थप ७६ जनामा कोरोना संक्रमण पुष्टि
Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र २०, सोमबार
काठमाडौ -पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १ हजार १ सय ५१ जनामा नमुना परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण देखिएको हो ।
जसमध्ये ३४५ जनाको पीसीआर परीक्षण गर्दा ४९ जना र ८०६ जनाको परीक्षण गर्दा २७ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।
थप २४ घण्टामा कोरोनाका १६ जना संक्रमित निको भएर घर फर्किएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर २२७ जना कोरोनाको संक्रिय संक्रमति रहेका छन् ।
Categorized in स्वास्थ्य-मौसम

