउरे र देबि घर्तिको आवाजमा "रानिहार " सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ श्रावण २०, मंगलबार

हिन्दुहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गरेको  अवसर पारेर कलाकारहरूले तीज विशेष गीतहरू  धमाधम सार्वजनिक गर्न थालेका छन्। यस वर्ष सार्वजनिक तीज गीतहरूमध्ये एक सशक्त र प्रभावशाली सिर्जना  "चोली फाटेकोमा"  आफ्ना दर्शक श्रोता माझ पस्केका सर्जक याम प्रसाद निउरे यसै तिजमा फेरि नयाँ तिज कोशेली रानीहार

 मा आफ्नो सिर्जना संगै आवाज पनि दिएर गायकको परिचय बोकेर दर्शक श्रोतामाझ आइपुगेका छ्न् ।

गहिरो भावनात्मक शब्दमा  तयार पारिएको चोली फाटेको  गीतमा अग्रज सर्जक शिव हमालको लय रहेको छ। गायिका निशा केसीको सुमधुर आवाज र अञ्जली अधिकारीको उत्कृष्ट अभिनयले गीतलाई अझ मार्मिक बनाएको र धेरैको रोजाइमा परेको थियोे भने रानिहारमा भने अलिकति मायाप्रेम हाँसो ठट्टालाई उजागर गर्दै निउरेले शब्द लेखेका छ्न् । चलन चल्तिकै भाका गीतमा प्रयोग गरिएको छ । गीतमा निउरेलाई मौलिक गायिका देबि घर्तीमगरले आवाजमा साथ दिएकी छ्न् ।

प्रबिन थापाको कोरियोग्राफ,निर्देशन ,राजेश घिमिरेको छायांकन र सुजन कोइरालाको सम्पादनमा तयार

 यश गीतको म्युजिक भिडियो मा स्मारिका ढकाल र सुरेस कोहलीको अभिनय तथा नृत्य देख्न पाइन्छ ।

सम्बन्धित दुइवटै गीत याम प्रसाद निउरे युटुब च्यानल बाट सार्वजनिक गरिएको छ ।

गीत हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

https://youtu.be/VbY95tGF0J4?si=f683u3aWpNvV6MaZ

https://youtu.be/mRSCDEByR4U?si=mnUPEml_-rFcU4cI

Categorized in साहित्य-कला