STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजावादी आन्दोलनको पहिलो दिन

Janjati Khabar – Janjati Khabar | २०८२ जेठ १६, शुक्रबार

काठमाडौँ - राजावादी समूहले बिहीबार राजधानीमा प्रदर्शन गरेका छन् । राजतन्त्र फर्काउने उद्देश्यका साथ राजावादी समूहले बिहीबारदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् । 

जसअनुसार पहिलो दिनको प्रदर्शन राजधानीको शान्तिबाटिका क्षेत्रमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको राप्रपाका प्रवक्ता सगुन लावतीले बताए । उनले आन्दोलन निरन्तर हुने जानकारी दिँदै आज पहिलो दिनको आन्दोलनमा संयुक्त जनआन्दोलन समितिका संयोजक  नवराज सुवेदीसहित विभिन्न राजावादी दल र संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । 

राजावादीहरू छाता र राष्ट्रिय झन्डासहित सडकमा आएका थिए । सो क्रममा उनीहरुले राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए । 

Categorized in राजनीति