STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

कीर्तिपुर नगरपालिका ढल्पा क्षेत्रमा सरसफाई अभियान

Janjati Khabar – – अनिता महर्जन | २०८१ भाद्र २६, बुधबार

विश्व सुसमाचार समाज परमेश्वरकोमण्डलीद्वारा कीर्तिपुर नगरपालिका ढल्पा क्षेत्रमा सरसफाई अभियान सम्पन्न भयो।

परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले मिति २०८१ भाद्र २५ गते परमेश्वरको मण्डली कीर्तिपुर आसपासका क्षेत्रहरू ढल्पादेखि राराहिल स्कूलसम्म कीर्तिपुर मण्डलीका करिब १२० जना सदस्यहरूको सहभागितामा सरसफाई अभियान सम्पन्न गरेको थियो । सरसफाई अभियानबाट निस्केका फोहोर मैला किर्तिपु नगरपालिकाले ब्यवस्थापन गर्न सहयोग गरेको थियो । सरसफाईको क्रममा वरिपरिका छिमेकीहरूले कीर्तिपुर क्षेत्रमा यसरी धेरै जना सहभागी भएर सारा मनले सरसफाई गरेको यो पहिलो पटक हो भन्दै मण्डली र सन्तहरूको प्रशंसा गरेका थिए । स्थानिय समाजसेवी रमेश खड्का  र कीर्तिपुर नगरपालिका फोहोर मैला ब्यवस्थापनका स्थानिय अध्यक्ष दामोदर भट्टले मण्डलीको यस्तो असल कार्यको निम्ति धन्यवाद ब्यक्त गर्दै  आगामी दिनहरूमा मण्डलीबाट गरिने हरेक स्वयम् सेवा कार्यमा सधैँ सहयोग र समर्थन गर्ने कुरा बताउनुभयो।

मण्डलीको स्थापनाको ६० औं वार्षिकोत्सवको उपलक्ष्यमा परमेश्वरको मण्डलीले यो वर्ष ‘विश्वव्यापी आशा च्यालेन्ज’ सक्रियतापूर्वक सञ्चालन गरिरहेको छ । ‘संकटमा परेको विश्वव्यापी गाउँमा आशा बाँडौं’ भन्ने लक्ष्यका साथ मण्डलीले अन्तर्राष्ट्रिय दिगो विकास लक्ष्य(SDGs)सँगै पाइला चाल्दै जलवायु परिवर्तन प्रतिक्रिया, गरिबी तथा भोकमरी उन्मूलन, शैक्षिक सहयोग, स्वास्थ्य तथा स्वच्छता प्रवर्द्धन दिगो तथा सुरक्षित समाज निर्माण शान्ति, समावेशीकरण र एकता लगायतका ६ वटा विधाहरूमा सहकारिता गरेको छ ।

यो सक्रिय रूपले अघि बढ्दै जुलाई महिनामा काठमाडौंको नागार्जुनस्थित छगडोल सामुदायिक वनमा ५०० वटा वृक्ष, अनि कोशी प्रदेश दमकको रतुवा खोला क्षेत्रमा ५५० वटा वृक्ष रोप्दै ‘आशाको वन’ क्याम्पेन सम्पन्न गरेको छ । जून महिनामा काठमाडौंको बूढानीलकण्ठको भंगाल धोबी खोला क्षेत्र र भक्तपुरको सूर्यविनायक पिकनिक स्पट क्षेत्र, गण्डकी प्रदेशको नवलपुर बर्दा घाटमा ‘प्लास्टिक फुटप्रिन्ट हटाउने’ क्याम्पेन गरेको छ । ‘प्लास्टिक फुटप्रिन्ट’ भन्नाले मानव–जातिले प्रयोग गरेर बिसर्जन गर्ने प्लास्टिकको मात्रा हो । योचाहिँ समुद्र र नदी–नालामा बग्ने प्लास्टिकजन्य फोहोरलाई संकलन र वर्गीकरण गरेर प्लास्टिकको प्रयोगलाई न्यूनीकरण गर्दै कार्बन डाइअक्साइडको उत्सर्जनलाई घटाउनेर वातावरण संरक्षणप्रति जनचेतना र सहभागिता बढाउने गतिविधि हो ।

यसअघि अगस्ट महिनामा चाहिँ कर्णाली प्रदेशको विरेन्द्रनगरमा ‘निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम विश्वव्यापी रक्तदान कार्यक्रम’ आयोजना गरिएको थियो । यो सहित, यो वर्ष मात्र पनि देशभरि २० पटकसम्म बृहत रक्तदान कार्यक्रम गरिएको थियो, जसले गर्दा रक्त आपूर्तिमा स्थिरता ल्याउन र जीवनको महत्व बुझाउन मद्दत मिल्यो । यसबाहेक पनि मण्डलीलेमाध्यमिक तथा उच्च माध्यमिक विद्यालयहरूलाई शिक्षा प्रयोजन कम्प्युटरहरू सहयोग गर्नुका साथै वृद्धाश्रमहरूको सान्त्वनादायक भ्रमण गरेर छिमेक र समाजमा आशा बाँडेको छ ।

सन् २०१५ मा शक्तिशाली महाभूकम्प जाँदा ७१० वटा क्षेत्रहरूमा उद्धार तथा मर्मत सम्भार कार्य गरिनुका साथै हिमालको उच्च पहाडी भेगका गाउँहरूमा भएका १,००० घरपरिवारहरूको सहयोगार्थ १४ पटकसम्म हेलिकप्टरद्वारा खाद्यान्न ढुवानी गरिएको थियो । साथै शिक्षा मन्त्रालयसँग MOU हस्ताक्षर गरेर सिन्धुपाल्चोकको श्री आधारभूत विद्यालय, अनि काभ्रेको श्री भवानी आधारभूत विद्यालय पुनःनिर्माण कार्य पनि गरिएको थियो ।

बागमती प्रदेश सभासद, बागमती प्रदेश समाज विकासमन्त्री, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूबाट मण्डलीले प्रशंसा–पत्र र कदर–पत्र इत्यादि प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा भने, दक्षिण कोरियाका ३ जना सरकारबाट क्रमशः राष्ट्रपति अवार्ड, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरुभेली राष्ट्रिय सभा पदक, ब्राजिल विधायिकी पदक लगायत प्रत्येक देशका सरकार र संघ–संस्थाबाट ४,७०० पटकभन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । परमेश्वरको मण्डली चाहिँ विश्वका १७५ वटा देशहरूमा ७,८०० भन्दा बढी स्थानीय क्षेत्रहरूमा स्थापित एक विश्वव्यापी मण्डली हो, जसमा आबद्ध ३७ लाखभन्दा बढी सन्तहरूले आ–आफ्नो क्षेत्रबाट परमेश्वरको प्रेम बाँडिरहेका छन् । वातावरण संरक्षण, रक्तदान, विपत्ति राहत, शैक्षिक सहयोग लगायतका हरेक क्षेत्रहरूमा २८,००० पटकभन्दा बढी स्वयंसेवा गरिदै आएको छ ।

Categorized in स्वास्थ्य-मौसम