चलचित्र कल्याणकारी कोषमा नेपाल चलचित्र संघ र नेफ्टाबाट आर्थिक सहयोग
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ आषाढ २९, आइतबार
नेपालको चलचित्र जगतसंग सम्बन्धित सबैभन्दा जेठो संस्था नेपाल चलचित्र संघबाट नेपाल सरकार चलचित्र विकास बोर्ड को कल्याणकारी कोषकालागि रू १,११,०००/- (एकलाख एघार हजार रुपैया) आर्थिक सहयोग प्रदान गरेको छ । त्यसैगरी नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)बाट पनि रू २५,०००/-(पच्चीस हजार रुपैया) गरी जम्मा रू १,३६,०००/- (एकलाख छत्तीस हजार रुपैया)चलचित्र कल्याणकारी कोषमा सहयोग स्वरूप प्रदान गरिएको छ।
उक्त सहयोग रकम चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल चलचित्र कलाकार संघ अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्देशक समाज अध्यक्ष जनकदिप पराजुली, चलचित्र विकास बोर्ड सदस्य-सचिव राजेश कुमार थापा लगायतको उपस्थितिमा, चलचित्र संघको तर्फबाट श्री नरेन्द्र महर्जन, गोपाल कायस्थ, सुरेन्द्र थापा, प्रज्वल एस.जे.बी. राणा, दिप्रश शाक्य, हूतराज शर्मा आदि प्रतिनिधिहरूले कोषकी संयोजक श्रीमती बसुन्धरा भुसालज्यूलाई हस्तान्तरण गर्नुभएको हो।
त्यसैगरी, प्रविधिक संघ (नेफ्टा) को तर्फबाट अध्यक्ष पुष्कर लामा, नारायण प्रधान लगायतले उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।
यस सहयोगमार्फत चलचित्रकर्मीहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले स्थापित कल्याणकारी कोष थप सुदृढ हुने विश्वास कोषका संयोजक बसुन्धरा भुसाल ले व्यक्त गर्नुभएको छ।
Categorized in साहित्य-कला

