STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

"ब्ल्याक छायाँ” चलचित्रको गीत सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ आषाढ २, आइतबार

लंका फिल्म प्रालिले निर्माण गरेको चलचित्र ‘ब्ल्याक छायाँ’ चलचित्रको एउटा नयाँ गीत  बुट्टे रुमाल.... बोलको गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ । 

आगामी साउन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सो चलचित्र ‘ब्ल्याक छायाँ’ मा मायाँप्रेम र सस्पेन थ्रिर्लरलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिएको कारण चलचित्र व्यवसायिक रुपले सफल रहने विश्वास निर्देशक आरएल लामा मोक्तानले प्रकट गरेका छन् । सार्वजनिक भएको बुट्टे रुमाल... गीतका शब्द डिबि खनाल, संगीत राजेन्द्र बजगाई, स्वर भुवन प्यासी र मेलिना राईको रहेको छ ।

चलचित्रमा नीर शाह, सुनील थापा, धीरेन शाक्य, सलोन बस्नेत, सुष्मा कार्की, जान्हवी वस्नेत, बुध्दि तामाङ्ग, रुविना कार्की, सोभित बस्नेत, रविन्द्र झा, निमा दार्जे मोक्तान, आरएल लामा मोक्तान लगायतको अभिनय रहेको छ ।

चलचित्रका निर्माता रेल्लुमाया तामाङ्ग, बिन दुरुङच्याङ मगर ‘मैना’, आर. सोनाम मोक्तान हुन् । खड्ग लामा मोक्तान प्रस्तुतकर्ता रहेको ब्ल्याक छायाँमा सहनिर्मातामा सोशिका तामाङ्ग, ‘रजनी’, श्याम बहादुर मोक्तान  ‘डेबिट’ रहेका छन् ।

https://www.youtube.com/watch?v=FzdgEk6Mc9w&ab_channel=OSRDigital

Categorized in सिनेमा